युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
देश र जनताको मुक्तिको लागि जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । भक्तपुर नगरका जनताको जीवन रूपान्तरणमा महत्वपूर्ण योगदान गर्नुहुने समाजका अग्रज व्यक्तित्वहरूप्रति सम्मान व्यक्त गर्दछु ।
भक्तपुर नगरपालिकालाई नेपालकै उत्कृष्ट तथा नमुना नगरपालिकाको रूपमा विकास गर्न महत्वपूर्ण मार्ग निर्देशन गर्नुहुने नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ र सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आदर एवम् कृतज्ञता व्यक्त गर्दछु ।
आज हामी यस नगरपालिकाको बजेटसम्बन्धी नगर सभाको उद्घाटन समारोहमा उपस्थित छौँ । यो सभाले यस नगरपालिकाको आ.व. ०८२/०८३ को नीति तथा कार्यक्रम र सोको लागि आवश्यक बजेट व्यवस्था गर्नेछ । यसले नगरपालिकाको अल्पकालीन र दीर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न विशेष भूमिका खेल्नेछ ।
भक्तपुर नगरपालिकाले अग्रजहरूले तयार पारेको मार्गचित्रअनुसार कला, संस्कृति, सम्पदा संरक्षण गर्दै पर्यटन उद्योगको विकास गरी नगरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सामाजिक विकासलगायतका क्षेत्रमा कार्य गर्दै आएको हामी सबैमा विदितै छ । यस वर्ष हामीले भ.न.पा. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर पुरानै शैलीमा पुनः निर्माण गरी उद्घाटन ग¥यौँ । यसले टौमढी र गःहिटीको सांस्कृतिक वैभवता मात्र बढाएको नभई हामी सबैमा लोप भइसकेका हाम्रा अमूल्य मठ, मन्दिर, पाटी, पौवा, सत्तल, देवालय, शिक्षालय, वहा, वही पुनः निर्माण गर्न सकिने मनोबल बढेको छ । यो पुनः निर्माण कार्यले विभिन्न समयमा विभिन्न कारणले लोप भएका सम्पदाहरू पुनः निर्माण गर्न हामी सबैमा उत्साह बढेको छ ।
सम्पूर्ण नगरवासीहरूको साथ र सहयोगमा यहाँका अमूर्त सांस्कृतिक सम्पदाहरू नाच–गान, बाजा, सीप, कलाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन कार्यलाई पनि नियमित रूपमा अगाडि बढाइरहेका छौँ ।
गाईजात्रा सांस्कृतिक मूल्याङ्कन महोत्सव, सांस्कृतिक बाजा प्रतियोगिता, सांस्कृतिक गुरु सम्मान, भौतिक एवम् आर्थिक सहयोग यस कार्यको निरन्तरताका केही उदाहरणहरू हुन् । स्थानीय स्रोत, साधन र सीपमा आधारित मौलिक उत्पादनको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र बजारीकरणको लागि विभिन्न मेला, कार्यक्रम र योजनाहरू सञ्चालन गरिरहेको जानकारी गराउन चाहन्छु ।
शिक्षित र सवल युवा जनशक्ति बिदेसिने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ युवाहरूलाई स्वरोजगार बनाउन युवा उद्यमशील ऋण, युवा उद्यमशिलता तालिम, सीपमूलक तालिम प्रदान गरिरहेका छौँ । साथै विभिन्न भाषा, गाइड, पाक शिक्षाजस्ता तालिमको व्यवस्था गरी पर्यटन उद्योगको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पु¥याइरहेका छौँ । यसले भक्तपुरको पर्यटन विकासमा विशेष सहयोग पुग्ने विश्वास लिएका छौँ । यस नगरको गौरवको योजनाको रूपमा अरनिको सभा भवनको निर्माण कार्य तीव्रगतिमा अगाडि बढिरहेको छ । अरनिको सभा भवनको निर्माण सम्पन्न भएपछि भक्तपुर सभा, सम्मेलन र गोष्ठीको लागि पनि गन्तव्य बन्ने विश्वास लिएका छौँ ।
नगरको फोहर व्यवस्थापनमा चुनौती थपिने क्रममा रहेको छ । यसलाई व्यवस्थित गर्न विभिन्न उपायहरू अवलम्बन गरिरहेका छौँ । नकुहिने फोहर अन्तिम विसर्जन चुनौती बनेको छ । यसलाई पुनः प्रयोग गर्न मिल्ने वस्तुहरू छुट्याई सङ्कलन गर्न सके विसर्जन गर्नुपर्ने फोहरको परिमाण न्यून हुनसक्छ । यसमा आवश्यक जनचेतना अभिवृद्धि र आवश्यक कार्यक्रम तयार गरी कार्य गर्दै आएका छौँ । कुहिने फोहरबाट उत्पादित प्राङ्गारिक मल सहुलियत दरमा कृषकहरूलाई उपलब्ध गराई कृषकहरूलाई प्रवद्र्धन गरिरहेका छौँ ।
कृषि तालिम, बीउ बिजन वितरण, कौसी खेती तालिमलगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गरी कृषि उत्पादन वृद्धि गर्न आवश्यक सहयोग गर्दै आएका छौँ ।
हस्तकला, घरेलु तथा साना उद्योगको विकास गरी नगर र नगरवासीहरूको आर्थिक विकास गर्ने उद्देश्यकासाथ विभिन्न सरोकारवाला सङ्घ संस्थाहरूसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।
खानेपानी, ढल निकास, हनुमन्ते र खासाङखुसुङ खोला सुधार र व्यवस्थापन भक्तपुरको चुनौतीको रूपमा रहेको छ । यसको समाधान र व्यवस्थापनको लागि सरोकारवाला सङ्घ संस्थाहरूसँग सहकार्य र समन्वय गरी पहल भइरहेको छ ।
नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई गुणस्तरीय र झन्झटरहित बनाउन नयाँ प्रविधि प्रयोग गरी अनलाइन सेवा प्रवाहको लागि तयारी भइरहेको जानकारी गराउन चाहन्छु ।
अन्तमा, हाम्रो निमन्त्रणा स्वीकार गरी आजको १८ औँ नगर सभामा उपस्थित हुनुभएका प्रमुख अतिथि, अतिथि गणलगायत सम्पूर्ण महानुभावलाई कृतज्ञता व्यक्त गर्दै पुनःएक पटक अभिवादनसहित बिदा हुन्छु । धन्यवाद !
(असार ६ गते भएको भक्तपुर नगरपालिकाको १८ औँ नगर सभामा व्यक्त स्वागत मन्तव्य – स.)
Leave a Reply