भर्खरै :

मोहियानी हकको विवाद

मोहियानी हकको विवाद

असार ५ गते चाँगुनारायण नगरपालिका ९ वडा कार्यालयमा मानिसहरू तैकाबु चोलापाको खेतमा कसले धान रोप्ने भन्ने विषयमा छलफल गर्दै थिए ।
साबिक ताथली वडा नं ९ (क) कि.नं. ३५८ क्षेत्रफल १–१०–०–० जग्गालाई ५ टुक्रा गरी कि.नं. १८२८, १८२९, १८६९, १८७०, १८३१ गरेको जग्गा वर्षौँदेखि जोती आएका एक प्रजापतिलाई मोहियानी हकबाट समेत बञ्चित गरेको विषय अदालतसम्म पुगेको बुझियो । फिल्डबुकमा कि.नं. ३५८ को जोताहा महलमा लतंकुमार प्रजापति भ.पु.तौलाछेँ उल्लेख हुँदाहुँदै कसरी साखकर्मीको नाममा मोही लगत कट्टा भयो ?
२०७८ मङ्सिर २६ मा जिल्ला प्रशासन कार्यालय भक्तपुरको आदेशमा मोहीयानी हकसम्बन्धी मुद्दा नटुङ्गिएसम्म भूमि तथा मालपोत कार्यालय भक्तपुरबाट उक्त जग्गा किनबेच रोक्का राख्न पत्राचार भएको थियो ।
२०७९ वैशाख अन्तिमतिर स्थानीय चुनावको मौका छोपी कार्यवाहक वडाध्यक्षले जग्गा बेचबिखन गर्न घरबाटो सिफारिस गरेको रहेछ । त्यसको आधारमा उक्त जग्गा किनबेच भएको र हालका जग्गाधनी भोगचलन गर्न आउँदा विवाद भएको हो । कर्मचारीले नियमानुसार इमानदारीपूर्वक काम गरेको भए उक्त जग्गा किन्ने व्यक्तिले दुःख झेल्नुपर्ने अवस्था आउने थिएन ।
सम्मानीत सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा वडाध्यक्ष एवम् भद्र भलादमीहरूसमेतको छलफलमा मुद्दा किनारा नलागेसम्म उक्त जग्गा जोत कमोत गरिआएका प्रजापतिले नै भोगचलन गर्ने सहमति भयो । यसरी जग्गाको विवाद हाललाई सहमतिअनुसार टुङ्गियो ।
पुस्तौँदेखि जग्गा जोती आएका किसानले जग्गाको मोहियानीबाट वञ्चित हुँदा जो कसैलाई चित्त दुख्छ । अदालतले सत्य र न्यायको पक्षमा फैसला गर्ने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *