सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १९ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बिहीबार ब्यासीमा मासु पसल अनुगमन गरियो । मासु खुला धुलो र झिङ्गा भन्किने गरी राखेको पाइएकोले जालीले छोपेर राख्न वा सिसाको बाकस बनाएर त्यसभित्र सुरक्षितसाथ राख्न टोलीले अनुरोध गरेको बुझियो ।
अनुगमनमा सानो ब्यासी मासु पसल तीन दिनभित्र नवीकरण गर्न, निकास व्यवस्थित गर्न, एप्रोन सेतो प्रयोग गर्न र मासु खुला रूपमा धुलो र झिङ्गा भन्किने गरी राखेको पाइएकोले जालीले छोपेर राख्न वा सिसाको बाफ बनाएर सुरक्षितका साथ राख्न निर्देशन दिइयो ।
इन्द्रायणी मिट सपमा मासु काट्न प्रयोग हुने औजार, भाडावर्तन सफा राख्न, भित्ता, भुइँमा पानी नसोसिने र सजिलै सफा गर्न सकिने गरी कार्पेट वा टायल राख्न र निकासको व्यवस्थापन गर्न निर्देशन दिइयो ।
बाराही अजिमा मिट सप पसल तीन दिनभित्र दर्ता गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाइमा ध्यान दिन, भुइँमा पानी नसोसिने र सजिलै सफा गर्न सकिने गरी कार्पेट वा टायल राख्न, निकासको व्यवस्थित व्यवस्थापन गर्न र फ्रिज चलाउने सिस्टम नमिल्दा फ्रिजमा बिग्रेको मासु १ केजी जफत गरी नष्ट गरियो ।
भक्तपुर चिकेन हाउस २०७६/०७७ देखि नवीकरण नभएकोले तीन दिनभित्र नवीकरण गर्ने, मूल्यसूची राख्ने, सरसफाइमा ध्यान दिने, भुइँमा पानी नसोसिने र सजिलै सफा गर्न सकिने गरी कार्पेट वा टायल राख्न र निकासको व्यवस्थापन गर्न निर्देशन दिइयो ।
न्यु नवदुर्गा मिट सपलाई सरसफाइमा ध्यान दिन र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दिइयो । बालाखु गणेश कोल्ड स्टोरमा कुखुराको मासु बिग्रेको २ केजी जफत गरी नष्ट गरियो । एभरेस्ट चिकेन स्टोरमा पसल र तराजु दुबै नवीकरण गर्न निर्देशन दिइयो ।
अनुगमन समितिका सदस्य रोशनमैया सुवाल, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेसनका वडा निरीक्षक रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका मालती पन्त, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कमलकुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग वाणिज्य सङ्घका राजेश त्वानाबासु, घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठको सहभागिता थियो ।
Leave a Reply