भर्खरै :

शासकहरूमा भ्रष्ट प्रवृत्ति रहेसम्म देशको विकास असम्भव

शासकहरूमा भ्रष्ट प्रवृत्ति रहेसम्म देशको विकास असम्भव

केही वर्षअगाडि नेपालको सञ्चारमाध्यममा गायक पशुपति शर्माको एउटा गीतले धमाका मच्चाएको थियो । त्यो गीतको बोल थियो – लुट न कान्छा लुट । यो गीतले जनतामा लोकप्रियता कमाएको थियो । यो गीतलाई सरकारले हटाएको छ । त्यो गीतलाई बजाउन निषेध गरिएको छ । तर जनताको मन मस्तिष्कमा परेको त्यो गीतको छाप भन्ने उनीहरूले मेट्न सक्दैनन् ।
शासक दलका नेता, कार्यकर्ता, प्रधानमन्त्री, मन्त्री, सांसद र कर्मचारीहरू देशभक्त, निःस्वार्थी भावना त्यागे† उनीहरूले सिद्धान्त त्यागे । आज उनीहरूको निष्ठा, भावना, विचार र व्यवहारमा स्खलित भयो । उनीहरूले मौका यही हो भन्दै देशको सम्पत्तिमा रजाइँ गर्न र भ्रष्टाचार गर्न लिगलिग दौड नै छेडे । उनीहरूका घर, बङ्गालाले काठमाडौँ भरे ।
हिजो उनीहरू मैलो लुगा, चप्पल लगाएर एउटा सानो झोला बोकी राजनीतिको नाममा काठमाडौँ छिरेका थिए । गाउँका शोषक, सामन्त, जमिनदार, पुँजीपतिको बन्दुक र गोली, जेलनेलदेखि नडराउने हिजोका उनीहरू लोभमा फसे । उनीहरू गुलियो पोतेको चास्नीमा डुबे । उनीहरूले राजनीतिलाई सेवा होइन व्यापार बनाए, कमाउ धन्दा बनाए । उनीहरूले जसरी पनि काठमाडौँमा कम्पाउन्डसहितको बङ्गाला जोड्न, कसैको नाममा देश र विदेशमा अकुत सम्पत्ति थुपार्न प्रतिस्पर्धा गरे । आज काठमाडौँ देशकै स्वच्छ, सभ्य, संस्कृत, सांस्कृतिक र अपराधमुक्त, शान्त राजधानी सहर हुनुपर्नेमा अपराधले ग¥हाएको कङ्क्रितको सहर भएको छ ।
ओली सरकारका अर्थभन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आ.व. २०८२/८३ को लागि १९ खर्ब ६४ अर्ब १९ करोड रूपैयाँको बजेट सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरे । बजेटमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९७ करोड (६०.१ प्रतिशत) पुँजीगत खर्चतर्फ ४ खर्बतर्फ ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) छुट्याइएको छ । सांसद् योजना छनोटको लागि खर्बौँ खर्ब बजेट त्यसमा छुट्याइएको छ ।
नेपाली जनताको त्याग, तपस्या बलिदान र सङ्घर्षले पञ्चायत ढल्यो र २०४६ सालमा बहुदल आयो । देशमा बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा सरकारमा आजकै शासक दल र नेताहरूले पटक पटक हाली मुहाली गर्दै आएका थिए । तर, विचार र सिद्धान्तप्रति निष्ठा भएन† त्यागको राजनीति गर्ने भावना भएन । उनीहरू क्रमशः पाखा लाग्दै गए । उनीहरूले चुनावमा लाखौँ, करोडौँ पैसा खर्च गरे । शासक दलमा अपराधीहरूको हाली मुहाली छ भन्ने कुरा सञ्चारमाध्यममा नआएको होइन । आज जेलमा हुनुपर्ने अपराधीहरु दल र सरकारमा छन् । उनीहरू छातीमा राष्ट्रिय झन्डा र नेपालको चुच्चे नक्सा भएको टक्मा भिरेर हिँडिरहेका छन् । मन्त्रीहरू, राष्ट्रिय झन्डा फह¥याएर चिल्ला कारमा हुइँकिरहेका छन् । हत्कडी लगाएर जेलमा हुनुपर्ने अपराधीहरूलाई सुरक्षाकर्मीले उल्टो सलामी र सुरक्षा दिइरहनु परेको छ । यो देशको लागि दुर्भाग्य हो ।
यी अपराधीहरूले जसरी पनि चुनावमा जित्न पार्टी र पार्टीका नेताहरूलाई खुसी पार्न, टिकट पाउन लाखौँ, करोडौँ रूपैयाँ खर्चेको चुनावताका आरोप, प्रत्यारोप भएकै थियो । उनीहरूले पार्टीको बदनाम गरे पनि नेता र पार्टीले केही गर्न सक्दैनन् । उल्टो उनीहरू नेता र पार्टीको पोल खोलिदिने धम्की दिन्छन् । अनि नेताहरू बुँख्याचाजस्ता निरीह हुन्छन् । उनीहरूले जतिसुकै ठुलो अपराध गरे पनि सरकार र दलले गङ्गाजल छर्केर चोखो बनाइदिन्छन् । गिरिबन्धु, बालुवाटार जग्गा, भिजिट भिसा, सहकारी ठगी, मानव तस्करी, रातो पासपोर्ट, भुटानी शरणार्थी, सुनकाण्ड, इँटा भट्टामा जिउँदै मान्छे पोल्ने काम गरे पनि सरकारलाई मलतब छैन । यो सरकारले त्यस्ता अपराधीहरूलाई कारबाही गर्न र जेल कोच्न सक्दैन ।
उनीहरूले हिजो आफूले जसरी पनि चुनाव जित्न खर्चेको पैसा, लगानी असुल्न सांसद विकास कोषको माग गरेका छन् । आर्जेको पैसाले उनीहरू काठमाडौँमा कम्पाउन्डसहितको बङ्गाला, स्वदेश र विदेशमा कसैको नाममा बैङ्क व्यालेन्स बढाउँदै छन् । उनीहरूको आर्थिक हैसियत सम्बन्धित गाउँका जनतालाई थाहा छ । सर्वोच्च अदालतले २०८० भदौ ६ गते सांसद विकास कोष रकम राख्न उचित नभएको भन्दै अन्तरिम आदेश जारी गरेर त्यसमा अङ्कुश लगाएको थियो । सर्वोच्चले योजना आयोग तथा मन्त्रालयको क्षेत्राधिकार, योजनाबद्ध विकासको अवधारणामा स्वार्थ बाझिने अवस्था, सुशासन र जवाफदेहीताको मान्यताप्रति ध्यानाकर्षण गर्दै उक्त कोष वितरण नगर्न अन्तरिम आदेश गरेको थियो । तर, सङ्घ र प्रदेशका सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदहरूले बजेट विनियोजन गर्न दबाब दिँदै आए । माग पूरा भएन भने उनीहरूले बजेट नै फेल गरिदिने धम्की दिँदै आए । उनीहरूको मुखमा बुजो लगाउन विभिन्न शीर्षकमा अर्थमन्त्रीले बजेट राख्दै आए । यसरी सत्तापक्षका सांसदहरू आयआर्जन गर्नेतर्फ लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *