क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
उदाउँदै गरेको सूर्यको किरण, निलो खुला आकाश, विभिन्न चराचुरुङ्गीहरूको मधुर स्वर, मनमोहक दृश्य, चिसो मिठासमय सिरिसिरि हावा, आकर्षक कलाकृति, संस्कार संस्कृति र सभ्य मानिसहरू बसोबास भएको संस्कृति नगर भक्तपुर एकाबिहानै……
नेवार समुदायको जनघनत्व बाहुल्यता रहेको भक्तपुर सांस्कृतिक नगरका मानिसहरूको दैनिकी बिहानीमा विभिन्न देवी देवताहरूको विधिपूर्वक पूजाआजा, धुप, वेद, भजन कृतन सँगसँगै दिनको स्वागत हुन्छ । आफ्नो नजिकको मठ मन्दिरमा गएर दर्शन गरेर आफ्नो दैनिकी सुरुवात हुन्छ ।
अधिकांश युवाहरू आफ्नो शारीरिक तन्दुरुस्तको लागि नगरले सञ्चालन गरेको सार्वजनिक व्यायामशालामा व्यायाम योगलगायत विभिन्न खेलकुदमा केही समय स्वास्थ्यको लागि समय सदुपयोग गरिरहेको भेटिन्छ । ज्येष्ठ नागरिकहरू नगरको पाटी पौवाहरूमा बसेर सामूहिक हित, राजनीतिक, सामाजिक, आर्थिक तथा समुदायको संस्कृति विषयमा छलफल, समस्याको पहिचान, समाधानका विकल्पहरू आवश्यक नीति नियमहरूको विषयमा छलफल तथा फल्चामा भएको पत्रपत्रिका, पुस्तकहरूको अध्ययन, अन्तरक्रिया आदिमा सक्रिय सहभागी भइरहेको देख्न सकिन्छ । अधिकांश बालबालिकाहरू आफ्ना बुबाआमा दाजु दिदीहरूसँग बिहानीको कर्ममा सहभागी भई दैनिकीलाई सुरुआत गर्न व्यस्त हुन्छ ।
धेरैजसो सांस्कृतिक नगरभित्रका नागरिकहरू तथा सांस्कृतिक नगरमा आउनेहरू आन्तरिक तथा बाह्य पर्यटकहरू नगरमा भएको सांस्कृतिक सम्पदाहरूको अवलोकनमा रमिरहेको हुन्छ । सांस्कृतिक नगरको पुस्तकालय, व्यायामशाला, सङ्ग्रहालय, फल्चा, ढुङ्गेधाराहरू तथा विभिन्न पोखरीहरू अवलोकन सँगसँगै रमिरहेको हुन्छ । ती मानिसहरू नगर पुरै शान्तपूर्वक हिँडेर अवलोकन गर्न चाहन्छन् । त्यस समयमा सवारी साधनहरू त्यस क्षेत्रमा आएमा दिक्क मान्ने उनीहरूको व्यवहारले देखाउँछ । सवारी साधनको प्रदूषण र होहल्लाबाट मुक्त चाहन्छ† शान्त वातावरणको अपेक्षामा उनीहरू रमिरहेको देख्न सकिन्छ ।
पर्यटकहरू फुल्दै गरेको रङ्गीचङ्गी फूलहरू देखेर मोहित भइरहेको देखिन्छ । फूलको बोटहरू उनीहरूको आकर्षणको केन्द्र बनेको देखिन्छ । नगरलाई सधैँ सफाइकर्मीले सूर्य उदाउनुभन्दा पूर्व नै चमक बनाएर नगरको बिहानीमा सुन्दरता निकै रौनक र मनमोहक हुन्छ । नगरको सबै सफाइकर्मीप्रति हरेक नागरिक कृतज्ञ हुन्छ । प्रेरणा र सम्मानको भावमा पुजिरहेको भेट्न सकिन्छ । भिडभाड, मेला मठमन्दिरलगायतको मानिसको उच्च भेला हुने क्षेत्रमा सञ्चालन गरेको फूल तथा पूजा सामग्री, दैनिक उपभोग हुने खाद्यवस्तुहरू, साग सब्जी तरकारी तथा अन्य उत्पादनहरूको व्यवस्थित रूपमा भएको व्यापारले नगरलाई थप संस्कृतिमय र आर्थिक रूपमा सम्पन्न गर्न सहयोग पु¥याइरहेको देख्न सकिन्छ ।
मठ मन्दिरमा पूजाआजा, भजन कृतन आदिले कलाको संरक्षण संवर्धन तथा सांस्कृतिक नगरको प्रचारप्रसारका लागि निकै महत्वपूर्ण भूमिका खेलेको छ । सांस्कृतिक नगरको चिनारीलाई थप उचाइमा पु¥याउन यस्ता गतिविधिको योगदान महत्वपूर्ण छ । नगर प्रवेशद्वारमा खटिएका पर्यटक सहयोगीहरूले पर्यटकहरू सत्कार, सहयोग, सहायता तथा सांस्कृतिक मार्गदर्शनमार्फत नगरको पहिचानलाई अझ सशक्त बनाइरहेका छन् ।
सांस्कृतिक चेतना, धार्मिक आस्था, सामाजिक सद्भाव र सौन्दर्यपूर्ण जीवनशैलीको निरन्तरता प्रकट गरिरहेको उदाहरणीय नगर भक्तपुर हो । यहाँका बासिन्दाहरू आ–आफ्ना भूमिकामा सक्रिय रहँदै नगरलाई जीवन्त, सफा, शान्त र संस्कारमय बनाउँदै गएका छन् । ऐतिहासिक सम्पदाहरूको संरक्षण, धार्मिक क्रियाकलापको निरन्तरता, व्यवस्थित बजार व्यवस्थापन तथा सामाजिक संवादको अभ्यासले भक्तपुरलाई सांस्कृतिक आदर्श नगरका रूपमा चिनाइरहेको छ ।
Leave a Reply