भर्खरै :

थोमस मोरको कल्पनालोक (युटोपिया) – ३

थोमस मोरको कल्पनालोक (युटोपिया) – ३

अल्छी भएको कारण कमजोर भइसकेको शरीर लिएर राम्रो र शारीरिक काम गरेमा त्यो काम महिलाहरूले गर्नेजस्तो हुने र महिलाहरूले गर्ने काम गरे कठोरपना सहन गा¥हो हुनेजस्ता कुराहरूबाट डराउनुपर्ने कुनै कारण छैन । यसले जनताको भलाइ गर्दैन तथा त्यस्ता व्यक्तिहरूको जमात राख्नु शान्तिको समयमा धेरै नोक्सान हुन्छ । तर, चोरी गर्नुको यहीमात्र कारण हुनु आवश्यक छैन । अर्को कारण पनि छ ।
त्यो के हो ? – पादरीले सोधे ।
घरपालुवाको रूपमा पालिएका भेँडाहरू पछि जङ्गली भएर उल्टै समस्या दिन थालेजस्तै ती व्यक्तिहरूले पनि घरखेत र सहरहरू नष्ट गर्नेछन् । समाजका भद्रभलाद्मीहरू आफूले वार्षिकरूपमा पाउने महसुल वा आफ्नो आरामदायी जीवनबाट सन्तुष्ट नभएर जनतालाई चिढाउँदै जहाँजहाँ आफ्नो फाइदा हुन्छ चरणभूमि पाइन्छ, त्यहाँ जान्छन् र खेतीको लागि अलिकति पनि जमिन छोड्दैनन् । तिनीहरू घरहरू भत्काउँछन्† नगरहरू विनास गर्छन्† सबै ठाउँ चरणभूमि बनाउँछन् र एउटा चर्चको लागि बाहेक अरु केहीको लागि पनि जमिन बाँकी राख्दैनन् । जङ्गल, जमीन, पार्कहरूको लागि अलिकति पनि जमिन बाँकी नराखी ती अतृप्त भद्रभलादमीहरूले सबै आवास क्षेत्र र कृषियोग्य भूमिलाई बञ्जर र उजाड बनाउँछन् । हिंस्रक उपायबाट, घाइते भएर वा थकित भएर किसानहरू आफ्नो जमिन बेच्न बाध्य हुन्छन् । ती सरल गरिब पुरुष, महिला, पति, पत्नीहरू, टुहुरा, विधुवाहरू सबै विस्थापित हुनेछन् । तिनीहरू आफ्ना घरका सबै सामानहरू न्यून मूल्यमा बेच्न बाध्य हुनेछन् । त्यो पैसा पनि सकेपछि तिनीहरूसँग चोरी गर्नु र पक्राउ परे झुन्डिनु वा भाग्नुबाहेक तिनीहरू अब केही गर्न सक्दैनन् । जेलमा राखिए पनि तिनीहरू आश्रयहीन हुन्छन् किनभने तिनीहरूले कतै पनि काम पाउँदैनन् ।
एउटा गोठालोको लागि गाईवस्तुको साथ एउटा जमीन पर्याप्त हुन्छ भने खेती गर्न धेरै सहयोगीको आवश्यकता पर्दछ । यही कारणले गर्दा खाद्यान्न सामग्री महँगो भएको छ । यसबाहेक उनको मूल्य बढेको कारण गरिबहरूले ऊन पनि किन्न सक्नेछैनन् । धेरै व्यक्तिहरू काम छोड्न र त्यतिकै बस्न बाध्य हुनेछन् । त्यसपछि धेरै जमीन चरणभूमिमा परिणत भएपछि भगवान्ले पनि गाईवस्तुमा महामारीको रूपमा लाग्ने रोग पठाएर त्यसको बदला लिनेछन् । भेँडाहरूको सङ्ख्या तीव्रगतिमा नबढे तापनि भेँडाको मूल्यमा एक पैसाले पनि कमी आउने छैन किनभने भेँडा बेच्नेहरू थोरैमात्र हुनेछन् । जति छन् ती सबै थोरै धनी व्यक्तिहरूको हातमा हुनेछ र तिनीहरूलाई बेच्नुपर्ने कुनै जरुरत हुनेछैन ।
यही कारणबाट अन्य गाईवस्तु पनि महँगो हुनेछ । खेतीपाती सबै नष्ट भएपछि कुनै पनि व्यक्तिले गाईवस्तुको स्याहार गर्नेछैन । धनी व्यक्तिहरूले सस्तोमा बाच्छाहरू किन्नेछन्† त्यसको राम्ररी पालनपोषण गरेर महँगोमा बेच्छन् । तिनीहरूले बेच्ने ठाउँमा मात्रै महँगो गर्नेछन् तर ती गाईवस्तुहरू किन्नेभन्दा बढी उत्पादन हुने ठाउँमा पुगेपछि त्यहाँ पनि महँगो हुनेछ । यसरी केही व्यक्तिहरूको व्यर्थको डाहाको कारण तपाईँको देशमा सौहार्दता गुमेको छ । सामग्रीहरूको मूल्य महँगो भएको कारण तपाईँको देशको व्यक्तिहरूको घर र तिनीहरूले गर्ने व्यवहार पनि सानो छ र तिनीहरूले आफ्ना नोकरहरूलाई कामबाट निकाल्छन् । त्यसपछि चोरी गर्नुबाहेक अर्को विकल्प के छ ?
यो त्रासदीपूर्ण गरिबीसँगै अनावश्यक घटना घट्नेछ । भद्रभलादमीबाहेक कालीगड, किसान र अन्य व्यक्तिहरूले अनौठा कुराहरू अपनाउनेछन् र अनौठा खानाहरू खानेछन् । नयाँ बेश्यालयहरू, जुवा घरहरू र भट्टीहरू खुल्नेछन् । कुनै व्यक्तिले आफ्नो सबै पैसा हारेपछि के तिनीहरू चोरी गर्न लाग्दैनन् ? यस्ता घृणित कामहरू छाडौँ : खेत र नगरहरू ध्वस्त गर्नेहरूले तिनीहरूको पुनः सुधार गर्नुपर्ने वा तिनीहरूलाई नयाँ बनाउन सहयोग गर्नुपर्ने कानुन बनाऔँ । धनी व्यक्तिहरूलाई एकलौटी गर्न नदिऔँ । धेरैलाई अल्छी बन्न नदिऔँ† खेती पुनःस्थापना गरौँ† तान बुन्ने काम पुनः सुरु गरौँ† समय राम्ररी बिताउन इमानदार श्रमिकहरू होऊन्, गरिबीको कारण चोर बेकम्मा बन्न बाध्य भएकाहरूको समय राम्ररी बितोस् ।
यस्ता गम्भीरताको समाधान नभेटिएसम्म गम्भीर अपराध गर्ने अपराधीहरूलाई सजाय दिनु व्यर्थ हुनेछ । न्याय नाफादायीभन्दा हेर्नमा राम्रो र फल्दोफुल्दो छ । सानो बेलादेखि नराम्रो वातावरणमा हुर्काएर तिनीहरूलाई अपराध गर्न उक्साइन्छ र अपराध गरेपछि सजाय दिइन्छ । यस्तो अवस्थामा चोर बनाउने र तिनीहरूलाई सजाय दिनुबाहेक अरु के गर्न सक्नुहुन्छ ?
मैले यसरी बोल्दा ती वकिल प्रचलित शैलीमा मेहनतपूर्वक जवाफ दिन तयार भए । उनले भने, “तपाईँले राम्रो भन्नुभयो तर एक आगन्तुक भएको कारणले तथा आफूमा पूर्ण जानकारीको सट्टा सुनेको आधारमा अनुमान गरिएको हुँदा म प्रमाणसहित प्रस्ट गर्नेछु ।” पहिले म तपाईँले भन्नुभएको सबै कुरालाई क्रमबद्ध पार्नेछु तथा हाम्रो परम्परा, चालचलन र रीतिरिवाजप्रति ज्ञान नभएको कारण कहाँ ठगिनुभयो बताउनेछु । त्यसपछि म तपाईँको तर्कहरूको उत्तर दिँदै खण्डन गर्नेछु । तसर्थ, मैले जे बाचा गरेँ त्यहीदेखि सुरु गर्दै चारवटा कुरा भन्नेछु ।
“एकछिन आराम गर” – पादरीले भने । जसको भूमिका यत्रो लामो छ त्यसको उत्तर छोटो हुनेछैन । तसर्थ, आज होइन यसलाई अर्को भेटको निम्ति थाती राख्नु जसको लागि तपाईँ र राफेल दुवै सायद इच्छुक हुनुहुन्छ । राफेल महाशय चोरीको लागि मृत्युदण्डको सजाय किन तपाईँलाई उचित लाग्दैन ? जनतालाई उपयुक्त हुने अर्को के सजाय तपाईँ देख्नुहुन्छ ? चोरीहरू सजायबाट बच्नुपर्छ भन्ने तपाईँ सोच्नुहुन्न होला । मृत्युदण्डजस्तो कठोर सजायबाट चोरीनेको क्रम रोकिँंदैन भने चोर र डाँकुहरूलाई मृत्युदण्ड हुँदैन भने केले तिनीहरूलाई चोरी र डकैती गर्नबाट रोक्नेछ ।
निश्चय नै पादरी महोदय, पैसाको चोरीलाई ज्यान सजाय दिनु सही हो जस्तो मलाई लाग्दैन । विश्वमा रहेका कुनै पनि सामानको मूल्य मानिसको ज्यान बराबर हुँदैन । तर, न्याय तोड्नु वा कानुन उल्लङ्घन गर्नुको क्षतिपूर्ति यो सजाय हो† पैसा होइन भने यो कठोर न्यायलाई किन एउटा चोर भन्न सकिँदैन ? सानो अपराधमा पनि ज्यान जाने क्रूर शासन, कठोर कानुन बनाइनुहुँदैन । मान्छे मार्नु र पैसा चोरी गर्नु दुवै अपराध समान भएको भन्ने कानुन बन्नु हुँदैन । भगवान्ले हामीलाई हत्या नगर्ने आदेश दिएका छन् भने थोरै पैसा चोरेकोमा मृत्युदण्डको सजाय दिन हामी किन हतारिने ? मृत्युदण्डलाई कानुनी भनी परिभाषित गर्ने मानवीय संविधानपछि भगवान्को इच्छाअनुसार मार्न मनाही छ भनी बुझेपछि बेश्यावृत्ति, यौनसम्बन्ध, झूटो प्रमाण पेस गर्नु पनि कानुनी वा अवैध भनी किन परिभाषित नगर्ने ? भगवान्को आदेशानुसार कुनै पनि मानिसलाई आफ्नो वा अरुको ज्यान लिने कुनै अधिकार छैन । त्यसो भए भगवान्को आदेश नभए तापनि ज्यान लिनु उचित भनी उल्लेख भएको विधानअनुसार मानिसको ज्यान लिने व्यक्तिहरू के भगवान्को न्यायबाट बच्ने छैनन् ? यसो हो भने भगवान्को आदेश मानिसको कानुनभन्दा कम व्यापक छ ? मोस (Mose) को कानुन नरम भए तापनि यसले चोरीको सजाय ज्यान लिएर नभई क्षतिपूर्तिबाट दिन्छ । क्षमा र हत्याको नयाँ कानुनका साथ हामीमाथि शासन गर्ने भगवान्ले हामीलाई एकपछि अर्को गरी क्रूरता लाड्ने अनुमति दिएको भन्ने कुरा नसोचौँ ।
म यो सजायको विरोधमा हुनुको कारण तपाईँले भन्नुभयो । एउटा चोर र हत्याराले समान सजाय भोग्नुपर्ने प्रावधान कति अतार्किक छ भन्ने कुरा सबैलाई थाहा भएको मेरो विचार छ । हत्यारालाई दिइने सजात्न्दा आफूलाई दिइएको सजाय कम नभएको देखेपछि चोर झन् उत्तेजित हुनेछ तथा जुन व्यक्तिको सामान सामान्यतः उसले लुट्ने गर्छ त्यसलाई उसले मार्नेछ । एकपटक हत्या गरेपछि आफू चोरीको अपराधबाट पनि बच्ने सम्भावनाको कारण चोर झन् निडर हुनेछ । तर, ऊ गिरफ्तार भएपछि उसले गम्भीर अपराध बराबरको सजाय पाउनेछ । तसर्थ, त्यस्तो क्रुरताबाट चोरहरू डराउनुभन्दा तिनीहरूलाई राम्रा व्यक्तिहरूलाई मार्न प्रेरित गर्नुहुनेछ ।
कुन सजाय खराब छ भनी पत्ता लगाउनुभन्दा कुन सजाय राम्रो र उपयुक्त छ पत्ता लाउनु सजिलो छ । विगतमा रोमनहरूलाई खुसी पार्न विज्ञ, राजनीतिज्ञ र धूर्त व्यक्तिहरूलाई राखिए जस्तै फाइदा हुने सजायमा हामीले किन दुविधा गर्ने ? ठुलो र घृणित अपराध गर्नेहरूलाई ढुङ्गा र धातु खानीहरूमा काम गर्न पठाइन्थ्यो र हरसमय नेलहरूले बाँधेर राखिन्थ्यो । यस विषयमा भन्नुपर्दा मैले आफ्नो विदेश भ्रमणको क्रममा पर्सियामा देखेको व्यवस्था सबभन्दा राम्रो छ । पर्सियाका पोलीराइट (Polyrites) हरूसँग जमीन प्रशस्त छ, त्यहाँ राम्रो शासन पनि छ, जनता स्वतन्त्र छन् । उनीहरू आफ्नो कानुनअनुरूप चल्छन्, पर्सियामा राजालाई वार्षिक राजस्व बुझाउँछन् । तिनीहरू समुद्री सिमानाभन्दा पर चारैतिर पहाडले घेरिएका छन् तथा आफ्नो जमीनमा हुने उत्पादन तिनीहरूको लागि पर्याप्त छ; जमिन उर्वर छ तथा त्यही कारण तिनीहरू अरु देशमा जाँदैनन् तथा अरु पनि तिनीहरूकहाँ आउँदैनन् । जमीनको पुरानो कानुनअनुसार तिनीहरू आफ्नो अधीनस्थ बढाउने चाहना राख्दैनन् । ठुलठुला पहाडहरूले घेरिएको कारण तिनीहरू सुरक्षित छन् तथा आफ्नो सुविधा र राजालाई तिर्ने करबाट तिनीहरू शान्त र युद्धबाट मुक्त जीवन बिताउँछन् । यसरी तिनीहरूको जीवन सरल र सुविधाजनक छ, तिनीहरू प्रख्यात वा उल्लेखनीय नभई सुखी र सम्पन्न छन् । तिनीहरू आफ्नो नामबाट धेरै नचिनिएको कारण तिनीहरूको छिमेकी र सिमाना बचेको हो ।
यो भूमिमा जुन कुरा चोरिएको हो त्यसको क्षतिपूर्ति सम्बन्धित व्यक्तिलाई दिइन्छ राजालाई होइन । चोरेको सामानमाथि चोरको जस्तै राजाको पनि स्वामित्व नभएको तिनीहरूको विचार छ । तर, यदि कुनै पनि सामान हराए त्यसको मूल्य बराबरको पैसा तिरिन्छ र तिनीहरूलाई निन्दा गरिन्छ । चोरी धेरै गम्भीर नभएसम्म तिनीहरूलाई जेलमा राखिँदैन, साधारण काम गर्न खुला छोडिन्छ । काम गर्न अस्वीकार गर्ने वा ढीलो गरी काम गर्नेहरूलाई सिक्रीले बाँधेर राखिन्छ र कोर्दा हानिन्छ । तर, आफ्नो काम गरे तिनीहरूलाई खुला छाडिन्छ । हरेक रात तिनीहरूलाई नाम लिएर बोलाइन्छ र आ–आफ्नो कक्षामा बन्द छोडिन्छ । दैनिक श्रमबाहेक तिनीहरूको जीवन असुविधाजनक छैन । तिनीहरूले ज्याला पनि ठिक्कै पाउँछन्, जसमा जनताको कर सामेल छ किनभने तिनीहरू राज्य र जनताका सेवक हुन् । तर, तिनीहरूले पाउने ज्याला सबै ठाउँमा समान छैन किनभने केही जमीन भिक्षामा पाएको हुन्छ । तथापि, जनतामा माया–दया भरिएको छ । त्यहाँ कोही भोको र कोही भकारी भन्ने छैन । केही ठाउँमा जमीन राजस्वको भरमा टिकेको हुन्छ भने केही ठाउँमा हरेक व्यक्तिले केही योगदान दिएको हुन्छ ।
केही ठाउँमा ती सेवक र अपराधीहरूको साधारण काम गर्दैनन् तर हरेक व्यक्तिहरूलाई केही मजदुरहरूको आवश्यकता पर्ने हुनाले तिनीहरू बजारमा आउँछन् र मासु, पेय पदार्थ र अलिकति ज्याला दिएर ती सेवकहरूलाई भाडामा लिइन्छ, स्वतन्त्र मजदुरहरूलाई भाडामा लिनुभन्दा त्यो सस्तो हुन्छ । राम्रो काम नगरे तिनीहरूलाई कोर्दाले हान्नु पनि वैध छ । यसको कारण तिनीहरूसँग कहिल्यै कामको अभाव हुँदैन । तिनीहरूले मासु र पेय पदार्थ पाउँछन् । यसबाहेक तिनीहरूले हरेक दिन साझा कोषमा जम्मा गर्न लुगा दिन्छन् । तिनीहरूको केश खौरिँदैन तर कानभन्दा माथि एक प्रकारको गोलो घेरा बनाइन्छ । कानको एउटा टुप्पा काटिएको हुन्छ तर पैसा दिने र लिने दुवैलाई मृत्यु अँगाल्नु सरह खतरा हुन्छ । ती कैदीहरूबाट कुनै पनि पैसा प्राप्त गर्न र कैदीहरूसँग हतियार हुनु दुवै कम खतरनाक छैन । भिन्दाभिन्दै ठाउँहरूमा काम गर्ने कैदीहरू एक आपसमा तिनीहरूको एउटा निश्चित सङ्केतपट्टिको कारण हुटिन्छन् र त्यो पट्टी फ्याल्नु मृत्यु बराबर हो । आफ्नो ठाउँबाट अन्त जानु वा अरु ठाउँको कैदीसँग कुरा सोच्नु तिनीहरूको लागि खतरनाक छ । कुनै कैदीले गरेको त्यस्तो प्रयासलाई लुकाउनु स्वतन्त्र व्यक्तिहरूको लागि पनि मृत्यु अँगाल्नु हो । यसको विपरीत त्यस्तो कामको सूचना दिनेहरूले धेरै पुरस्कार पाउँछन् । स्वतन्त्र मानिसले धेरै पैसा र कैदीले स्वतन्त्रता पाउँछ । दुवैले क्षमादान पाउँछ । तसर्थ, आफ्नो खराब काम जारी राख्नु तिनीहरूका लागि राम्रो छैन बरु पश्चाताप् गर्न हितकर छ ।
त्यहाँको कानुन व्यवसाय यस्तो छ जसमा मानवता छ, क्रुरता होइन यो सुविधाजनक छ† तिनीहरूलाई दिइने सजाय तिनीहरूको अपराध नष्ट गर्नेतर्फ लक्षित छ । यसबाट तिनीहरूले राम्रो बन्नुबाहेक अर्को कुनै विकल्प छैन । आफ्नो बाँकी जीवनमा तिनीहरूले पहिले गरेको गल्तीको सुधार गर्नसक्छन् । तिनीहरू पहिलेकै अवस्थामा फर्किने सम्भावना थोरैमात्र छ, एक ठाउँबाट अर्को ठाउँमा घुम्ने पर्यटकहरूले आफ्नो सुरक्षाको लागि आफ्नो पथ प्रदर्शकको रूपमा तिनीहरूलाई चिन्छन् तर हरेक ठाउँमा तिनीहरू फेरिन्छन् र नयाँले ठाउँ पाउँछ । तिनीहरूले हतियार छुन पाउँदैनन्, तिनीहरूसँग पैसा भेटिएमा त्यो लुट र विश्वासघात ठहरिनेछ । तिनीहरू चाँडै प्रमाणसाथ पक्राउ पर्नेछन् । भागेर जाने कुनै आशा छैन, अन्य मानिसको भन्दा अलग्गै लुगा लाउने व्यक्ति कसैको नजरमा नआतग्नु असम्भव छ । भागे तापनि तिनीहरूको टाउको र काटिएको कानबाट तिनीहरू छुटिन्छन् । तिनीहरू आपसमा मिलेर षडयन्त्र गर्न सक्छन् भने कुनै सम्भावना छैन । अर्को ठाउँका कैदीहरूसँग सल्लाह नगरी तिनीहरूलाई सहयोग गर्न नलोभ्याई त्यस्तो योजना बनाउन सकिँदैन र यस्तो सम्पर्क असम्भव छ किनभने तिनीहरू एक अर्कासँग बोल्न पाउँदैनन् । तिनीहरू यस्तो विषयमा आफ्ना देशवासीहरूलाई सामेल गर्दैनन् किनभने यस्तो कुरा जसले लुकाउँछ उसको ज्यान खतरामा पर्छ तथा यस्तो षड्यन्त्र उदाङ्ग्याउनेले ठुलो पुरस्कार पाउँछन् । सबै कुरा मानेर, सजाय भोगेर आफ्नो आचरणमा सुधार ल्याए तिनीहरूले पुनः स्वतन्त्रता प्राप्त गर्न सक्छन् र एक सच्चा इमानदार व्यक्ति बन्न सक्छन् ।
वकिलले प्रशंसा गरेको व्यवस्थाभन्दा राम्रो व्यवस्था बेलायतमा लागु हुन नसक्ने कुनै कारण नरहेको तर्क दिँदै मैले आफ्नो सबै कुरा व्यक्त गरिसकेपछि वकिलले बेलायतमा त्यस्तो व्यवस्था कहिल्यै लागु नहुने तथा यसले जनतामाझ ठुलो शङ्का र खतरा निम्त्याउने बताए । उनले असहमति व्यक्त गरेर र त्यहाँ रहेका सबैले उनको असहमतिप्रति सहमति जनाए ।
“यहाँ यो व्यवसायले राम्रो वा नराम्रो गर्नेछ भन्ने कुराको प्रमाणबिना निर्णय गर्न गा¥हो हुन्छ” – पादरीले भने । मृत्युदण्डको सजाय दिइसकेपछि राजाले सजाय केही समयको लागि पछाडि सारेर सजाय दिएर हेरे तथा यो राम्रो र फाइदाजनक भएको प्रमाण भेटिएपछि यो व्यवस्था लागु हुनसक्नेछ । अन्यथा, मृत्युदण्डको सजाय पछाडि सरेको कारण जीवित रहेका व्यक्तिहरूले पुरानै सजाय पाउनेछन् । कुनै खतरा आउन सक्नेछैन । त्यसको लागि हामीले धेरै नियम बनायौँ र थोरैमात्र कायम रह्यो । तिनीहरूलाई यसले फाइदा पुग्ने मेरो विचार छ ।
पादरीले यसो भनेपछि केही समय अगाडि मेरो कुरामा असहमति जनाएकाले प्रशंसा गर्न थाले । तर, यो पादरीको आफ्नै भनाइ भएको हुँदा त्यसपछि भएको वार्तालाप यहाँ उल्लेख गर्नु राम्रो हुनेछ वा छैन भन्ने मलाई थाहा छैन किनभने ती सबै कुरा पहिलेकै कुरासँग सम्बन्धित थियो ।
त्यहाँ एक ठट्यौली व्यक्ति थिए जुन हेर्दा मूर्खजस्तै देखिन्थ्यो । तर, उनले एकदम मेहनत गरेर आफूजस्तो देखिन्थे त्यस्तै साँच्चिकै रहेको देखाए । उनले ठट्यौली पारामा धेरै कुरा बताए र सबैलाई हँसाए । तथापि, यति उचित कुराहरू अगाडि ल्याएर उनले प्रयास गर्नेले नै लक्ष्य भेटाउँछ भन्ने उक्तिलाई पुष्टि गरे । चोरहरूको लागि राम्रो व्यवस्था र पादरीका अनुसार काम नपाएर भौतारिरहेकाहरूको लागि प्रावधानहरू बनाएपछि बिमारी र उमेरको कारण गरिब भएर काम गर्न असक्षमहरूको लागि प्रावधान बनाउनुमात्रै बाँकी रहेको एक जनाले बताए । “म यस विषयमा केही भन्छु” – त्यो ठट्यौली व्यक्तिले भने । मैले त्यस्ता व्यक्तिहरूलाई धेरै पटक देखेको छु, तिनीहरूले आफ्नो आँखाभरि आँसु राखेर मसँग पैसा मागे तर मैले कहिल्यै दिइनँ, किनभने म दिन चाहन्नथेँ वा मसँग दिने सामथ्र्य थिएन । अहिले तिनीहरू बुद्धिमान भइसकेका छन्, मलाई देखेपछि तिनीहरू मसँग पैसा माग्दैनन् । तर, म एउटा कानुन बनाउनेछु† ती सबै भिखारीहरूलाई विभिन्न मठमा राखिनेछ । पुरुषहरूलाई श्रम गर्न दिइनेछ तथा महिलाहरू भिक्षुणी बन्नेछन् ।
यो सुनेर पादरी मुस्कुराए तथा सबै तर्कलाई राम्ररी सुने । तर, पादरी र भिक्षुहरूप्रति ठट्टामा उडाउन मनपराउने एक धार्मिक युवाले व्यङ्ग्यात्मक टिप्पणी गर्न थाले । हामीजस्ता युवाहरूको लागि केही प्रावधान नबनाएसम्म तपाईँ भिखारीहरूबाट छुटकारा पाउन सक्नु हुन्न, उनले भने ।
“त्यो पहिल्यै भइसकेको छ” – पहिलो ठट्यौली व्यक्तिले भने । काम नपाएकाहरूलाई काम दिइनुपर्छ पादरीले पहिल्यै भन्नुभएको छ, तपाईँभन्दा ठुलो बेकामका व्यक्तिहरू कोही हुनसक्दैनन् । पादरीले यसप्रति असहमति नजनाउने देखेपछि यो ठट्टालाई पनि सबैले खुसीपूर्वक लिए । यसबाट उनी धेरै मर्माहत भए तथा जथाभावी शब्द प्रयोग गर्न थाले । उनले ती व्यक्तिलाई बदमास (आवारा) पछाडि कुरा काट्ने भनी गाली गरे ।
त्यसपछि ती ठट्यौली व्यक्तिले युवालाई शान्त रहन आग्रह गरे । ती युवाले भने, “म रिसाएको छैन, कम्तीमा मैले कुनै पाप गर्नेछैन किनभने रिसाएपछि पाप नगर्नु भन्ने उक्ति छ ।” त्यसपछि पादरीले पनि उनलाई नम्र स्वरमा शान्त रहन आग्रह गरे ।
होइन, मैले उत्साहपूर्वक बोलेको हुँ किनभने धार्मिक मानिसहरूमात्रै उत्साही हुन्छन् । तालु भएको कारण एलिसालाई गाली गर्नेहरू एलिसा भगवान्को घरमा गएपछि त्यसप्रति उत्साही भए । तपाईँले गर्नुभयो – “हो पादरीले भने – तर तपाईँले बुद्धिमानीपूर्वक काम गर्नुपर्छ मूर्खहरूसँग राम्ररी व्यवहार गर्नुपर्छ ।”
‘होइन’ – उनले भने । म बुद्धिमत्तापूर्वक काम गर्नेछैन । सोलोचिनले भनेका छन् – मूर्खलाई उनको मुख्र्याइँअनुसार जवाफ दिए । एलिसा तालु भएको कारण उनी हाँसो उठाउनेहरू पछि त्यही तालुपनाप्रति उत्साही भए । त्यस्तैगरी युवाहरूको हाँसोमा उडाउनेहरू पनि पछि त्यस्तै हुनेछन् । त्यसबाहेक हाम्रो हाँसो उडाउनेहरूलाई सजाय दिने कानुन पनि छ । यस बहसबाट कुनै उपलब्धि नहुने देखिएपछि उनले पहिलो ठट्यौली व्यक्तिलाई उठेर जान सङ्केत गरे तथा कुराकानीको विषयलाई अन्यत्र मोडे । केही क्षणपछि उनी केही व्यक्तिहरूसँग भेट्न उठेपछि यो विषय यही अन्त्य भयो ।
मोर महाशय, तपाईँलाई यति लामो वृत्तान्त सुनाएकोमा म लज्जित छु तर तपाईँले यसलाई ध्यानपूर्वक सुन्नुभयो । मैले यी सबै कुरा त्यो समय बोल्दा तिनीहरूले असहमति व्यक्त गरे । तर, पादरी यसप्रति सहमत भएको देखेपछि तत्काल तिनीहरूले यसलाई स्वीकारे । तसर्थ, ती ठट्यौली व्यक्तिको मुख्र्याइँलाई पनि तिनीहरूले स्वीकारे । तपाईँले थाहा पाउनुभयो होला तिनीहरूले मलाई र मेरो भनाइलाई कति सम्मान गर्छन् ।
राफेल महाशय, मैले तपाईँको सबै कुरा ध्यान दिएर सुनेँ, तपाईँले सबै कुरा एकदम रोचक ढङ्गमा भन्नुभयो । पादरीको उल्लेख गर्नु भएर तपाईँले मलाई मेरो बाल्यकालको स्मरण गराउनुभयो, उहाँ नै घरमा मेरो बाल्यकाल बित्यो । राफेल म तपाईँको सम्मान गर्थे तर उहाँप्रति तपाईँले गर्नुभएको व्यवहारबाट तपाईँको झन् आदर बढेको छ । तपाईँले भन्नुभएका सबै कुरा साँचो हो तथापि मलाई अझै पनि के लाग्छ भने तपाईँले कुनै राजकुमारकहाँ काम गर्नुपथ्र्यो । सायद तपाईँको सुझावबाट राज्यको हित हुन्थ्यो । प्लेटोले आफ्नो पुस्तकमा लेखेका छन् – ‘दार्शनिकहरू राजा नबनेसम्म तथा राजाहरूले दर्शनशास्त्रको अध्ययन नगरेसम्म सहरहरूको समस्या हट्दैन । दार्शनिकहरूले आफ्नो राम्रो सल्लाहबाट राजाहरूलाई के निर्देश दिन सक्दैनन् ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *