सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
एकदिन म खाना खाएर वडा कार्यालयमा जान तयारी गर्दै थिएँ । त्यही समयमा घरमा एकजना महिला आइपुग्नुभयो । मैले उहाँलाई वडा कार्यालयमा जाने समय भएकोले वडामा नै गएर कुरा गर्न अनुरोध गरेँ । तर उहाँले प्रत्युत्तरमा भन्नुभयो, “वडामा कुरा गर्न अलि मिल्दैन । मेरो व्यक्तिगत कुरा भएकोले तपाईँलाई घरमै भेट्न भनेर आएकी हुँ । कृपया मलाई दस मिनेट दिनुहोला । ममाथि धेरै अन्याय भयो । मलाई धेरै दुःख दिए । त्यही भएर वडाअध्यक्षले मेरो कुरा सुनिदिनुप¥यो ।”
मैले घरको बैठक कोठामा लिएर गएँ र आफ्नो भनाइ राख्न अनुरोध गरेँ ।
त्यस महिलाले अगाडि भन्नुभयो, “मेरो नाम शर्मिला सुवाल (नाम परिवर्तित) हो । मेरो श्रीमान्को नाम राम सुवाल (नाम परिवर्तित) हो । मेरो घर यही वडामा हो । तर, म अहिले सूर्यविनायकमा पसल थापेर बसेकी छु । हिजो वडामा आएर पसल दर्ता गर्न आउने मेरो कान्छा छोरा हो । मेरो चार जना छोरा छन् । एकजना चीनमा काम गर्न गएको छ भने एकजना दुबइमा काम गर्दै छ । एकजना बालकोटमा आफ्नै घर बनाएर बसेको छ । एकजना मसँग डेरामै बस्छ । मेरो श्रीमान्ले मलाई छोडेर बसेको पनि तीस वर्षभन्दा बढी भयो होला । उनी काठमाडौँमा अर्को श्रीमतीसँग बस्छन् । उनले मलाई कहिल्यै वास्ता गरेनन् । सूर्यविनायकको एउटा पसल चलाएर मैले चार जना छोराहरू हुर्काएँ र पढाएँ । श्रीमान् र सासू ससुराले मलाई धेरै हेपे । त्यसैले हिजो छोराले पसल दर्ता गर्न आउँदा तपाईँले धेरै कर लगाउनुभयो रे । अनि त्यो कर कम गरिदिनुहोला । अनि मेरो श्रीमान्लाई वडामा झिकाएर मेरो भागको सम्पत्ति पनि लिइदिनुप¥यो । दुई ठाउँको जग्गा त बेचिसके । करिब एक रोपनी जग्गा बेचेको खबर छ । पच्चीस वर्षदेखि उसको अनुहार नै देखेको छैन । जग्गा बेचेको पनि मलाई थाहा भएन । मेरो र छोराहरूको भाग पनि बेचिदिएछन् । १२ आना बाँकी छ । त्यो भए पनि लिइदिनुप¥यो । अनि मेरो श्रीमान्ले अर्की श्रीमती लिएर बसेका छन् । उनलाई विवाह दर्ता, नागरिकता र जन्म दर्तासमेत रोकिदिनुप¥यो । घरमा श्रीमती र चार जना छोरा हुँदाहुँदै अर्को विवाह गरी बाहिर बस्ने कस्तो श्रीमान् होला ? मलाई वडाध्यक्षले न्याय दिनुप¥यो ¤”
उहाँको कुरा सुनेबित्तिकै केही दिन पहिले वडाको एकजना स्वयम्सेविकाले एकजना मान्छेको वडामा विवाह दर्ता, नागरिकता र जन्म दर्ता रोक्नुप¥यो भनेर भनेको याद आयो । सम्भवतः ती स्वयम्सेविकाले भनेको मान्छे यही महिलाले भनेको मान्छे जस्तो लाग्यो । मैले उहाँसँग स्वयम्सेविका कार्यकर्ताले भनेको कुरामा जिज्ञासा राखेँ । उहाँले उक्त कुरा स्वयम्सेविकालाई भनेको स्वीकार गर्नुभयो । मैले उहाँको श्रीमान्को नाम र मोबाइल नम्बर लिएँ ।
वडामा जाने समय ढिलो भइसकेको थियो । मैले मोबाइलमा घडी हेरेँ । करिब ११ बजिसकेको थियो । उहाँ भने आफ्नो दुःख बताउँदै रुन थाल्नुभयो । घरमा म एक्लै थिएँ । घरमै रुन थाल्नुभएकोले मलाई के गरुँ के गरुँ हुन थाल्यो । मैले उहाँलाई सान्त्वना दिँदै नरुन सम्झाएँ । मैले उहाँको कुरा ध्यान दिएर सुन्न थालेँ । करिब एक घण्टा जति उहाँको कुरा सुनेपछि बल्ल उहाँ घरबाट बाहिर जानुभयो र म वडा कार्यालयमा गएँ ।
वडा कार्यालयमा गएर मैले त्यस महिलाकी श्रीमान् राम सुवाललाई कल गरेँ । तर, उहाँले कल रिसिभ गर्नुभएन । त्यसपछि उहाँको भाइ पुरुषोत्तम सुवाललाई कल गरेँ । उहाँले दाइ राम सुवाललाई जसरी भए पनि वडामा पठाइदिन्छु भन्नुभयो । भोलिपल्ट मलाई राम सुवालले कल ब्याक गर्नुभयो र भन्नुभयो, “वडाध्यक्षजी नमस्ते । हिजो तपाईँले फोन गर्नुभएको रहेछ । म पसलमा व्यस्त भएकोले फोन रिसिभ गर्न पाइन । आज बिहानै भाइले कल गरेको थियो । त्यही भएर मैले कल ब्याक गरेको हुँ । तपाईँले किन मलाई सम्झनुभयो ?” मैले उहाँलाई भनेँ, “तपाईँको श्रीमतीले सम्पत्ति मागेका छन् । छोराहरूले पनि सम्पत्ति मागेका छन् । करिब एक रोपनी जग्गा श्रीमतीलाई थाहा नै नदिई जग्गा बेचेको रहेछ । बाँकी १२ आना जग्गा बाँकी छ रे । त्यो भए पनि उनीहरूलाई दिनुप¥यो भन्छन् । के विचार छ तपाईँको ?”
राम सुवालले जवाफमा भन्नुभयो, “गुठीको १२ आना जग्गा बाँकी छ । त्यो उनीहरूलाई दिन बाँकी राखेको हुँ । तर, उनी चार जना छोरालाई नदिई एक्लैको नाममा मात्र लिन चाहन्छिन् । उनले कमाएको सम्पत्ति छोराले र मैले लेला भन्ने चिन्ता छ । सरलाई उनको भित्री मनसाय थाहा रहेनछ । उनलाई र मेरो चार छोरालाई त्यो १२ आना जग्गा दिन म तयार छु । सरले मलाई वडामा बोलाउनुस् । म जहिले भए पनि त्यो जग्गा दिन तयार छु ।” राम सुवाललाई भोलि वडामा आउनुस् र कुराकानी गरौँला भन्दै फोन राखिदिएँ ।
भोलिपल्ट उहाँ वडामा आउनुभयो । श्रीमतीलाई सम्पत्ति नियमानुसार दिने र त्यो सँगै छोराहरूलाई पनि बराबर सम्पत्ति दिने कुरा उहाँले बताउनुभयो । मैले राम अवाललाई भनँे, “तपाईँले चार चार जना छोरा हुँदाहुँदै अर्को विवाह गर्न मिल्छ र ? आफ्नै श्रीमतीलाई एक्लै छोडेर अर्कैसँग बस्ने भनेको त नैतिकताविपरीतको कुरा भयो । त्यसैले पहिलो श्रीमतीलाई तपाईँले कुनै पनि हालतमा सम्पत्ति दिनुपर्छ । आफू अर्कैसँग बस्ने अनि पहिलो श्रीमतीलाई घर बाहिर राख्न मिल्दैन । त्यसैले तपाईँले सम्पत्ति दिनुपर्छ ।” उहाँले मेरो कुरामा केही पनि प्रतिवाद गर्नुभएन । मेरो भनाइ सुनेपछि राम सुवालको अनुहार कालो निलो देखियो । सायद उहाँमा बोल्ने र प्रतिवाद गर्ने हिम्मत भएन । उहाँले आफ्नो पहिलो श्रीमतीलाई नियमानुसार सम्पत्ति दिने मात्र भन्नुभयो । यसो हेर्दा सम्पत्ति बाँडफाँडमा केही समस्या नरहेको जस्तो लाग्यो ।
त्यसको केही दिनपछि शर्मिला सुवाल भाउजू फेरि वडामा आउनुभयो । उहाँले मसँग श्रीमान्सँग कुराकानी भए नभएको कुरा सोध्नुभयो । मैले उहाँलाई राम सुवालसँग राम्रो कुराकानी भएको बताएँ । शर्मिला सुवाल हिजोसम्म छोरा र आफूलाई सम्पत्ति चाहियो भन्दै हुनुहुन्थ्यो । तर, उहाँले आज त्यो १२ आनाको जग्गा आफ्नै नाममा मात्र चाहियो भन्नुभयो । उहाँले छोराहरूलाई आफ्नो शेषपछि मात्र त्यो जग्गा दिने बताउन थाल्नुभयो । मैले उहाँलाई भनँे, “तपाईँको श्रीमान् राम सुवालले तपाईँ र चार जना छोरालाई १२ आना जग्गा दिने वचन दिनुभएको छ । तर, तपाईँले चार जना छोरालाई वडामा उपस्थिति गराउनुप¥यो । विदेशमा दुई जना छोरा रहेछन् । तिनीहरूलाई वडामा उपस्थिति गराउन आवश्यक भएन । तर, यहाँ भएका दुई जनालाई तपाईँले वडा कार्यालयमा ल्याउनुप¥यो । चार जना र तपाईँको नाममा जग्गा दिन म पनि सिफारिस दिन तयार छु ।” मेरो कुरा सुनेपछि उहाँ अकमकाउन थाल्नुभयो । जेठो छोरा र माइलो छोरासँग आफ्नो कुरा नमिलेको बताउन थाल्नुभयो । मैले सम्पत्तिको कुरा नमिले पनि छोराहरूलाई बराबर दिनुपर्ने बताएँ । त्यसपछि म विचार गर्छु भनी उहाँ जानुभयो ।
त्यसपछिका धेरै दिनसम्म शर्मिला भाउजू वडा कार्यालयमा आउनुभएन । करिब ६ महिनापछि फेरि उहाँ वडा कार्यालयमा आउनुभयो । उहाँले वडा कार्यालयमा रुन्दै भन्नुभयो, “मलाई मेरो भागको सम्पत्ति १२ आना जग्गा भए पनि लिइदिनुप¥यो । छोराहरू मसँग मिलेर बस्न चाहँदैनन् । छोराहरू सबै आ–आफ्नै श्रीमती लिएर बसेका छन् । मेरो सहारा भनेको तपाईँ मात्र हो । तपाईँले जसरी भए पनि जग्गा लिइदिनुप¥यो । त्यत्ति जग्गा भएमा म सानो टहरा हालेर भए पनि बस्छु । मेरो श्रीमान् र छोराहरूले मलाई हेर्दैनन् सर । यो संसारमा आफ्नो भनेको कोही रहेनछ । त्यसैले म एक्लै बस्छु । म एक्लै बाँच्छु । तपाईँले १२ आना जसरी भए पनि मेरो नाममा लिइदिनुप¥यो ।”
उहाँको कुरा सुनेर मलाई अचम्म लाग्यो । त्यसैले मैले सम्झाउँदै भनँे, “भाउजू, तपाईँ श्रीमान्सँग पनि मिलेर बस्न नसक्ने अनि चार जना छोरासँग पनि मिलेर बस्न नसक्ने । कमसेकम एकजना छोरासँग त मिलेर बस्नुस् । छोराहरू त आफ्नै हुन् नि । किन तपाईँ मिलेर बस्न सक्नुभएन ? तपाईँ हामीमा पनि केही कमजोरी हुन्छ । त्यसैले परिवारसँग मिलेर बस्न सिक्नुपर्छ । धेरैै दुःख गरेर हुर्काएको छोरासमेत तपाईँलाई मन नपर्नु भनेको तपाईँसँग पनि केही खोट छ भन्ने पुष्टि हुन्छ । तपाईँको श्रीमान्ले १२ आना जग्गा सबैलाई बाँडेर दिन्छु भनेका छन् । तपाईँले छोरा बुहारी सबैको भागसमेत लिन खोज्नु भएकोले श्रीमान् र छोराले दिन नमानेका हुन् । छोरा र श्रीमान्सँग नमिलेको अवस्थामा अंश भाग तपाईँले खान पाउनु हुन्न । त्यसैले तपाईँको भागको मात्र सम्पत्ति म दिलाउन पहल गर्ने दिन सक्छु । १२ आना जग्गा दिनको लागि श्रीमान्लाई बाध्य गर्न मिल्दैन । अदालत गए पनि तपाईँले १२ आना जग्गा पाउनु हुन्न । एक पटक विचार गर्नुपर्ला ।”
मेरो कुरा सुनेपछि शर्मिला भाउजूको अनुहार अँध्यारो देखियो । उहाँले केही बोल्न सक्नुभएन । उहाँ केही बेर चुप लागेर बस्नुभयो । मैले एक पटक विचार गरेर फेरि वडा कार्यालय आउनु अनुरोध गरेँ । त्यसपछि उहाँ जानुभयो ।
मलाई कस्तो कस्तो लाग्यो । मसँग न्याय माग्न आएकी एकल महिलालाई न्याय दिनुको सट्टा अन्याय पो गरेँ कि जस्तो लाग्यो । तर, एक एकल महिला कसरी आफ्नै अव्यवहारिक बानी व्यहोराले गर्दा श्रीमान् र छोराहरूबाट टाढियो जस्तो पनि लाग्यो । आफ्नै मात्र सोच सही ठान्ने, अनि अरुलाई सधैँ गलत सोच्ने प्रवृत्ति पक्कै राम्रो होइन । श्रीमान्लाई मान्छे नठान्ने अनि छोरा बुहारीलाई मान्छे नगन्ने प्रवृत्तिले नै एकल बस्नु परेको हो कि जस्तो लाग्यो । समय र परिस्थितिलाई आफू अनुकूल ढाल्न नसकेकोले पनि एक्लो बस्नु परेको हो कि जस्तो लाग्यो ।
Leave a Reply