आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
कैलाली, १२ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा भेनेजुयाली क्रान्तिकारी नेता ह्युगो चाभेजको ७१ औँ जन्म दिवसको अवसर पारी अध्ययन गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सोमबार लम्किचुहा न.पा.२ मा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले युरोपेली देशहरू अन्य देशलाई उपनिवेश बनाई आफू आर्थिक रूपले सम्पन्न भएका देशहरू हुन्; अमेरिकाले पनि विकासोन्मुख र साना देशलाई युद्धमा फसाई ध्वस्त पारेको बताउनुभयो ।
भेनेजुयलामा पुरानो व्यवस्था फाली जनताको शासन व्यवस्था ल्याउनको लागि जन नेता ह्युगो चाभेजले ठुलो सङ्घर्ष गर्नुभएको उल्लेख गर्दै उहाँले महान् व्यक्तिहरूको जीवनी अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक कक्षा भनेको विश्वविद्यालय भएको स्पष्ट पार्दै कार्यकर्ताहरूले पुस्तक अध्ययनमा जोड दिई राजनीतिक कक्षा सञ्चालन गरिरहनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावलले भेनेजुयाली जन नेता ह्युगो चाभेजको जीवनीबारे बताउनुभयो । उहाँले स्पेनले उपनिवेश बनाएको भेनेजुयलालाई उपनिवेशबाट स्वतन्त्र बनाउन चाभेजले ठुलो सङ्घर्ष गरेको बताउनुभयो ।
उहाँले भेनेजुयलाले आफ्नो देशमा उत्पादन गरेको तेल क्युवालाई दिई भेनेजुयाली जनताको उपचार र स्वास्थ शिक्षाको लागि क्युवाबाट डाक्टर ल्याएको एक उदाहरणीय काम भएको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ कैलालीका अध्यक्ष प्रेम सिजापतीले भेनेजुयलाका जन नेता ह्युगो चाभेजले जनताको हितको लागि निःशुल्क शिक्षा, स्वास्थ्य र उत्पादनका साधनहरू राष्ट्रियकरण गर्नुभएको बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारा आत्मसात गर्दै देश र जनताको हित गर्न समाजवादी व्यवस्था ल्याउनको लागि नेक्रायुसङ्घले सङ्घर्ष गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घका सचिव सविन पण्डित, सहसचिव सुनिता भण्डारा र कोषाध्यक्ष वसन्ती पुनले पनि ह्युगो चाभेजको जीवनीबारे बताउनुभयो ।
Leave a Reply