नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
वडाध्यक्षको डायरीबाट
विश्वव्यापीरूपमा कोभिड–१९ को सङ्क्रमणकालीन समय थियो । नेपालका सबै जिल्लामा कोभिड–१९ को सङ्क्रमण भइसकेको थियो । विश्वव्यापीरूपमा धेरै मानिसहरू मरिसकेका थिए । त्यसैले नेपाल सरकारले पनि २०७६ चैत ११ गतेबाट लक डाउनको घोषणा गरिसकेको थियो । मानिसहरू डरले घरबाहिर निस्कन छोडेका थिए । स्कूल कलेज तथा सरकारी कार्यालयहरू सबै बन्द झैँ भइसकेका थिए । बाटामा गाडीहरू गुड्न छोडेका थिए । कोरोना भाइरस विश्वव्यापी रूपमै फैलिएको हुँदा र मानिसहरू मर्न थालिसकेको हुँदा निकै सन्त्रासमा थिए । कुनै औषधि पत्ता लागेको थिएन । भ्याक्सिनको पनि विकास भइसकेको थिएन । त्यसैकारण पनि मानिसहरू डराएका थिए । विश्वव्यापी रूपमै कोराना भाइरस फैलिएर मानिसहरू मरिरहेको समाचार सम्प्रेषण भएपछि मानिसमा डर पैदा हुनु स्वाभाविक हो ।
२०७२ साल वैशाख १२ गते आएको भूकम्पपछि कैयाँै दिनसम्म बाटो सुनसान थियो । मानिसहरू टहरामुनि सुत्न बाध्य थिए । बाटामा प्रहरी र नगरपालिकाका जनप्रतिनिधि र स्वयम्सेवकहरू देखिन्थे । सडकमा प्रहरी र नगरपालिकाका गाडी आकलझुकल देखिन्थ्यो । मानिसहरू काममा जान नपाएको महिनौँ हुन थाले । घर घरमा दाल, चामल र तरकारी सकिन थाले । काममा जान नपाएकोले मानिसमा पैसाको कमी हुन थाल्यो । कतिपयसँग पैसा भएर पनि बजार नखुल्दा किन्न पाइएन् । मानिसको जीवन शैली कष्टकर भइरहेको थियो । नगरपालिका र प्रहरीको भ्यान आएर जनप्रतिनिधिहरूले घर बाहिर नआउन र सामाजिक दूरी कायम गरी बोलचाल गर्न अनुरोध गरेका थिए ।
भक्तपुर नगरपालिका नगरवासीहरूको कष्टकर जीवनसँग परिचित थियो । अझ कोठा लिएर भाडामा बस्ने नगरबाहिरका मानिसहरूको जीवन झनै कष्टकर हुँदै थियो । त्यसकारण, नगरपालिकाले खाद्यान्नको अभाव भएका नगरवासी र भाडामा बस्ने मानिसहरूलाई राहत वितरण गर्ने घोषणा गरेको थियो । त्यसको लागि नगर प्रमुखको अध्यक्षतामा वडाध्यक्षहरूको बैठकले योजना बनाउँदै थियो । एकै दिन एउटै समयमा नगरभरि राहत बाँड्ने निर्णय भयो । म आफू पनि वडामा नगरपालिकाको निर्देशनअनुसार एक पटक खाद्यान्न अभाव भएकाहरूलाई राहत वितरण गर्ने भनेर योजना बनाउँदै थिएँ । त्यसको लागि जनप्रतिनिधिहरू र स्वयम्सेवकहरूसँग पटकपटक छलफलमा थिए । लक डाउनकै समयमा एक दिन म राहत वितरणकै विषयमा छलफल गर्न वडा कार्यालयमा जाँदै थिएँ । बाटामा हिँड्दै गर्दा मेरो मोबाइलमा कल आयो । मैले कल कसले गरेको होला भनी हेरेँ । कसैले विदेशबाट मलाई कल गर्नुभएको रहेछ । मैले कल रिसिभ गरेँ । कल जापानबाट आएको रहेछ । कल रिसिभ हुने बित्तिकै एक अपरिचित व्यक्तिले भने, “भाइ नमस्कार, म जापानबाट बोल्दै छु । कोभिड–१९ कतिको फैलिरहेको छ ? हालखबर बुझौँ भनेर कल गरेको थिएँ । भाइले मलाई चिन्दैन होला । भाइलाई पनि म चिन्दिनँ । भाइ हाम्रो वडाको वडाध्यक्ष भएकोले साथीहरूसँग मोबाइल नम्बर लिएर कल गरेको थिएँ । हाम्रो नगरमा नगरपालिकाले राहत वितरण गर्न लागिरहेका खबर पाएँ । नगरमा नगरवासीहरूले धेरै कष्टकर जीवन बिताइरहेको पनि खबर पाएँ । त्यसैले खाद्यान्न अभाव भएका वडावासीलाई केही सहयोग गर्न सकिन्छ कि भनेर भाइलाई कल गरेको हुँ । म पनि यही वडाकै बासिन्दा हुँ । जापान आएर बसेको धेरै वर्ष भयो । त्यसैले वडावासीलाई केही सहयोग गर्न पाए मलाई खुसी हुने थियो । वडामा जति पनि राहत नगरपालिकाले बाँड्ने योजना बनाएको छ, त्यत्ति बराबरको पैसा म तपाईँको खातामा पठाईदिन्छु । मलाई वडाध्यक्ष भाइको खाता नम्बर चाहियो । जति खर्च लागे पनि म खर्च गर्न तयार छु । भाइले मलाई यत्ति रकम चाहियो भनेर भन्नुप¥यो । अन्दाजी कति जति चाहिएला ? नत्र म आजै भाइको व्यक्तिगत खातामा पठाईदिन्छु । मलाई पनि सहयोग गर्न पाए आनन्द लाग्छ ।”
मलाई अचम्म लाग्यो । जापानमा पनि हाम्रो वडाको मान्छे बस्दो रहेछ । पक्कै धनी मान्छे होला भन्ने अनुमान गरँे या नभए धेरै आय हुने व्यक्ति होलाजस्तो लाग्यो । उहाँको कुरा सुन्ने बित्तिकै मलाई खुसी पनि लाग्यो । कमसेकम वडामा राहत बाँड्न नगरपालिकाको बजेट त कम खर्च हुने भयो । नगरपालिकाले राहत बाँड्न भनेकै दिनमा उहाँसँग पैसा पहिल्यै लिएर राहत खरिद गरि बाँड्नु पर्ला भन्ने सोच आयो । तर, तुरून्त नगर प्रमुखले केही दिनअघि बैठकमा राहत वितरण र सङ्कलनमा एकद्वार प्रणाली लागु हुनुपर्दछ भनेको कुरा याद आयो । विदेशबाट आएको जति पनि राहत रकम छ† सबै नेपाल सरकारमार्फत सङ्कलन गर्ने र नेपाल सरकारकै निकायमार्फत मात्र वितरण गर्ने नीति नै एकद्वार प्रणाली हो । प्रमुखज्यूले त्यही कुरा हामी वडाध्यक्षहरूलाई निर्देशन दिनुभएको थियो । त्यसैले मैले त्यही सम्झेर उहाँलाई प्रतिउत्तरमा भनँे, “सरले वडामा राहत दिन खोज्नु भएकोले मलाई निकै खुसी लाग्यो । कमसेकम पनि यस्तो विषम परिस्थितिमा पनि वडावासी सबैलाई आफ्नै निजी पैसाले राहत बाँड्ने मनसाय राख्नु हाम्रो खुसीको कुरा हो । त्यसको लागि तपार्इँलाई नगरपालिका, वडा कार्यालय र वडावासीको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु । तपाईँको सहयोगको लागि म कृतज्ञ पनि छु । तर, नेपाल सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागु गरेको छ । तपाईँले पठाउने पैसा मेरो खातामा जम्मा गर्न मिल्दैन । तपाईँले जिल्ला प्रशासन कार्यालय वा नगरपालिकाको खातामा पैसा जम्मा गरिदिँदा राम्रो होला । बरु, तपार्इँलाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयको खाता नम्बर आवश्यक भए एसएमएस गरेर अहिले पठाइदिन्छु । मैले मेरो व्यक्तिगत खातामा रकम लिएँ भन्ने यसको अर्थ अर्कै लाग्छ । त्यसैले तपार्इँ नगरपालिका वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुहोस् । राहत वितरणको लागि आवश्यक प्रक्रिया नअपनाई व्यक्तिगत खातामा जम्मा गर्न मिल्दैन । तपाईँ एक पटक नगरपालिकामा सम्पर्क गर्नुहोस् ।”
मेरो कुरा सुन्ने बित्तिकै उहाँको आवाज अलि सानो भयो । सम्भवतः मेरो जवाफ उहाँलाई चित्त बुझेन । उहाँले फेरि भन्नुभयो, “ल सहयोग गर्छु भन्दा पनि यत्ति धेरै झन्झट हुनेरहेछ । अब मैले कहाँ नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरिराख्ने र ? मलाई त धेरै झन्झट हुन्छ । तपाईँ जत्ति भन्नु हुन्छ† त्यत्ति पैसा आजै तपाईँकै खातामा पठाई दिन्छु । तपार्इँ पनि अलि अलि लिनुस् । तपार्इँ हेरेर खर्च गर्नुस् न । बरु तपाईँले मागे जत्तिको पैसा खातामा जम्मा गरी दिउँला । तपाईँ आफ्ना साथीहरूलाई पनि बाँड्नु होला । तपार्इँको हिसाबमा राहत बाँडे पनि हुन्छ । नभए पैसा नै बाँडेर दिए पनि हुन्छ । सहयोग गर्न खोज्दा पनि प्रक्रिया झन्झट भयो भाइ ।”
मैले प्रतिउत्तर दिँदै भनेँ, “नगरपालिकाभरि राहत वितरण हुन लागेको छ । यस वडामा मात्र पैसा बाँड्न मिल्दैन । पैसा भयो भन्दैमा जथाभावी बाँड्न मिल्दैन । झन् आफ्नो साथीहरूलाई मात्र पैसा बाँड्न त झन्नै खतराको कुरा भयो । वि.सं. २०४५ सालमा कर्ण ह्योजुले राहत वितरण गर्दा भएको काण्ड त तपाईँलाई थाहै होला । आफ्नो मान्छेलाई मात्र राहत बाँडेको र भूकम्प पीडितलाई राहत नदिई आफ्नो मान्छेलाई मात्र राहत बाँड्डा जनताको पिटाई खानु प¥यो । त्यसपछि त्यही घटनामा सरकारले षडयन्त्र गरी नेमकिपाको कार्यकर्ताहरूलाई समूल नष्ट गर्न खोजेको विगतको घटनासँग हामी सबै परिचित छौँ । त्यही भएर नेपाल सरकारको नीतिविपरीत हामी जनप्रतिनिधिले कुनै कार्य गर्नु हुँदैन । तपाईँको सहयोगको लागि धेरै धेरै धन्यवाद ।” यत्ति भनेर मैले फोन राखिदिएँ । त्यसपछि म वडा कार्यालयतर्फ लागेँ । केही समयपछि फेरि उहाँको कल आयो । मेरो निजी खातामा जसरी भएपनि पैसा पठाउन खोजेका जानकारी उहाँले दिनुभयो । उहाँले मेरो खाता नम्बरमात्र एसएमएस गरिदिनु भनी अनुरोध गर्न थालँे । मैले धन्यवाद भनी फोन राखिदिएँ । त्यसपछि पनि उहाँको लगातार कल आइरह्यो । मैले फोन रिसिभ गर्न नै छोडेँ ।
मैले जापानबाट आएको फोन कल सम्बन्धमा वडाका जनप्रतिनिधिहरूलाई जानकारी गराएँ । साथै नगर प्रमुखलाई पनि कल गरेर जानरकारी गराएँ । जनप्रतिनिधि र प्रमुखले पनि सीधै आफ्नो खातामा पैसा लिन नहुने र नगरपालिकाको खातामा पैसा राख्न लगाउन सुझाव दिनुभयो । त्यसपछि मैले त्यस व्यक्तिलाई कल गरेँ र नगरपालिकाको खातामा पैसा राख्न अनुरोध गरेँ । प्रत्युत्तरमा उहाँले भन्नुभयो, “मैले त वडावासीलाई मात्र सहयोग गर्न खोजेको हुँ । नगरवासी सबैलाई राहत बाँड्ने मेरो इच्छा होइन । नगरपालिकाको खातामा पैसा जम्मा गरेपछि हाम्रो वडामा मात्र नभई सबै वडामा मेरो पैसा जाने भयो । त्यसकारण म नगरपालिकाको खातामा पैसा जम्मा गर्न सक्दिनँ । तपाईँको खातामा जम्मा गर्ने र तपाईँले भनेको मान्छेलाई मात्र राहत दिने भए पैसा पठाउँछु† नभए म पैसा पठाउन तयार छैन ।”
त्यसपछि मैले उहाँलाई सरल शब्दमा जवाफ फर्र्काएँ, “वडा कार्यालय भनेको सरकारको स्थानीय तह हो । नगरपालिकाको निर्देशनअनुसार वडा कार्यालय चल्नुपर्दछ । प्रमुखले स्पष्ट निर्देशन दिएको अवस्था छ । त्यसैले मेरो खातामा पैसा जम्मा गर्न मिल्दैन । त्यसैले तपार्इँको सहयोगको लागि धेरै धेरै धन्यवाद ! हामी नगरपालिका र नगर प्रमुखको निर्देशनमा राहत वितरण गछौँ ।” यत्ति भनेर मैले फोन राखिदिएँ ।
केही दिनपछि नै नगरपालिकाले वडा वडामा एउटै दिन एक पटक एउटै समयमा वडा वडामा वडाध्यक्षको रोहवरमा फिल्डमा गई राहत वितरण गर्न खाद्यान्न पठायो । त्यसपछि नगर प्रमुखको निर्देशानुसार हामीले वडामा टोल टोल र चोक चोकमा गई कष्टकर जीवन बिताइरहेको वडावासी र वडामा कोठा भाडामा बसिरहेका नागरिकहरूलाई राहत सामग्री वितरण ग¥यौँ ।
Leave a Reply