भर्खरै :

चीन–संरा अमेरिका बीच मुठभेद अपरिहार्य छैन

जोन एफ .कोपर
यान स्योतोङ रणनीतिक अगुवा विचारकहरु मध्य एक चिनियाँ विचारक हुन् । उनी सिन्ह्वा विश्व विद्यालयको अन्तरराष्ट्रिय सम्वन्धका डिन हुन् । उनी प्राचिन चिनियाँ विचार , आधुनिक चिनियाँ शक्ति भन्ने पुस्तकका लेखक पनि हुन् । उनले वाशिङ्गटन पोष्ट भन्ने संरा अमेरिकाको प्रमुख अन्तर्राष्ट्रि पत्रिकामा आप्mनो एक विचार अगाडि सारेका थिए । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसंग शित युद्ध शुभारम्भ गर्न सक्दैनन् भनी आप्mनो विचार राखेका थिए ।
के ट्रम्पले चीनसंग युद्ध गर्न सक्छन् र भनी वेलावखत प्रश्न उठ्ने गरिन्छ । यो प्रश्नको उत्तर खोज्ने तिर लागौं । त्यसपछि मात्र ट्रम्पले चीनसंग युद्ध शुभारम्भ गर्न सक्दैनन् भन्ने यानको सिद्धान्त तिर जाऔं ।
संरा अमेरिका – चीन युद्धको अनुमान वारे चर्चा चलाउँदा अधिकांश रणनीतिज्ञ र विचारकहरुले संरा अमेरिका चीनको सम्वन्ध थाईसिदिदेस ट्राप भनी विचार गर्छन् । विद्वान ग्रहम एलिसनले आप्mनो पुस्तक ु युद्धको नियति मा यो विचार वारे पहिले नै व्याख्या गरिएका थिए ।
प्राचिन ग्रिसेली लेखक थाईसिदिदेस विचारबाट एलिसनको सिद्धान्त प्रभावित छ । थाईसिदिदेसले पेलोपोनिसियाली युद्धको इतिहास नामको शास्त्रीय कृति प्रकाशन गरेका थिए । उनले स्पार्टा राज्यको यथस्थितिको शक्तिलाई एथेन्स राज्यको उदियमान शक्तिले चुनौति दियो र यहीं नै युद्धको कारण बन्यो भनी तर्क गरेका थिए ।
एलिसोनका टिप्पणीहरुलाई पछ्यांउँदै , हावार्ड विश्व विद्यालयको बेलफेअर केन्द्रले आधुनिक समयका १६ ओटा प्रमुख विश्व द्वन्दको परिस्थिति वारे अध्ययन ग¥यो र त्यस्मा १२ ओटा युद्धहरुले थाईसिदिदेस ध्रापको परिस्थिति भोग्नु परेको यथार्थ पत्ता लगायो ।
धेरै जना अवलोकनकर्ताहरुले संरा अमेरिकाको यथास्थिति शक्ति एकदम छिटछिटो पतनको अवस्थामा पुगिरहेको र चीनको चुनौतिपूर्ण शक्ति निकै तीब्रता पूर्वक उदियमान भैरहेको भन्ने विचार पोखेका छन् । संभवतस् यस्ले द्वन्द्व चर्केको देखिन्छ ।
संरा अमेरिकाको रक्षा विभाग अन्तर्गतको नयाँ राष्ट्रिय सूरक्षा रणनीतिक प्रतिवेदनले हालसालै यस सिद्धान्तलाई पुष्टि गर्दै प्रतिवेदन पेश गरेको देखिएको छ । त्यस प्रतिवेदनमा चीन र रुस नै संरा अमेरिकाको लागि ठूलो चुनौति र धम्की भएका छन् भनी उल्लेख गरिएको छ । अहिले आतङ्कवाद कमजोर भएको छ । इस्लामिक राज्य समूह पराजित भएको छ र आतङ्कवाद कहिँपनि वेगवान शक्तिको रुपमा छैन ।संरा अमेरिकी अघिल्ला दुई राष्ट्रपतिहरु जर्ज डब्लु बुश र बाराक ओबामाका विवेकहीन युद्धहरुको कारणले गर्दा संरा अमेरिकाको सैन्य शक्तिलाई पुनस्निर्माण गर्ने कार्यलाई कम गरेको छ । धेरै पैसा आवश्यक अन्य कुरा र त्यस्लाई निर्धारित गर्ने योजनामा ध्यान केन्द्रित भयो । यसै कुरोलाई लिएर संरा अमेरिकाका मुख्य मुख्य विरोधीहरुलाई चीन र रुसले निर्दिष्ट गरेको बताइन्छ ।
तर , कुन किसिमको युद्ध भनी प्रश्न गर्न सकिन्छ । पहिल्यैबाट संरा अमेरिका र चीन युद्धमा छन् भनी कसै—कसैले भन्न सक्छन् स् व्यापार युद्ध , गुप्तचरी युद्ध , साइबर युद्ध , नक्कली युद्ध , अन्तरीक्ष दौड आदि । संरा अमेरिकाले आप्mनो गठवन्धन मुलुक जापानलाई समर्थन गर्दै दक्षिण चीन सागरमा विवादित टापुहरु र अन्य कुराहरुमा झगडा लगाउँदैछ ।
युद्धको अर्थ केही फरक भएको अथवा ूसम्पूर्ण क्षेत्रमा ू युद्ध वा आणविक युद्ध हुनसक्ने भनी निकै छलफल हुँदैछ । तसर्थ , उदार सञ्चार माध्यम , होलिउड , विद्वतवर्ग जस्ता ट्रम्पका घरेलु शत्रुहरुको धुन नै ट्रम्पलाई समाप्त पार्नु हो । तिनीहरुले उनलाई यस्तै यस्तै नचाहिने काम र जथाभावी विनाशकारी युद्ध शुरु गर्ने नेताको रुपमा चित्रण गर्छन् ।
यद्यपि , यानले केही पृथक ढंगमा के भन्छन् भने ट्रम्पले चाहेर पनि चीनसंग युद्ध शुरु गर्न सक्दैनन् र केहीगरी संरा अमेरिका र चीन सीमा भन्दा वाहिर जान्छन् भने तिनीहरुले ू धेरै धेरै अन्तर्राष्ट्रिय जिम्मेवारी ू लाई त्याग्नुपर्ने हुन्छ । यस्ता कुराहरु विल्कुलै स्पष्ट छन् । शोधपत्र अनुसार , ट्रम्प संरा अमेरिकालाई पतन हुनबाट जोगाउन चाहन्छन् । अर्थ व्यवस्था , रोजागार श्रृजना र अन्य क्षेत्रहरुमा उनको ध्यान केन्द्रीत छ ।
राष्ट्रपति सि चिन पिङ्गको नीति अफगानिस्तानमा सेना नपठाउने हो , होइनभने यस्तो कामले विदेशी भूमिको दलदलमा फस्ने चेतावनी दिनु भएको छ । यी दुईटै कुरा सानो घटनालाई पनि ठूलो बनाउने वैचारिक द्वन्दबाट पर छन् । तब , संरा अमेरिकाका अरु राष्ट्रपतिहरुले भन्दा ट्रम्पले चीनलाई वढी आदर गरेका छन् । उनका नाति—नातिनाहरुले चिनियाँ भाषा सिक्दैछन् र मौका पाउनासाथै तिनीहरुले यस यथार्थलाई सि र चिनियाँ जन मानस बीच प्रचार प्रसार गरेका छन् । संसारको अर्थ व्यवस्थाको सरंचनालाई फेर्न सक्ने चीनको सवैभन्दा ठूलो परियोजना ु एक क्षेत्र एक मार्गको अगुवाई ु को सिद्धान्ततस् ट्रम्पले विरोध गरेका छैनन् । सिले संरा अमेरिकाको व्यापार घाटालाई ठीक ठाउँमा ल्याउने वचन दिने भएको छ । उहाँले चीनको रक्षा बजेट घटाउन प्रयत्न गर्नु भएको छ । यसैगरी उहाँले संसारमा संरा अमेरिका नै सर्वोच्च सैन्य शक्ति भएको वास्तविकत्ता र निकट भविष्यमा पनि यो कायम नै हुने कुरो प्रकट गर्नु भएको छ ।
साँचो अर्थमा , कार्य विषमताको सम्वन्धमा दुवै नेताहरु सहमत छन् । चीनले विश्वमा आर्थिक परिमण्डलको नेतृत्व गर्छ भने संरा अमेरिका सैन्य मामलामा अगाडि छ । र अरु सैन्य शक्तिहरु प्रतिस्पर्धा गरिरहेका छैनन् । यसरी , अस्तव्यस्त वहु धु्रवीयले संरा अमेरिकालाई चीनसंग द्वन्दमा धकेल्नु असम्भव छ । वास्तवमा भन्ने हो भने दुवै मुलुकको विपरित अडान ुथाईसिदिदेसको ध्राप ु संग मेल खाँदैन । ट्रम्प र सिले विश्व अर्थ व्यवस्थालाई स्थिर राख्न , आणविक हतियार निर्माण र परीक्षणलाई नियन्त्रण गर्न , पर्यावरणको सूरक्षा गर्न र अरु यस्तै यस्तै कार्य गर्न संरा अमेरिका र चीन बीचको असल कार्य सम्वन्ध पूर्व शर्त हो ।
अन्तमा , संरा अमेरिका ( चीन सम्वन्ध बाराक ओबामाको प्रशासनका विगत वर्षहरुमा निकै खस्केको थियो । भनांै भने , पूर्व अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले संरा अमेरिका र चीन बीच पुनर्मेलको चाँजोपाँजो मिलाएको समय वाहेक अन्य समयमा भन्दा बाराक ओबामाको समयमा संरा अमेरिका ( चीन सम्वन्ध अझ खराव भएको थियो । अहिले , संरा अमेरिका ( चीन बीचको सम्वन्धमा निकै प्रगति भएको छ ।
विविध क्षेत्रमा प्रतिस्पर्धा हुँदाहुँदै पनि संरा अमेरिका – चीन सम्वन्ध सैन्य द्वन्दमा फस्ने सम्भावना छैन । युद्ध नहुने वा युद्ध हुन नसक्ने अवस्था विद्वतापूर्ण देखिन्छ । दुवै द्दृष्टिकोण सत्य हो ।
(लेखक तेनेसिको मेम्फिस स्थित अन्तर्राष्ट्रिय अध्यन केन्द्रका प्रोफेसर हुन् । )
प्रस्तुती ः धीरेन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *