भर्खरै :

पार्टी कार्यकर्ताहरू देश र जनताको सेवामा समर्पित हुनु जरुरी

पार्टी कार्यकर्ताहरू देश र जनताको सेवामा समर्पित हुनु जरुरी

सन्दर्भ : जयराम बासुकलाको २१ औँ स्मृतिसभा
देशका अन्य महानगरपालिका र उपमहानगरपालिकाले यसरी नै शैक्षिक संस्था सञ्चालन गरेको भए देशको सन्तुलित विकासमा धेरै मद्दत पुग्ने थियो । अर्बौँ रुपैयाँ बजेट भएका नगरपालिकाहरूमा बहुमत प्राप्त गरेका शासक दलहरूले शैक्षिक संस्था सञ्चालन गर्न नदिनु जनविरोधी काम हो । यसबाट जनता सचेत हुनु जरुरी छ ।
देश र जनताको निस्वार्थरूपमा सेवा गर्नु नै राजनीति हो । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता जयराम बासुकलाले देश र जनताको सेवामा जीवन समर्पण गर्नुभयो । नयाँ पुस्ताको लागि उहाँबाट प्रेरणा यही हो ।
बुद्धले समाजमा रहेको असमानता र अशान्ति अन्त्य गर्न दरबारको ऐश–आराम त्याग्नुभयो । समाजमा तेरोमेरो भएसम्म झैझगडा हुनेछ, शान्ति कायम हुने छैन । माक्र्स–एँगेल्सले परिवार र व्यक्तिगत सम्पत्तिसँगै समाज वर्गमा विभाजन भएको उल्लेख गर्नुभयो र उत्पादनका मुख्य मुख्य साधन एवम् सेवा राष्ट्रियकरण हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अहिले अमेरिकी सरकारले भेनेजुयलाका राष्ट्रपति माडुरोलाई लागु पदार्थ कारोबारमा लागेको आरोप लगाएको सार्वजनिक भयो । ब्वाँसोले पाठोलाई पानी धमिल्याएको आरोपजस्तै हो यो । विश्वविद्यालयमा शिक्षक बनेर माक्र्स नयाँ पुस्तालाई शिक्षित गर्न चाहनुहुन्थ्यो । तर, जर्मनीको प्रतिक्रियावादी सरकारले उहाँलाई देश निकाला ग¥यो । उहाँ विदेशमा पनि कामदार वर्गको सेवामा समर्पित हुनुभयो । नेपाल मजदुर किसान पार्टीलाई प्रतिक्रियावादीहरूले २०३५ सालमा भारतको गोरखपुर र २०४५ सालमा भक्तपुरमा षड्यन्त्र गरी समाप्त पार्न खोजेका थिए ।
राजनीतिमा विचलित हुनु हुँदैन । माक्र्सका श्रीमती जेनी माक्र्स पनि क्रान्तिकारी महिला हुनुहुन्थ्यो । आफ्ना सन्तानलाई खुवाउन र उपचार गराउन नसके पनि उहाँहरू विचलित हुनु भएन । राजनीतिमा विराम गर्नु हिमालयमा चिप्लेटी खेल्नुजस्तै हुनेबारे पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कार्यकर्ताहरूलाई सचेत गराउँदै आउनुभएको छ ।
माक्र्स र एँगेल्स सिद्धान्तमा मिल्ने साथी हुनुहुन्थ्यो । जर्मनी र बेलायतमा भएको आफ्नो उद्योग बिक्री गरी एँगेल्स मजदुर वर्गको सेवामा लाग्नुभयो । तेरोमेरो सम्पत्ति भएसम्म समाजमा शान्ति कायम नहुने माक्र्स एँगेल्सको निष्कर्ष हो ।
नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधि निर्वाचित भक्तपुर नगरपालिकाले सातओटा शैक्षिक संस्था सञ्चालन गरी ७७ ओटै जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको मार्गप्रशस्त गर्दै छ ।
देशका अन्य महानगरपालिका र उपमहानगरपालिकाले यसरी नै शैक्षिक संस्था सञ्चालन गरेको भए देशको सन्तुलित विकासमा धेरै मद्दत पुग्ने थियो । अर्बौँ रुपैयाँ बजेट भएका नगरपालिकाहरूमा बहुमत प्राप्त गरेका शासक दलहरूले शैक्षिक संस्था सञ्चालन गर्न नदिनु जनविरोधी काम हो । यसबाट जनता सचेत हुनु जरुरी छ ।
अफगानिस्तानमा रुसको विकास सहयोग रोक्न अमेरिकाले साउदी अरबमा अलकायदा र पाकिस्तानमा तालिवान तयार ग¥यो । अफगानिस्तानबाट रुस फिर्ता भयो । अफगानिस्तानमा अमेरिकी थिचोमिचो बढेपछि आफैले तयार गरेको विन लादेन अमेरिकी शत्रु भयो । अमेरिकाले २० वर्षसम्म अफगानिस्तान कब्जा ग¥यो । अन्ततः अमेरिका हार खाएर फिर्ता भयो । अमेरिकाले लिविया, इराक, सिरियाका विद्रोहीहरूलाई पनि हतियार र डलर सहयोग गरी त्यहाँका सरकारहरूलाई उल्टायो ।
प्यालेस्टिनमा यहुदीहरू शरणार्थी भएर पुगेका थिए । एकसय वर्षयता यहुदीहरूले प्यालेस्टिन भूमि कब्जा गर्न आमसंहार गर्दै छन् । अमेरिकी हतियारको भरमा इजरायली सरकारले दुई वर्षयता ६५ हजार प्यालेस्टिनीको हत्या ग¥यो भने ८० हजार घाइते र लाखौँ बेपत्ता पारे । अहिले लाखौँको सङ्ख्यामा प्यालेस्टिनीहरू छिमेकी देशमा शरणार्थी बनिरहेका छन् । मध्यपूर्वमा शान्तिको लागि प्यालेस्टिनबाट अमेरिका र इजरायल फिर्ता हुनु जरुरी छ । नेपाल मजदुर किसान पार्टीले प्यालेस्टिनी जनताको पक्षमा इजरायली युद्धको विरोधमा देशको ठाउँ ठाउँमा जुलुस प्रदर्शन ग¥यो, संसदमा आवाज राख्यो ।
अमेरिकी सरकारले युक्रेनलाई हतियार दिएर रुसविरुद्ध लडाउँदै छ । साम्राज्यवादीहरूले इराक, लिबिया, सिरिया, प्यालेस्टिन, युक्रेनको तेलखानी कब्जा गर्न ती देशमा युद्ध थोपरेका हुन् । साम्राज्यवादीहरूले पहिलो र दोस्रो विश्व युद्ध पनि गरिब देशका कच्चा सामान र बजार कब्जा गर्न थोपरेका हुन् ।
बहुदल र गणतन्त्रको ३५ वर्षयता सरकारमा गएकाहरूले नेपालका नदीनाला भारतको साझा हुने दस्तावेजमा हस्ताक्षर गरे । सरकारहरूले कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो, पश्चिम सेती, फुकोट कर्णाली, तिला–१, तिला–२, मुगु कर्णाली, चिसापानी कर्णाली, पञ्चेश्वर, कोशी उच्च बाँध भारतलाई दिए र कतिपय नदीनाला दिने तयारी गर्दैछ ।
देशद्रोहीले विदेशीहरूलाई साथ दिएको हुँदा नेपाल पछाडि परेको हो । करोड हाराहारीमा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने सरकारहरूले दाल, चामल, तरकारी, फलफूलसमेत महँगोमा भारतसँग किन्दै छन् । सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ पु¥याइयो भने कर्मचारीको पेन्सन र तलबसमेत सार्वजनिक ऋण ल्याएर दिइँदै छ । शासक दलहरूले वाइडबडी, नक्कली भुटानी शरणार्थी, पतञ्जली, टेरामक्स, सुन तस्करी, एनसेललगायतमा अर्बौँ अर्ब भ्रष्टाचार गरे, सार्वजनिक संस्थान निजीकरणको नाममा विदेशी समेतलाई बिक्री गरे । केही वर्षअगाडि एक सरकारी सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बताएको सार्वजनिक भएको थियो ।
नालापानीको युद्धमा अङ्ग्रेजले नेपालीसँग मित लगाएर सुगौली सन्धि गर्नुपर्ने अवस्थामा नेपालीलाई पु¥यायो । पृथ्वीनारायण शाहले भक्तपुरका तत्कालीन राजा रणजीत मल्लका छोरासँग मित लगाएर काठमाडौँ उपत्यका कब्जा गरे । २००७ सालको दिल्ली सम्झौतापूर्व भारतीय मिसन (दूत) नेपाल आएका थिए । अहिले शासक दलहरूले विदेशीको सेवा गरेकैले नेपाललाई अप्ठेरो परेको हो । विदेशीको निर्देशनमा नेपालको हितविपरीत काम गर्ने शासक दल नेतृत्वका सरकारहरू देशघाती नै हुन् । यतिबेला नेपाली जनता सचेत हुनु जरुरी छ ।
नयाँ पुस्ताले अध्ययनमा जोड दिनुपर्दछ । दुईसय वर्षअघि नै रुसमा १५ वर्षका नयाँ पुस्तालाई ५–७ ओटा विदेशी भाषामा पोख्त बनाइएको थियो । नयाँ पुस्ता सुर्तीजन्य पदार्थ र मदिरा सेवन, लागूपदार्थ दुव्र्यसनीबाट टाढा रहनुपर्दछ । नयाँ पुस्ताले सानालाई माया र ठूलालाई सम्मान गर्ने तथा देश र जनताको सेवा गर्ने नै आफ्नो कर्तव्य ठान्नुपर्छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८२ साउन २४ गते सम्पन्न नेपाल मजदुर किसान पार्टीका तत्कालीन जिल्ला समितिका कोषाध्यक्ष जयराम बासुकलाको २१ औँ स्मृति सभामा व्यक्त गर्नुभएको विचारको सारःसं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *