भर्खरै :

सामाजिक सञ्जालमार्फत हुने विज्ञापनबाट सर्वसाधारण ठगिने क्रम बढ्दो

सामाजिक सञ्जालमार्फत हुने विज्ञापनबाट सर्वसाधारण ठगिने क्रम बढ्दो

सामाजिक सञ्जालमा आकर्षक विज्ञापन हालेर गरिने व्यापारमा उपभोक्ता ठगिने घटना बढ्दो छ । बजार मूल्त्न्दा धेरै सस्तोमा सामान पाइने र राम्रो हुने आकर्षक विज्ञापनले उपभोक्ताहरू लोभिन्छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत अनलाइन विज्ञापनबाट बिक्री हुने कतिपय सामानको गुणस्तरीय वारेन्टी हँुदैन । खरिद–बिक्री भइसकेपछि उपभोक्तालाई सामान चित्त नबुझे फिर्ता गर्न पनि सकिँदैन । ग्राहकको पैसा बालुवाको पानीजस्तै हुन्छ, ग्राहक ठगिन्छन् ।
अनलाइन सामान उपलब्ध गराउने कम्पनीले सरकारलाई कर बुझाउनुपर्ने बाध्यता छैन । अनलाइन व्यापारबाट सरकारको राजस्वमा समेत असर परिरहेको छ । यसो हुँदा पनि सरकार किन मौन ? अनलाइन सामान खरिद–बिक्रीसम्बन्धी कानुन राम्रोसँग कार्यान्वयन नहुँदा उपभोक्ता ठगिएको हो । उद्योग वाणिज्य विभाग र उपभोक्ता संरक्षण विभागले आवश्यक निगरानी र समन्वय गर्नु जरुरी छ ।
बैङ्किङ कसुर, चेक बाउन्सलगायतका घटना पनि बर्सेनि बढिरहेका छन् । डिजिटल कारोबार बढेसँगै कानुनी संरचना कमजोर हुँदा ठगी बढेको हो । नोकरी मिल्ने, दोब्बर रकम पाइने, चिठ्ठा पर्नेजस्ता प्रचारबाट पनि नेपालीहरू ठगिँदै छन् । यस्तो प्रचार गरेर ठगहरूले अनलाइनबाट उपभोक्ताको रकम ठगहरूको खातामा जम्मा गर्न लगाएको गुनासो पनि सुनिँदै छ ।
सामाजिक सञ्जाल, मोबाइल बैङ्किङ्, अनलाइन सपिङ् र फिसिङ्जस्ता ठगीका घटनामा २ हजार १४५ जना पक्राउ परेको सार्वजनिक भयो । आव २०७८/७९ मा २८ करोड रुपियाँ, २०७९।८० मा ३५ करोड रुपियाँ, २०८०/८१ मा ३४ करोड रूपियाँ र २०८१।८२ मा ८३ करोड ५९ लाख रुपियाँठगी भएको समाचार छ । चेक बाउन्सको मुद्दा बैङ्किङ अपराधको सबैभन्दा प्रमुख समस्याको रूपमा रहेकोे छ । प्रहरीको प्रतिवेदनअनुसार पछिल्लो तीन वर्षमा ३८ हजार ९४८ वटा चेक बाउन्सका मुद्दा दर्ता भएका छन् । बैङ्किङ् कसुरमध्ये ९९ प्रतिशत चेक बाउन्सका मुद्दा रहेको प्रहरी तथ्याङ्कले देखाएको छ । यो अवधिमा ८ हजार ९१५ जना चेक बाउन्सको आरोपमा पक्राउ परे ।
पुँजीवादी व्यवस्थाको कारण समाजमा चेक बाउन्स, अनलाइन ठगीजस्ता घटना बढेको हो । यसकारण उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गरी आर्थिक समानता हुने समाजवादी व्यवस्था ल्याउन नेपाली जनता लाग्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *