जेन्युइनमा बृहत् प्रदर्शनी तथा खाद्य मेला आयोजना
- कार्तिक २०, २०८२

कैलाली, २ भदौ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. वडा नं.४ अम्मरपुर एकाइ समितिको आयोजनामा भदौ २ गते अध्ययन गोष्ठी सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले देशलाई आर्थिक रूपमा सक्षम हुनलाई सरकारले देशभित्र रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै रोजगारीको निम्ति कृषि क्षेत्रमा आवश्यक साधनको उद्योगको स्थापना र कृषि व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
सरकारले वैदेशिक रोजगारको नीति राख्नु नै गलत भएको उल्लेख गर्दै उहाँले अहिलेसम्मका शासक दलहरूले नेपाली युवालाई विदेशमा सस्तो ज्यामीको रुपमा बिक्री गरिरहेको बताउनुभयोे ।
उहाँले यो पुँजीवादी व्यवस्था रहेसम्म बहुमत कामदार जनताले दुःख पाउने बताउँदै समाजवादी व्यवस्थाले मात्र मजदुर र किसानको हित हुने भएकोले नेमकिपाले समाजवादी व्यवस्थाका लागि सङ्घर्ष गरिरहेको बताउनुभयो ।
कक्षामा नेक्राविसङ्घ पूर्वकेन्द्रीय सदस्य डीएस र नेक्राविसङ्घ कैलाली अध्यक्ष एचबीले पनि बोल्नुभएको थियो ।
Leave a Reply