आम निर्वाचन सम्पन्न : नयाँ संसद् र सरकारले जनताको आधारभूत आवश्यकतामा ध्यान दिन बिजुक्छेँको सुझाव
- फाल्गुन २२, २०८२
चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले भन्नुभएको छ : इतिहास एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई जस्ताको तस्तै उजागर गर्छ । त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु भनेको विगतका घटनाको कारण र परिणाम पत्ता लगाई पहिलेका गल्ती पुनः नदोहोरियोस् भन्ने हो ।
सन् १८४० पछि साम्राज्यवादी शक्तिहरूको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छिङ राजवंशको शासनका कारण चिनियाँ जनताले अति ठुलो सङ्कटको सामना गर्नुपरेको थियो । सोही समयदेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय सुरु भएको मानिन्छ । त्यस्तो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको लामो अवधिको आक्रमण र अत्याचार थियो ।
सन् १८९४ मा जापानी प्रतिगामीहरूले आक्रमण गरी चीनको ताइवान र फङ्ह द्वीपसमूहमाथि कब्जा जमाए । सन् १९०० मा अरु विदेशी आक्रमणकारीहरूसँगै पेइचिङ्गमा आक्रमण गरे । १९०४ मा जापान–रुस युद्ध प्रारम्भ भएपछि चीनको उत्तरपूर्वी भूभागमाथि अतिक्रमण गरे । १९१४ मा छिङ्गताओ शहरमा आक्रमण गरी कब्जा जमाए भने १९१५ मा चीनको अधिकार हनन हुने “एक्काइस दाबी” प्रस्तुत गरे । १९३१ मा चिनियाँ सेना र जापानी सेनाबीच द्वन्द्व भएको “सेप्टेम्बर १८” को घटनापछि चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्र कब्जा गरे । १९३५ मा मध्य–उत्तर चीन घटना र १९३७ जुलाई ७ मा युयान्फिङ काउन्टी सदरमुकाममा विस्फोट र मार्कोपोलो पुलमाथि आक्रमण गरी चीनमा व्यापक आक्रामणसहित युद्ध प्रारम्भ गरिएको थियो ।
त्यसबेला उनीहरूले पूरा चीनलाई उपनिवेश बनाएर त्यसपछि सम्पूर्ण एसियालाई नियन्त्रणमा लिएर विश्व शक्ति बन्ने सपना देखेका थिए । यी श्रृङ्खलाबद्ध असभ्य जङ्गली कार्यहरूले गर्दा चिनियाँ जनतामाथि अभूतपूर्व सङ्कट आयो र त्यसले चिनियाँ जनतामा प्रतिरोधको अदम्य साहस पनि जगायो । देश र जाति जीवन–मरणको दोसाँधमा पुगेको बेला चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो असाधारण नेतृत्व, सहीरणनीति एवं रणकौशलद्वारा जापानी आक्रमणविरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँ प्रतिरोध युद्धलाई निर्देशन गरेको थियो । सम्झौता, विभाजन र युद्ध त्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध, एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जातिको आशा र प्रतिरोध युद्धको आधारस्तम्भ बनेको सत्य सबैकासामु जगजाहेर छ ।
त्यसबेला सोभियत सङ्घ, अमेरिका, कोरिया, भियतनाम, क्यानाडा, भारत, न्युजिल्याण्ड, पोल्याण्ड, डेनमार्क, अष्ट्रिया, रोमानिया, बुल्गेरिया आदि मुलुकका फासिस्टविरोधी योद्धाहरूले पनि चीनको जापानी आक्रमणविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा सहभागी भई चीनलाई अतिमूल्यवान समर्थन र सहयोग गरेका थिए । त्यसबखत नेपाली वीरहरू पनि यूरोप, उत्तर अफ्रिका र दक्षिणपूर्वी एसियाका युद्धस्थलहरूमा मित्र सेनासँग मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए ।
केही दिनअघि मात्रै मैले नेपालस्थित ब्रिटिश राजदूतावासले जापानी सेनाले मित्र सेनासमक्ष आत्मसमर्पण गरेपछि जापानमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा आयोजित कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ । पोखरामा ब्रिटिश गोर्खाली सेनाले परेड आयोजना गरेको थियो । दोस्रो विश्वयुद्धको समयमा ब्रिटिश सेनामा नेपाली गोर्खाली सैनिकहरूले बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग मिलेर जापानी सेनालाई युद्धमा पराजित गर्न अत्यन्त महत्वपूर्ण योगदान पु¥याएको कुरा सुनेर म अति प्रभावित भएको छु । यो यथार्थ विश्व शान्तिका निम्ति नेपालले पु¥याएको अद्वितीय योगदान हो । साथै चिनियाँ र नेपाली जनताले रगत–घामको माध्यमबाट गाँसिएको अनमोल मित्रता पनि हो ।
धेरै वर्षको रक्तपातपूर्ण युद्धपछि ८० वर्ष पहिले विश्वका जनतासँगै चिनियाँ जनताले फासिष्ट शक्तिहरूलाई पूर्ण रूपमा परास्त गर्यो । जापानी सैन्यवादी आक्रमणकारीहरूलाई पूर्ण रूपमा पराजित गर्यो । चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध र विश्वका जनताको फासिष्टहरूविरुद्धको युद्धमा महान् विजय प्राप्त भयो । अन्ततः अन्धकारमाथि उज्यालोको, प्रतिगमनमाथि प्रगतिको विजय भयो । आफ्नो लाशबाट “ग्रेट वाल” निर्माण गर्न पनि पछि नपरेका वीरहरूको आत्मालाई शान्ति मिल्यो ।
यो कहालीलाग्दो नृशंस सङ्कट र निडर वीरतापूर्ण प्रतिरोध युद्धको महान् इतिहासले हामीलाई के सन्देश दिएको छ ?
कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेको सङ्घर्षको भावना हो । जापानी आक्रमणविरुद्धको युद्धको क्रममा चिनियाँ जनतामा महान् प्रतिरोध युद्धको भावनाको विकास भयो । चिनियाँ जनताले विश्वसमक्ष देशको उन्नति र पतनमा सर्वसाधारण जनताको पनि जिम्मेवारी हुन्छ भन्ने राष्ट्रवाद प्रस्तुत गरे । मरणलाई आफ्नो अन्तिम गन्तव्य सम्झेर मर्नुपरे पनि आत्मसमर्पण नगर्ने जातीय स्वाभिमान, अत्याचारसँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने वीरता र जति समस्या परे पनि नहट्ने, जति दुःख सहनुपरे पनि नछोड्ने विजयप्रतिको आत्मविश्वास प्रदर्शन गरे । फासिष्टहरूको शक्तिशाली हतियारको अगाडि पर्दा चिनियाँ जनताले सबै जुक्ति सोचे, तर कहिल्यै आत्मसमर्पण गर्ने सोचेनन् ।
दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ, आक्रमणमा परेकाहरूले आत्मसमर्पण गरे पनि आक्रमणकारीहरूले नरसंहार गर्न रोक्दैनन् । युद्धका लागि साहस गर्नु, युद्धकौशलमा निपुण हुनु नै कुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनी चमत्कारिक रूपमा सफल हुनुको एक मात्र उपाय हो । देशधनी, जनता बलियो हुनु नै देशको सुरक्षाको भौतिक आधार हो । राष्ट्रपति सी चिनफिङ्ले भन्नुभएको छ : “पछाडि पर्नेहरूले पिटाइ खान्छन्, विकास गरेर मात्र बलियो हुन सकिन्छ ।”
फासिष्ट युद्धवादले बिना हिचकिचाहट छिमेकी देशहरूमा आक्रमण गर्ने साहस गर्नु तिनीहरूको आर्थिक अवस्था र सैन्यबल अरूको भन्दा सबल भएर नै हो । आजसम्म पनि प्रभुत्ववाद र शक्ति राजनीतिले अन्तर्राष्ट्रिय राजनीतिमा स्थान र शक्तिको आधारमा अरू देशहरूसँग व्यापार गर्नुपर्ने कुराको प्रचार गरेको पाइन्छ, यसबाट “युद्धको भूत” अझै पनि विश्वबाट हराइसकेको छैन भन्ने प्रमाणित हुन्छ ।
चिनियाँ जातिले इतिहासको यस अन्धकार पृष्ठबाट राष्ट्रिय शक्तिको विकासको महत्वबारे गहिरो रूपमा बुझेको छ । आज चीन कुनै पनि प्रकारको बाह्य दबाबको प्रतिकार गर्ने सामथ्र्य राख्दछ । चीनका हरेक पुस्ताले मेहनत गरी विशाल उपलब्धि हासिल गरेर आफ्नो आत्मविश्वास प्रकट गरेका छन् । मैले बारम्बार भन्ने गरेको छु : नेपालले अहिले सामना गरिरहेको विकाससम्बन्धी हरेक समस्याको चिनियाँ शैलीको समाधान रहेको छ । चीन र नेपालको विकास एकबद्ध भए मात्र नेपाल कुनै पनि समय र अवसरमा आत्मविश्वासयुक्त हुनसक्नेछ ।
साझा भाग्य र भविष्य
साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो । सन् १९३७ डिसेम्बर १३ मा जापानी आक्रमणकारीले चीनको नान्चिङ्गमा आक्रमण गरेर ६ हप्ताभन्दा लामो अवधिसम्म आगजनी, बलात्कार, लुटपाट र संहारजस्ता अत्याचार गरे । उक्त कहालीलाग्दो घटनामा कम्तीमा तीन लाख चिनियाँ जनताको ज्यान गयो । चीनमा नान्चिङ्ग नरसंहारको दुखद इतिहासलाई पृष्ठभूमि बनाई निर्माण गरिएको ऐतिहासिक चलचित्र “नान्चिङ्ग फोटो स्टुडियो” प्रदर्शन भइरहेको छ । उक्त चलचित्र हेरेपछि दुःख र रिस सहन नसकी धेरै दर्शकहरूले आँसु बगाए । यस प्रकारको पीडाले मानिसलाई सास फेर्नसमेत गा¥हो हुने अनुभव गराउँछ ।
चिनियाँले जापानी आक्रमणको दुख र सङ्कट झेलिसकेको हुँदा शान्ति कर्तिको महत्वपूर्ण छ, समानताको आधारमा अरूको सम्मान गर्नु कत्तिको महत्वपूर्ण छ भन्ने राम्ररी बुझेको छ । चीनले आफूले भोगिसकेको युद्धको आघात कहिल्यै अरू कुनै देशमाथि लाद्ने छैन, कहिल्यै आफ्नो वर्चस्व स्थापना गर्ने छैन, विस्तारवादी नीति अपनाउने छैन, प्रभावक्षेत्र बनाउन खोज्ने छैन । चिनियाँ शैलीको आधुनिकीकरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो; उपनिवेश बनाएर लुट्ने पुरानो तरिका, देश शक्तिशाली बनेपछि प्रभुत्ववादी अवश्य बन्नेछ भन्ने गलत सोचाइबाट यो पूर्ण रूपमा मुक्त छ । यो हामीले विश्वसमक्ष गरेको गम्भीर प्रण हो ।
हामी नेपाललगायत विश्वका सम्पूर्ण देशहरूसँग संयुक्त रूपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माण गर्न चाहन्छौँ, विश्वमा साँच्चैको शान्ति, विकास र स्तरोन्नति ल्याउन चाहन्छौँ।
निष्कर्ष
फ्रेन्च इतिहासकार अन्इटोन प्रस्टले आफ्नो पुस्तक “इतिहासका बा¥ह पाठ” मा एउटा विचारणीय कुरा लेखेका छन् — “इतिहासको अध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृति बढाउनका लागि होइन, त्यो विगतमा के कारणले घटना घटे, त्यसबारे बुझ्नका लागि हो ।”
इतिहासलाई बिर्सनेहरूले अवश्य पनि पहिलेका गल्ती दोहो¥याउनेछन्, इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन र भविष्य पनि ।
यस वर्ष हामीले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध विजय र विश्व फासिष्टविरुद्ध युद्ध विजयको ८० औँ वार्षिकोत्सव धुमधामका साथ मनाउँदैछौँ। यसबाट हाम्रो शान्तिप्रतिको तीव्र इच्छा प्रकट भएको छ । हामी विश्वभरका युवापुस्तामा शान्तिपूर्ण मूल्य मान्यताको निर्माणका लागि सहयोग गर्नेछौँ, यो अवश्य पनि एक पवित्र एवम् महान् कार्य हो । हामीलाई विश्वास छ : हाम्रा युवा प्रतिभाहरूले अवश्य पनि शान्ति एवम् मैत्रीपूर्ण वातावरणमा संयुक्त रूपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माणको यात्रामा अगाडि बढी युगले दिएको जिम्मा र लक्ष्य पूरा गर्नेछन् ।
(छेन सोङ, नेपालका लागि जनगणतन्त्र चीनका महामहिम राजदूत हुनुहुन्छ ।)
Leave a Reply