आदर्श आजाद माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम
- कार्तिक २५, २०८२

कालीकोट, २८ भदौ । तिलकगुफा नपा वडा नं. ९, १० र ११ को साझा बिन्दु मानिने चिलखाया (थिन्के) मा नेमकिपा तिलागुफा वडा ९, १० र ११ को सम्पर्क समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
भेटघाटमा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले समसामयिक विषयबारे प्रशिक्षण दिँदै नेमकिपा एक आदर्श समाज निर्माणको पक्षमा रहेको बताउनुभयो ।
नेमकिपा देशभक्तिपूर्ण आन्दोलनमा भएको बताउँदै उहाँले नेका, एमाले र माओवादी पुँजीवादी पार्टी भएको, बिप्पा सम्झौता, एमसीसी सम्झौता र जन्मको आधारमा नागरिकता प्रदान गर्ने कार्य देशघात भएको दृष्टान्त दिनुभयो ।
भारतीय विस्तारवादले नेपालमा नानाथरीका अस्थिरताहरू पैदा गरी नेपालमा उपनिवेश चलाउन चाहेको उल्लेख गर्दै उहाँले नेपालको झन्डै ६० हजार हेक्टर भूमिमा ७१ वटा सीमा अतिक्रमित भएका छन्, सारमा भारतीय विस्तारवाद नेपाली जनताको मुख्य दुश्मन हो भन्नुभयो ।
पुँजीवादको विकल्प समाजवाद हुने वास्तविकताबारे प्रस्ट पार्दै उहाँले देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले वर्तमान देश दुर्भाग्यपूर्ण परिस्थितिबाट गुज्रिनुको मुख्य कारण शासक पार्टीहरू नै भएको स्पष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा नेक्राशिसङ्घका सदस्य दीपक शाहीले समाजवादी व्यवस्था स्थापनाको आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
नेक्राशिसङ्घका अर्का सदस्य भूपेन्द्र शाहीले नेमकिपाको नीति र कार्यक्रमप्रति पार्टीका कार्यकर्ता, जनवर्गीय सङ्गठनका कार्यकर्ता, शुभचिन्तक र समर्थकहरू प्रस्ट रहनुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
उक्त कार्यक्रम सम्पर्क समितिका संयोजक नवराज ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा भदौ २३ गते प्रकाशित नेमकिपाको विज्ञप्तिबारे जानकारी दिइएको थियो ।
Leave a Reply