भर्खरै :

अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ३

अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ३

२० फेब्रुअरी १९५१ को दिन आक्रा बेलायती शैलीले सजिएको थियो । विधानसभाको चारैतिर सेनाको पहरा थियो । उद्घाटन समारोहमा गभर्नर घोडचढी सेनाद्वारा सवारी चलाइएको थियो । हरियो र रातो रङ्गको पोशाक र कालो रङ्गका घोडसवारी सबै बेलायती ढङ्गले नै सजाइएको थियो । सैनिकको ब्यान्डले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्ने राष्ट्रिय गान बजायो । आयोजकहरू र जातीय प्रमुखहरू सुनचाँदीका गहना र लुगाले सजिएका थिए । विधानसभाका अध्यक्ष पनि सोहीअनुसार सजिएका थिए ।
एन्क्रुमा र उनको पार्टीका नेताहरूलाई त्यसबेला ‘जेलका स्नातक’ भनिन्थ्यो । तिनीहरू आफ्नै संस्कृतिअनुसारको घरेलु लुगा र टोपीमा थिए । देशविदेशबाट शुभकामना र बधाईहरू आउँदै ग¥यो । तर, उनलाई थाहा थियो – बाटो सजिलो छैन । नागरिक प्रशासन, प्रहरी, सेना, अदालत र विदेश विभाग गभर्नरको हातमा थियो । देशको प्रशासनिक कर्मचारीहरूमा ४ भागको ३ भाग बेलायतीहरू र तिनीहरूका पिछलग्गूहरू थिए ।
बेलायती उपनिवेशवादीहरूले एन्क्रुमा र उनका मन्त्रीहरूका निम्ति राम्रा राम्रा भवनमा आवास र महँगा गाडीहरूको बन्दोबस्त गरेका थिए । तर, शत्रुको ‘चास्नी पोतेको गोली’ बाट बच्न एन्क्रुमा र उनका मन्त्रीहरूले दुईतले साधारण भवनलाई नै आफ्नो प्रधानमन्त्री र मन्त्रीहरूको निवास बनाए । उपनिवेशवादीहरूले दामी रात्रिभोज र रक्सी पार्टीहरूमा एन्क्रुमा र उनका साथीहरूलाई फसाउन खोजे । तर, तिनीहरूले आफूहरूलाई आफ्ना गाउँ, नगर र बस्तीका साधारण महिलाहरू, किसान र मजदुरहरूसँगको भेटघाटमै व्यस्त राखे ।
एन्क्रुमा ठुलाबडा कर्मचारीहरूको चाकरी र चुक्लीबाट बच्न चाहन्थे । उनी दिनको झन्डै चार घण्टा मात्र सुत्थे । बिहान सबेरै उठ्थे र काममा अल्छी गरेको उनी हेर्न पनि चाहँदैनथे । उनी पार्टी केन्द्रीय कार्यालयमा पनि अति व्यस्त रहन्थे । उनी विधानसभा, जनसभा र कार्यकर्ताहरूको बिचमा छलफल र भाषण दिन व्यस्त रहन्थे ।
एन्क्रुमा घानाका नदी–नालाहरूमा जलविद्युत् उत्पादन गरेर देशलाई झिलिमिली पार्न र उद्योगधन्दालाई अगाडि बढाउन चाहन्थे† कोका रुखमा लागेको रोग निर्मूल गर्न चाहन्थे र जनता पनि छिट्टै देशको द्रूततर विकास गर्न चाहन्थे । तर, उपनिवेशवादीहरू भित्रभित्रै देशलाई विध्वंश गर्ने प्रतिपक्षलाई उचाल्थे । एन्क्रुमा र उनको पार्टी सबैसँग मिलेर काम गर्न चाहन्थे । जातीय नेताहरू आफ्नो प्रभाव क्षेत्र गुमाउन चाहँदैनथे र एन्क्रुमाका साँचो एकीकृत बन्दोबस्तका विरोधी थिए । पुरानो संस्कार र प्रभावलाई कायमै राखेर ती जाति र जनजातिहरूलाई उचाल्दै समाजमा अशान्ति चाहने तत्वहरूले राष्ट्रिय मुक्ति मोर्चाजस्ता खाइलाग्दो नामको दल खोलेर घानालाई ४ राज्यको सङ्घीय व्यवस्थाको वकालत गरे ।
उपनिवेशवादीहरूले देशको विघटनकारी गतिविधि चर्काउँदै गए । ठाउँ–ठाउँमा एन्क्रुमाका पार्टी कार्यकर्ताहरूमाथि हमला, विरोध र हत्यासमेत गरियो । एक साँझ प्रधानमन्त्री निवासकै बार्दलीमा थिए । एउटा बम विस्फोट भयो तर कोही हताहत भएन । राजनीतिक उपद्रव र हत्या हुँदै गए । घानामा त्यसबेला ७ लाख मुसलमान थिए । तिनीहरूले पनि मुसलमान समुदाय दल, घाना काङ्ग्रेस पार्टीजस्ता अनुदारवादी दलहरू खोल्दै गए ।
जून १९५२ मा बेलायती अनुदारवादी सरकारको उपनिवेश मन्त्री ओलिभर लिटलेल्टन आउँदा एन्क्रुमाले माथिल्लो सदन बनाउन संविधान संशोधन गराउन राजी गराए ।
सन् १९५३ मा घानाको मुक्ति आन्दोलनलाई दबाउन साम्राज्यवादीहरूले ‘शीतयुद्ध’ कै सिलसिलामा ‘कम्युनिस्ट विचार’ दबाउन एन्क्रुमालाई दबाब बढाउन थाले । उनले विश्व मजदुर फेडरेसन र युवा फेडरेसनको गतिविधि र साहित्यमा प्रतिबन्ध लगाउने ‘व्यावहारिक’ पाइला चाले । उनले आफूलाई कम्युनिस्ट होइन एक क्राइश्चेली र माक्र्सवादी समाजवादी बताए । घानालाई ४ भागमा विभाजित गर्न खोज्ने राष्ट्रिय मुक्ति आन्दोलनका नेता कोफी एब्रिफा बुसिया एक अमेरिकी परोपकारी संस्थाबाट छात्रवृत्ति पाएका र बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढेका व्यक्ति थिए । उनी बेलायतीहरूलाई घाना छोड्नु हुन्न भन्थे ।
१९५४ अप्रिलमा जातीय नेताहरूलाई पनि राख्न मिल्ने गरी माथिल्लो सभासहितको नयाँ वा एन्क्रुमा संविधानअनुसार नयाँ निर्वाचन भयो । निर्वाचनमा जनसभा दल (CPP) को नारा थियो ‘साधारण जनतासँग अगाडि बढ’ र निर्वाचन चिह्न थियो ‘विजयको चिह्न रातो भाले’ । तर, निर्वाचनमा एन्क्रुमाले जनताको हितलाई बेवास्ता गरेको, उपनिवेशवादीहरूसँग मिलेको जस्ता भूmटा प्रचारहरू गर्न बेलायती प्रेस नै लागिपरे । त्यस्ता झूटा आरोपहरूका कारण एन्क्रुमाले आफ्नै दलका ८० जना उम्मेदवारहरूलाई अनुशासन भङ्ग गरेकोमा निकाला गरे । तिनीहरू सबै विरोधीहरूसँग मिल्न गए । निर्वाचनमा एन्क्रुमाको पार्टीले १०४ स्थानमध्ये ७२ स्थानमा विजय प्राप्त ग¥यो । उत्तरी जनता पार्टीले १२ स्थान प्राप्त ग¥यो र अन्य दलहरू एक दुई स्थानहरूमा विजयी भए । एन्क्रुमाको नेतृत्वमा नयाँ सरकार बन्यो ।
सन् १९५१ देखि १९५७ सम्मको त्यो औपनिवेशिक द्वैध शासनमा एन्क्रुमाले प्राथमिक शिक्षा निःशुल्क गरे । उनले विद्यालय जाने विद्यार्थी सङ्ख्या दोब्बर बनाए । साथै माध्यमिक विद्यालय र शिक्षक तालिम कलेज र संयन्त्रहरू पनि व्यापक बनाए । उनले प्रौढहरूमा निरक्षरता उन्मूलन अभियान चलाए । स्थानीय भाषाहरूमा समेत साहित्य र समाचारपत्रहरू प्रकाशित गर्न उनले उत्साहित गरे । उनले नौ ओटा अस्पताल स्थापना गरे भने १५ ओटा अस्पताललाई आधुनिक बनाए । पछि परेको उत्तरी क्षेत्रमा पनि उनले स्वास्थ्य सेवालाई ध्यान दिए ।
स्वतन्त्रताको घोषणा
१ सय १३ वर्षपहिले बेलायती उपनिवेशवादीहरूले घानाको फान्टी (Fanti) जातिको मुखिया या प्रमुखसँग एक असमान सन्धि गरी उपनिवेश बनाएका थिए । ६ मार्च १९५७ को दिन गाउँगाउँबाट एक लाखभन्दा बढी जनता राजधानीमा राष्ट्रिय पोशाकमा भेला भए । मध्यरातमा बेलायती झन्डा तल झारियो र रातो, पहेँलो र हरियो तीन रङ्ग र कालो रङ्गको पाँचकुने ताराको झन्डा विस्तारै फहरियो । रगतको रातोले स्वतन्त्र र गौरवको अभिव्यक्ति दिन्थ्यो भने पहेँलो रङ्ग त्यस देशको सुनको प्रचुरताको प्रतीक थियो र हरियो रङ्गले त्यहाँको कोका उत्पादनलाई तथा ठुलो कालो रङको पाँचकुने ताराले उपनिवेशवादको विरोधमा अफ्रिकी जनताको एकतालाई प्रतिनिधित्व गथ्र्यो ।
समारोहमा ६५ देशका प्रतिनिधिहरू उपस्थित थिए । झन्डोत्तोलनपछि ‘स्वतन्त्रता ! स्वतन्त्रता !’ भन्ने राष्ट्रिय गीत बजाइयो । सारा जनताले एक आपसमा अँगालो हाली हर्षको आँसु झारे । एन्क्रुमाले बोले, “अन्तमा स्वतन्त्रताको सङ्घर्ष विजयमा टुङ्गियो । हामी अब स्वतन्त्र र स्वाधीन जनता भयौँ । अब हामी उपनिवेश होइनौँ । …. तर, अहिले हामीले कठिन काम सुरु गर्दै छौँ । हामी तपाईँहरूको समर्थन चाहन्छौँ ।”
‘हामी सबै देशसँग मैत्रीपूर्ण र हार्दिक सम्बन्ध स्थापना गर्न इच्छुक छौँ । संयुक्त राष्ट्र सङ्घमा हामीले पूर्ण भूमिका खेल्न सक्नेछौँ र हामी त्यसका प्रतिनिधिहरूप्रति सम्मान प्रकट गर्दछौँ ।’
यसरी अफ्रिका विश्व इतिहासको मोर्चामा अगाडि बढ्यो । एन्क्रुमा ‘मुक्तिदाता’ र ‘उद्धारक’ मानिए ।
एन्क्रुमा ५० वर्षका प्रौढ भए । जीवनको एउटा उद्देश्य पूरा भयो । सन् १९५७ को अन्ततिर उनले २७ वर्षकी एक इजिप्टेली युवती फातिया हेलेन रिजसँग विवाह गरे । यो विवाह राजनीतिक ढङ्गको थियो । इजिप्टका राष्ट्रपति नासिरले नवदम्पत्तिलाई बधाई स्वरूप केही उपहारहरू पठाए । विवाह समारोहमा एन्क्रुमाकी आमा र केही नातेदारहरूमात्रै थिए । विवाहको शैली ग्रीसेली चर्च र इजिप्टेली क्रिश्चियन शैलीको थियो ।
यस समारोहमा गिनीका राष्ट्रपति सेकु तुरे (Seku Toure) पनि उपस्थित थिए ।
कता जाने ?
सन् १९५७ को नोभेम्बर महिनामा जातीय, क्षेत्रीय र धार्मिक सङ्गठन र पार्टीका विपक्षीहरू मिलेर संयुक्त पार्टीका ४३ सक्रिय सदस्यहरूलाई पक्राउ गरी सरकार फाल्न खोजेको आरोपमा मुद्दा चलाइयो । कोफी बुसिया विदेश भागेर गतिविधि चालु राख्यो ।
घाना स्वतन्त्र र स्वाधीन घोषणा भए पनि बेलायती राष्ट्रमण्डलको सदस्य थियो । बेलायती महारानी नै त्यसको सार्वभौमिकताको प्रतीक थिइन् । बेलायती महारानीले गभर्नर जनरललाई राज्य प्रमुखमा नियुक्त गरिन् । पूर्व गभर्नर आर्डेन क्लार्कको ठाउँ लिस्तोवेलको रजौटाले लिए । उनलाई नै घानाको प्रधानसेनापति बनाइयो र बेलायती जनरल एचटी आलेक्जेन्डरलाई सेना नायक बनाइयो । घानाको सरकारले बेलायती गद्दीको शपथ लिनुपथ्र्यो । ६०–७० को दशकमा साम्राज्यवादीहरूले निर्वाचित स्वाधीन सरकारहरूलाई अपदस्थ गर्न हरेक तीन महिनामा एउटा सैनिक विद्रोह गराउँदै गए ।
घानाले स्वतन्त्रता पायो । त्यहाँकै जनताको सरकार बन्यो । त्यहाँको अर्थतन्त्र विश्व पुँजीवादी बजारले गाँजेको थियो । सियोदेखि खानेकुरासमेत बेलायतबाट आउँथ्यो । त्यहाँको खेती जातीय मुखियाको सामन्तवाद र सामुदायिक खेती बन्दोबस्तमा थियो । वर्षको एउटै मात्र बाली लगाइन्थ्यो । कोकाको निर्यात नै देशको ७० प्रतिशत निर्यात थियो । हीरा, सुन, म्याङ्गनिज, बाक्साइट, काठ आदि खनिज र प्राकृतिक उत्पादन सिधै बेलायत जान्थ्यो । ससाना साहुमहाजन, कालिगड र हाते उद्योगपति मात्रै थिए । औद्योगिक कारखानाहरूको सुरुआत मात्रै भएको थियो । रक्सी भट्टी, साबुन कारखाना, चुरोट कारखाना, चिसो पेय पदार्थको कारखाना, केही लुगा सिउने कारखानाजस्ता स–साना कारखाना मात्रै थिए । नत्र खल्ती रुमालदेखि सलाई बट्टासमेत बेलायतबाट आउँथ्यो । आलु, काउली, गाजर, सखरखण्ड, दूध, नौनी आदि पनि त्यहीँबाट आउँथ्यो ।
८० प्रतिशत जनता निरक्षर थिए । खेत र भूमि बाँझो थियो । सडक साँघुरा थिए । छोटो दूरीका ससाना रेलका बाटा मात्रै थिए । बन्द–व्यापार सबै विदेशीको हातमा थियो । सारमा अर्थतन्त्र सा¥है पिछडिएको थियो । सहरहरू फोहोर र अव्यवस्थित थिए । उपनिवेशवादीहरू ‘स्वाधीन र सार्वभौम घाना’, ‘गणतन्त्र घाना’ को तमासा हेर्न चाहन्थे । पुराना सबै प्रशासन गभर्नरको निवासमा सरे तथा सबै कागजपत्र बेलायत पठाइए । अलपत्र परेका, भाँचिएका मेचकुर्सी र लथालिङ्ग र नाम मात्रका कार्यालयहरू राज्यले पायो ।
त्यसबेला अफ्रिकी नेताहरूलाई पुँजीवाद र समाजवादबारे सैद्धान्तिक जानकारी थियो । उनीहरू समाजवाद मनपराउँथे तर त्यसलाई आ–आफ्नो देशमा ल्याउन आवश्यक परिस्थितिबारे जानकारी थिएन । बेलायतमा ‘प्रजातान्त्रिक समाजवाद’ जस्ता शब्दावली प्रचलित थियो । भर्खर स्वतन्त्र भएका देशहरूको कच्चा सामान उपनिवेशवादी देशहरूमा पठाइएन र तिनीहरूका तयारी सामान आफ्नो बजारमा प्रवेश दिइएन भने उपनिवेशवादीहरू बदला लिन वा नयाँ लडाइँकै निम्ति तयार हुन्छन् भन्ने थाहा थिएन । यसकारण, एन्क्रुमा र उनको दल आर्थिक विकासको कार्यक्रमबारे प्रस्ट थिएन । तिनीहरू शोषण रुचाउन्नथे र समाजवाद मनपराउँथे तर मन परेको वस्तु त्यसै आउँदैनथ्यो । उनी ‘आर्थिक उदारवाद’ र पश्चिमी युरोपको दोस्रो युद्धपछिको योजना ‘मार्शल प्लान’ बाट प्रभावित थिए । तर, पश्चिमी युरोप र अफ्रिकाको परिस्थिति फरक थियो ।
सन् १९६० फेब्रुअरी महिनामा संसद्बाट गणतन्त्रको प्रस्ताव अगाडि बढाइयो । त्यसको विरोधमा ‘एन्क्रुमाले बेलायती महारानी ऐलिजावेथ दोस्रोको विरोधमा ‘विद्रोह’ गरेको र ‘निर्वाचित राजतन्त्र चलाएको’ भन्दै बेलायती प्रतिक्रियावादी प्रचारमाध्यमहरू खनिए ।
१९, २३ र २७ अप्रिल १९६० मा घानाको पहिलो राष्ट्रपतिको निम्ति निर्वाचन घोषणा गरियो । एन्क्रुमाको विरोधमा संयुक्त दलको उम्मेदवार जेबी डनक्वाह थिए । एन्क्रुमाले ८९ प्रतिशत मत पाए भने प्रतिपक्षले ११ प्रतिशत मात्रै मत पाए । घानाको पहिलो राष्ट्रपति निर्वाचित हुँदा उनी ५१ वर्षका थिए ।
गणतन्त्रको घोषणा
१ जुलाई १९६० मा राष्ट्रपति एन्क्रुमाले स्वाधीन गणतन्त्रको घोषणा समारोह आयोजना गरे । त्यस समारोहमा पाँच सय विदेशी पाहुनाहरू र गिनी (Guinea) का राष्ट्रपति सेकु तुरे र विलियम डुबोइस पनि सहभागी थिए ।
साँझको समय थियो । एउटा ठुलो भाँडोमा राष्ट्रपति एन्क्रुमाले आगो बालेर अन्धकार हटाई समारोहको उद्घाटन गरे । मुक्तिको प्रतीक आतसबाजी र भुइँचम्पा आकासमा पड्काइयो । गीतहरू गाइए, राष्ट्रपति एन्क्रुमाले विधिवत् शपथग्रहण गरे । नयाँ संविधानअनुसार उनी नै राज्यप्रमुख र मुख्य कार्यकारी भए । उनी नै घानाको सेनाको परमाधिपति भए । यसरी सारमा घानालाई एक प्रगतिशील समाजमा रूपान्तरण गरियो ।
पहिलो प्रतिनिधिमण्डल मस्को
अफ्रिकी नेताहरू समाजवादी व्यवस्थाले छिटो आर्थिक विकास हुन्छ भन्नेबारे जानकारी राख्थे । यसकारण, समाजवादी देशहरूसँग नव–स्वाधीन अफ्रिकी देशहरूको सम्बन्ध नजिकिँदै थियो । सोभियत सङ्घको सर्वोच्च सोभियत र सरकारको निमन्त्रणामा १० जुलाई १९६१ मा एन्क्रुमा र मन्त्रीहरूसहितको उनको प्रतिनिधिमण्डल मस्को पुग्यो । त्यस प्रतिनिधिमण्डलले रुसको पूर्वदेखि पश्चिमसम्मका विभिन्न जलविद्युत् योजना, कपास खेती र पशुपालन तथा मासु उत्पादनसम्बन्धी योजना आदि अवलोकन ग¥यो ।
सोभियत सङ्घबाट फर्किसकेपछि एन्क्रुमाको दृष्टिकोणमा समाजवादप्रतिको विश्वास झन् बलियो भयो । उनले ‘अफ्रिकी शैलीको समाजवाद’ को वकालत गर्न थाले । अफ्रिकी संयुक्त सङ्घ, ‘तेस्रो शक्ति’ र तटस्थ राष्ट्रहरूको एकताप्रतिको उनको दृढताले परिपक्वता प्राप्त गर्दै लगेपछि उपनिवेशवादीहरू र स्थानीय प्रतिक्रियावादीहरू उनीमाथि झन्झन् आक्रामक हुँदै गए । त्यसबेला हिजोको रोडेशिया र आजको जिम्बाब्वेमा जातिवादी तानाशाही स्मिथको गोरो सरकारको विरोधमा त्यहाँका लडाकुहरूलाई सैनिक सहयोग गरेको हल्ला चलेको थियो ।
१९६४ जनवरी २ मा आफ्नो निवासबाट कारमा बस्न गइरहेका राष्ट्रपति एन्क्रुमालाई एक प्रहरीले ताकेर पाँच ओटा गोली प्रहार ग¥यो । उनलाई गोली लागेन तर उनका एकजना अङ्गरक्षकको गोली लागेर मृत्यु भयो । साधारण जनता आआफ्नो काममा लाग्थे । राजनीतिक र सङ्गठनात्मक रूपले आवश्यक सचेतता जनतामा आइनसकेको हुँदा एन्क्रुमा सेना, प्रहरी र कर्मचारीको घेरामा परे । ती तीनओटै अङ्गमा औपनिवेशिक प्रभाव बाँकी थियो । समाजको माथिल्लो वर्ग स्वाधीनता, प्रगतिशीलता र ‘समाजवाद’ का विरोधी थियो । तिनीहरू एन्क्रुमाको विचारलाई जीवन र मरणको रूपमा लिँदै थिए ।
घानामा सं.रा. अमेरिकी केन्द्रीय गुप्तचर विभाग (CIA) सा¥है सक्रिय थियो । अमेरिकी गुप्तचरहरू राजनीतिक, प्रशासनिक कर्मचारी र जीवनका हरेक क्षेत्रमा घुस्दै संवैधानिक सरकारलाई भाँड्ने, विश्वासघाती बन्न घुस दिने आदि काम तीव्रतापूर्वक गर्दै थिए ।
शोषकवर्ग सरकारलाई असफल पार्न सामानको मूल्य बढाउँदै थियो । राज्य र पार्टीको संयन्त्रमा बढ्दै गएको भ्रष्टाचारको विरोधमा औद्योगिक हडताल पनि हुन थाले । सेनाभित्र पनि गुप्तरूपले सरकारको विरोधमा राजनीतिक गतिविधि बढ्दै गयो । १९६५ को यस परिस्थितिलाई सम्हाल्न उनले आवश्यक ध्यान पु¥याउनै पाएनन् । अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्ने काम गर्दै गए । उनको भियतनाम र चीनको भ्रमण हुने भयो ।
अमेरिकामा त्यसबेला राष्ट्रपति लिन्डन जोनसन थिए र भियतनाममा बमवर्षा चर्काइँदै थियो । एन्क्रुमाले घानाको राष्ट्रपतिको रूपमा जोनसनलाई केही नभए पनि आफ्नो भ्रमणको बेला हनोइमा बम वर्षा नगर्न अनुरोध गरे । जोनसनले उनलाई एक व्यङ्ग्यात्मक उत्तर दिए – “आक्रमण बन्द भए हाम्रो सैनिक प्रतिरोध बन्द हुने हनोइलाई सुनाउनुहोला ।”
– स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *