समयमै कम्पनी अध्यावधिक गरौँ, नत्र तिर्न पर्ला जरिवाना चर्को
- कार्तिक २५, २०८२

अफ्रिकी महादेशको दक्षिण पश्चिम किनारमा रहेको गिनी पहाड र वनजङ्गलले ढाकेको देश हो । यसको क्षेत्रफल ९५ हजार वर्गमाइल र जनसङ्ख्या १ करोड ३६ लाख २२ हजार छ । फलाम, सुन, हिरा, बाक्साइट आदि खनिजले यो देश समृद्ध छ ।
अफ्रिकाका राजनेताभनेर चिनिएका गिनीका नेता शेकु तुरेको जन्म १९२२ जनवरी ९ मा भएको थियो । सम्भ्रान्त परिवारमा जन्मेका शेकु तुरेले १५ वर्षकै उमेरमा माक्र्स र लेनिनका रचनाहरू अध्ययन गरे । २४ वर्षको उमेरमा पश्चिम र मध्यअफ्रिकामा रहेका फ्रान्सेली राजनीतिक दलहरूको ‘अफ्रिकी प्रजातान्त्रिक भेला’ नामको राजनीतिक दलमा संस्थापकको रूपमा निर्वाचित भए । सन् १९५७ मा फ्रान्सेली कम्युनिस्ट पार्टीको मजदुर महासङ्घको सचिव मण्डलका सदस्य चुनिए ।
सन् १९५८ अक्टोबर २ मा गिनीले फ्रान्सबाट स्वतन्त्रता प्राप्त ग¥यो । शेकु तुरे राष्ट्रपति बने । सन् १९६० मा मात्रै यो देशले पूर्ण स्वतन्त्रता पाएको हो । फ्रान्सेलीहरूले गिनीको राजधानी छोड्नुभन्दा अघि आफूले प्रयोग गरेका बिजुली बत्तीका चिमहरू, बत्ती निभाउने स्वीच तथा ढलको उपचार पोखरीका सबै पूर्वाधार ध्वस्त पारे । उनीहरूले भएका औषधीसमेत गिनीका जनतालाई दिनुको साटो जलाएर गए ।
शेकु तुरेलेसबै विदेशी कम्पनीहरूलाई राष्ट्रियकरण गरे । ठूला जग्गाधनीहरूको जग्गा राष्ट्रियकरण गरेर किसानलाई कमाउन दिए । केन्द्रीकृत आर्थिक योजनाको बन्दोबस्त गरी समाजवादको आधार तयार पारे । स्वतन्त्रताविरोधी र पुराना अत्याचारीहरूलाई सजाय दिए । उनले पश्चिमी देशहरूको सम्बन्धभन्दा समाजवादी देशहरूको सम्बन्धलाई ध्यान दिए ।
अमेरिकी केन्द्रीय गुप्तचार विभाग सीआइए (CIA) ले घानामा प्रतिक्रान्तिको निम्ति उक्सायो । त्यस्तो बेला शेकु तुरेले घानाका नेता एन्क्रुमालाई गिनीमा स्वागत गरेर घानाको प्रतिक्रान्तिको विरोध गरे । एन्क्रुमासँग मिलेर उनले अफ्रिकामा समाजवादी आन्दोलनको निम्ति सैद्धान्तिक आधार तयार गरे । अफ्रिकाको विभिन्न देशको गुरिल्ला सङ्गठनहरूलाई सहयोग गरे । शेकु तुरेको कार्यकालमा गिनी अफ्रिकी स्वतन्त्रता आन्दोलनको शरण स्थल बनेको थियो ।
अमेरिकाले पटक पटक शेकु तुरेको सरकार गिराउने प्रयास ग¥यो । सीआईएले पटक पटक उनको हत्याको प्रयास गरे पनि असफल रह्यो । उनले २८ वर्षसम्म राष्ट्रपति भएर देशको सेवा गरे । सन् १९८४ मार्च २६ को दिन उपचारको क्रममा उनको मृत्यु भयो । शेकु तुरेलाई विष प्रयोग गरी हत्या गरिएको हो कि भन्ने आशङ्का गरिएको छ ।
उनको मृत्युपछि एक सैनिक विद्रोह गरेर संविधानलाई निस्क्रिय घोषणा गरियो । ५ अप्रिलको दिन सैनिक विद्रोहका नेता कर्नेल लानसाना कोन्टे राष्ट्रपति भए । कोन्टे राष्ट्रपति भएपछि शेकु तुरेका घनिष्ट मित्र, पूर्व कमाण्डर र अन्य जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरियो र हत्या गरियो । सोभियत सङ्घमा पुँजीवादको पुनःस्थापना गरिएजस्तै गिनीमा समाजवादको जगलाई पनि साम्राज्यवादीहरूले भत्काए ।
लिबिया र मुअम्मर गद्दाफी
उत्तर अफ्रिकी देश लिबिया १० लाख ५१ हजार ५४० वर्गकिलोमिटरमा फैलिएको छ भने जनसङ्ख्या करिब ६८ लाख जतिमात्र छ । यो मरुभूमिको देश हो र यसको ९३ प्रतिशत भूमि सुख्खा छ । यो देशमा पर्याप्त मात्रामा पेट्रोल पाइन्छ । यो देशको उत्तरी भाग भूमध्यसागरको किनारामा छ । यहाँको हावापानी भूमध्यसागरीय भएकोले फलफूलको निम्ति उपयुक्त छ ।
सन् १९११ मा यो देशलाई इटालीले कब्जा गरेको थियो । सन् १९३८ देखि १९३९ सम्म इटालीका मुसोलिनीले लिबियाली जनतामाथि अत्याचार गरे । लिवियालाई मुक्त गर्न लिबियाका एक देशभक्त र राजनीतिक अग्रदूत ओमर मुख्तारले लडेका थिए । उनलाई इटालियाली उपनिवेशवादीहरूले १६ सेप्टेम्बर १९३१ मा फाँसी दिए । उनी लिवियाका स्वतन्त्रता र मुक्तिका प्रतीक हुन् । सन् १९५१ मा लिविया इटालियाली उपनिवेशबाट स्वतन्त्र भयो ।
सन् १९४२ मा एक घुमन्तु जातिको खेतीवाल परिवारमा मुअम्मर गद्दाफीको जन्म भयो । बेङ्घाजी विश्वविद्यालयमा भूगोल पढ्दै गरेका गद्दाफी पढाइ बिचमै छोडेर सेनामा भर्ती भए । उनले २३ वर्षको उमेरमा सैनिक एकेडेमीबाट स्नातक गरे । गद्दाफी सन् १९६९ मा २७ वर्षको उमेरमै सेनाको कर्णेल बने । कर्णेल बनेपछि रक्तहीन सैनिक विद्रोहमार्फत राजा इद्रिसलाई गद्दीच्युत गरी नयाँ शासनको सेनापति र क्रान्तिकारी परिषद्का अध्यक्ष बने । उनमा ओमर मुख्तारको गहिरो प्रभाव परेको थियो । इजिप्टका राष्ट्रपति गमाल अब्दुल नासिरको ‘अरब समाजवाद’ र राष्ट्रवादी भावनाबाट पनि उनी प्रभावित थिए । यसकारण, उनले लिबियालाई ‘जनताको राज्य’ र ‘महान् समाजवादी जनताको लिबिया’ नाम दिए ।
उनी सत्तामा आएपछि सन् १९७० मा संरा अमेरिका र बेलायतका सैनिक फिर्ता पठाए । उनले इटालियाली यहुदीहरूलाई पनि देश निकाला गरे । लिबियामा रहेका विदेशीहरूको सबै पेट्रोल खानी र सम्पत्ति राष्ट्रियकरण गरे । सन् १९७४ मा उनले लिबियामा ‘इस्लामिक समाजवाद’ को घोषणा गरे ।
गद्दाफीको शासन कालमा लिबियामा सबै नागरिकलाई विद्युत् निःशुल्क, सबै नागरिकलाई शुन्य प्रतिशत ब्याजमा ऋण, नवविवाहिताले आफ्नो परिवार बसाउन नयाँ घर किन्नको लागि सरकारबाट ६० हजार दिनार (५० हजार अमेरिकी डलर) पाउँथे । शिक्षा र स्वास्थ्य उपचार निःशुल्क, सरकारी खर्चमा विदेश पढ्न पाउने बन्दोवस्त, स्नातक पास गरेका लिबियाली युवालाई रोजगार नपाए औसत तलब बराबर भत्ता, प्रत्येक सुत्केरी आमाले ५ हजार अमेरिकी डलर भत्ता पाउने, तेल बिक्रीको एक अंश सबै लिबियाली जनताको बैङ्क खातामा सिधै जम्मा हुनेजस्ता बन्दोबस्त थिए । गद्दाफी आफै सबै नागरिकले घर नपाएसम्म आफ्नो परिवारसहित पालमा बसेका थिए । उनको शासनकालमा विदेशी ऋण थिएन । लिबियाका २५ प्रतिशत मानिस विश्वविद्यालयबाट दीक्षित थिए । उनले लिबियाको मरुभूमिलाई सिञ्चित गर्न विशाल मानवनिर्मित नदी परियोजना बनाएका थिए ।
सन् २००९ मा अफ्रिकी देशहरूको सङ्घमा गद्दाफी अध्यक्ष भए । त्यही साल न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घको महासभामा संयुक्त राष्ट्रसङ्घको बेमेलबारे आलोचना गरे । उनले उक्त महासभामा संयुक्त राष्ट्र सङ्घको मुख्यालय अन्य महादेशमा सार्नुपर्ने विचार राखे । यो विचार अमेरिकाको लागि सह्य भएन । अमेरिकाले गद्दाफीविरुद्ध षड्यन्त्र गर्न थाल्यो । अमेरिकाले सुरुमा लिबियाका विभिन्न सहरमा गद्दाफीविरोधी जुलुस प्रदर्शन गर्न लगायो । विदेशीको सहयोगमा भएका त्यस्ता जुलुस तथा प्रदर्शनलाई गद्दाफीले छुट दिएनन् । अमेरिकाले अन्तर्राष्ट्रिय मानव अधिकार समूहलाई गद्दाफीको विरोधमा वक्तव्य दिन लगायो । लिबियाको न्यायमन्त्री र कूटनीतिज्ञहरूलाई राजीनामा दिन लगाएर गद्दाफीलाई कमजोर पार्ने रणनीति अपनायो । २६ फेबु्रअरी २०११ मा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले लिबिया सरकारका प्रतिनिधिहरूको यात्रा तथा हातहतियार ओसारपसारमा प्रतिबन्ध लगाउने घोषणा ग¥यो । अमेरिकाले गद्दाफी सरकारसँग सम्बन्धित लिबिया सरकारको ३० अर्ब डलर रोक्का ग¥यो ।
सन् २०११ अप्रिल ३० मा नाटो सेनाले लिबियाको राजधानी त्रिपोलीमा हमला ग¥यो । त्यो हमलामा गद्दाफीका कान्छो छोरा र तीन नातिहरूको मृत्यु भयो । सन् २०११ अगस्ट २० मा अमरिकी गुप्तचर संस्था सीआइएद्वारा सञ्चालित विदेशी र विद्रोही हतियारधारीहरू त्रिपोलीमा पसेर लुटपाट मच्चाए । साम्राज्यवादी अमेरिकाको निर्देशनमा अक्टोबर २० को दिन गद्दाफीलाई हुलले पक्राउ गरी बर्बरतापूर्वक हत्या ग¥यो ।
बुर्किना फासोका थोमस संकारा
पश्चिम अफ्रिकी देश बुर्किनाफासोको क्षेत्रफल २ लाख ७४ हजार वर्गकिलोमिटर छ भने यहाँको जनसङ्ख्या २ करोड २८ लाख १० हजार रहेको छ । यसको नाम पहिले ‘अपर भोल्टा’ थियो भने क्रान्तिको पहिलो दिवसको अवसरमा ‘बुर्किना फासो’ राखियो । यसको अर्थ ‘सदाचारी जनताको भूमि’ हो । भूपरिवेष्ठित बुर्किनाफासो सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट मुक्त भयो । बुर्किनाफासोलाई झन्डै ३० हजार सरकारी कर्मचारी र जमिनदारहरूको सानो समूहले भ्रष्टाचारमा डुबाएको थियो । त्यहाँका ९८ प्रतिशत जनता निरक्षर थिए ।
सन् १९४९ डिसेम्बर २१ को दिन एक तल्लो दर्जाका उपनिवेशवादी प्रहरीको घरमा थोमस सङ्काराको जन्म भयो । युवा उमेरमा संकारा सेनामा भर्ती भए । उनले सैनिक सेवासँगै मोरक्को र फ्रान्समा तालिम र अध्ययनको अवसर पाए । त्यसैबेला उनी क्रान्तिकारी र माक्र्सवादी विचारबाट प्रभावित भए । उनले सेनाभित्रै विचार मिल्नेहरूसँग एउटा साम्यवादी समूह गठन गरे । सन् १९८३ को जनवरीमा उनी ज्याँ–बाप्टिस्ट वागादुगोको प्रगतिशील सैनिक सरकारमा सामेल भए भने ३४ वर्षकै उमेरमा प्रधानमन्त्री भए । मे १७ को दिन अर्को सैनिक विद्रोहद्वारा प्रगतिशील सैनिक सरकार फालियो । तर, १९८३ अगस्टमा करिब २०० सिपाहीले राजधानी वागादुगोको विद्यमान सरकार फालेर सङ्काराको राष्ट्रपतित्वमा ‘राष्ट्रिय क्रान्तिकारी परिषद्’ स्थापना गरे । त्यसपछि उनले देशैभरि क्रान्तिकारी रक्षा समितिहरू गठन गर्न आह्वान गरे । ती क्रान्तिकारी रक्षा समितिहरूले नै राज्य र स्थानीय प्रशासनका अङ्गहरूमाथि प्रत्यक्ष प्रजातान्त्रिक नियन्त्रण सुरु गरे । बुर्किनाफासोका जनतामा ‘हामीले नै आफ्नो भविष्य निर्माण गर्नुपर्छ’ भन्ने भावना जागृत गराइयो ।
सन् १९८४ देखि अदालत र पुराना ऐन–कानुनहरूको ठाउँमा ‘जनताको क्रान्तिकारी अदालत’ गठन गरेर जनताबाटै सबै न्यायाधीश निर्वाचित गरियो । क्रान्तिको २ वर्षमा साक्षरता दर २२ प्रतिशत पु¥याइयो । हरेकलाई आधारभूत वा प्राथमिक स्वास्थ्य सेवा प्रदान गरियो । वृक्षरोपणको अभियान चलाएर वातावरण संरक्षणको उपाय अपनाइयो । भूमिमा सामन्ती अधिकार उन्मूलन गरियो । जनताको आवास योजनालाई अगाडि बढाइयो । महिलालाई निर्णय गर्ने थलो र सार्वजनिक प्रशासनमा पूर्णरूपले सहभागी गराउने नीतिअनुसार महिलालाई राष्ट्रिय परिषदमा सामेल गराइयो ।
सङ्कारा नेतृत्वको बुर्किनाफासोको सम्बन्ध सोभियत सङ्घ, क्युवा, निकारागुआजस्ता देशसँग थियो । सङ्काराले साम्राज्यवादी देशहरूको सहायतालाई अस्वीकार गरेरहरेक कुरामा पारदर्शिता र इमानदारी प्रस्तुत गरे । उनको कामबाट केही अतिवादी वामपन्थी, सामन्ती जमिनदार, पुराना शासक र संरा अमेरिकालगायतका साम्राज्यवादी मुलुकहरू रुष्ट भए । यसकारण सन् १९८७ मा संकारा र उनका १२ जना साथीहरूलाई गोली हानी हत्या गरियो । राष्ट्रिय क्रान्तिकारी परिषद् विघटन गरियो । क्रान्तिको हार भयो । बुर्किनाफासो फेरि साम्राज्यवादीहरूको चपेटामा प¥यो ।
(अहिले बुर्किना फासोमा सैनिक पृष्ठभूमिबाट आएका युवा इब्राहिम ट्रावरेले साम्राज्यवादी र पश्चिमाहरूको थिचोमिचोविरुद्ध जनपक्षीय गतिविधि अगाडि बढाउँदैछन् ।)
(समाप्त)
२०८२ असोज ५ गते
Leave a Reply