समाज बनाउन
- कार्तिक २२, २०८२

एसआरका दुई कविता
अझै,
कतै टाढा
होइन, होइन यतै कतै !
लगातार बन्दुक पड्केको आवाज !!
ढले फेरि को ?
नेपाली सुपुत्र, नेपाली सुपुत्री !
गोली चलायो कसले ?
नेपाली सेना, नेपाली प्रहरी !!
सरकार कसको ?
ओली–देउवाको !!
कुन बन्दुक ?
भारतीय !
कुन गोली ?
अमेरिकी !!
शुक्रबार, असोज ३ गते ।
xxxx
Leave a Reply