सरकारले विदेशीको भरमा होइन, आफ्नै खुट्टामा उभिएर विकास अगाडि बढाउनुपर्ने
- आश्विन ११, २०८२
विद्यार्थीकालदेखि नै विभिन्न क्षेत्रमा कार्यरत अनुभवी ज्येष्ठ नागरिकहरू साँझ ४–५ बजेतिर चिया र कफी लिँदै आ–आफ्ना युवादेखि उच्च पदमा बस्दासम्मका अनुभवबारे आपसमा बताउने गर्छन् ।
नेपालको गाउँ–ठाउँदेखि राजधानीका सेनाका अफिसरहरूसमेत आफूले जाने–बुझेका कर्नेल, जर्नेल र मेजर जर्नेलहरूको बल, बुद्धि र लडाइँका अनुभवबारे बयान गर्थे र अन्तमा तलब, भत्ता र तक्मामा गएर टुङ्गिन्थ्यो । राणा शासन सारमा सैनिकतन्त्र नै थियो । आजसम्म पनि त्यसको प्रभाव बाँकी रह्यो ।
राजा र सिपाहीँ
भारतको बनारसको पानको चर्चा सुनेर नेपाली बुद्धिजीवी र राजनैतिक कार्यकर्ताहरू जरुरै अवगत छन् । तिनीहरू बिहानैदेखि घरीघरी पान खान्थे र बुद्धिचाल खेल्ने बुजु्रक वा ज्येष्ठ नागरिकहरू पनि पान चपाउँदै खेलमा मस्त हुन्थे । खेलाडीहरू पनि खूब बढाइ–चढाइ कुरा गर्थे; केही कम कुरा गर्थे, मनमा कुरा खेलाउने ज्येष्ठहरू पनि हुन्थे । कम कुरा गर्ने एक नम्र खेलाडीले पान खाँदा बाँकी भएका सेतो चुनाले बुद्धिचालको आफ्नो प्यादा (सिपाही) को टाउको चुनाले चिह्न लाउँदै मनमनै भने, “म यही गोटीले अर्को पक्षको राजालाई माथ गर्छु वा हराउँछु ।” खेल चल्दै गयो, आखिर सेतो चुनाको चिह्न लगाएको सिपाहीले विपक्षीको राजालाई माथ ग¥यो ।
हिटलर, मुसोलिनो र नेपोलियन
मानिस आ–आफ्नो देशका चिनेजानेका माथिल्ला पदाधिकारीहरूबारे बडो–बखान गर्छन् – जो स्वाभाविक छ । पढेको र सुनेको भरमा वा अप्रत्यक्ष ज्ञानबारे कुरा गर्नु त मानिसको बानी नै हो । अनेक लडाइँहरूबारे त्यसबेलाका सेनापतिदेखि साधारण अफिसरसम्मका गफ हाँक्थे र एक सिपाहीँले गरेको वीरता र चलाकीको कुरा गर्थे ।
दोस्रो विश्व युद्धमा जर्मनीका तानाशाह र कमान्डर इन चिफ हिटलर भन्थे – “जर्मनहरू आर्य रगतका हुन् । यसकारण, तिनीहरूले संसारलाई शासन गर्ने नैतिक र नैसर्गिक अधिकार राख्छन्† जहाँ–जहाँ जर्मनहरू बस्छन् ती देशहरू जर्मनीको हो† जुन जुन देशमा जर्मन भाषा बोलिन्छन् त्यहाँ–त्यहाँ जर्मनहरू पुग्छन्, ती सबै ठाउँ जर्मनीको हो । परिचमी देशहरू (संरा अमेरिका, बेलायत, फ्रान्स आदि) का पुँजीपतिवर्गले समाजवादी रुसको विरोधमा उद्योग र कलकारखाना खोल्न जर्मनीमा पुँजी प्रवाह गरे । पुँजीको विकासले उत्पादित सामानको बजार पाउन रुसका छिमेकी देशहरूमा जर्मनीले आफ्नो आर्थिक प्रभाव बढाउँदै लग्यो । अन्तमा, युरोपका सबै पुँजीवादी देशहरूसँग पनि उसको बजारको प्रतिस्पर्धाबाट युद्धको स्थितिमा पु¥याइयो । हिटलरले बेलायतमा समेत हमला गर्न पुगे । रुसको अन्तर्राष्ट्रिय समाजवादको विरोधमा हिटलरले ‘राष्ट्रिय समाजवादी’ सिद्धान्त अगाडि सारे ।
इटालीको मुसोलिनीले पनि आफ्नो देशको क्याथोलिक धर्मको आधारमा अफ्रिकाको इथोपियामा समेत राज्य विस्तार गरेका थिए । पहिले विश्वमा खुम्चिएको इटालीको पुनः शक्ति कायम गर्ने उद्देश्यले नारा दिइयो – ‘रोमको गौरवलाई पुनः कायम गरौँ !’ अन्धराष्ट्रवाद र अति राष्ट्रवादको नारा दिइयो । अति राष्ट्रवादको अर्थ बडाराष्ट्र अङ्हकारवाद हुन्छ । त्यसको परिणाम अरू देशमाथि आक्रमणमा टुङ्गिन्छ । हिटलरले जस्तै मुसोलिनीले पनि इटालियाली जनताको प्रजातान्त्रिक अधिकार कुण्ठित गरेर सारा प्रतिपक्षी राजनीतिक दलका नेता र कार्यकर्तालाई जेलमा कोचेका थिए ।
देशका बहादुर र चलाख सेनापतिहरू मात्रै जित्छन् भन्ने होइन । तिनीहरूले सुरु गरेको लडाइँ अन्यायपूर्ण र जनताको विरोधमा छ भने ती लडाइँहरू हारमा बदल्छन्; सेनापतिहरू पराजित हुन्छन्† तिनीहरू मारिन्छन् वा आत्महत्या गर्न बाध्य हुन्छन् ।
एकपटक सारा युरोपलाई आफ्नो मुठीमा राख्ने र दबाउने फ्रान्सका सेनापति र सम्राट नेपोलियन देशमा जनताको दमन र अत्याचारसँगसँगै छिमेकीहरूमाथि पनि बरोबर आक्रमण गर्नुको कारण आखिर उनको पनि दुःखद अन्त भयो । यसकारण, जनता न्याय र शक्तिको विरोधमा जाने देश र सेनापतिहरू पनि पराजय भोग्न बाध्य हुन्छन् ।
सैनिक देशहरूसमेत परनिर्भर हुन्छन्
राजा जारको शासनमा रुसले युरोपका अन्य देशहरूलाई पनि पैसा लिएर आफ्नो सेना भाडामा दिन्थ्यो । १९१७ को रुसी जनताको क्रान्तिले राजतन्त्र फाल्यो र रुसमा समाजवादी क्रान्ति भयो ।
नेपालले पनि सुगौली सन्धिपछि बेलायती साम्राज्यवादसँग गोर्खाभर्तीको सम्झौता ग¥यो । भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि नेपालले बेलायत र भारतसँग त्रिदलीय सन्धि ग¥यो । आज नेपाल संयुक्त राज्य अमेरिकासँग एमसीसीको नाममा एक सैन्य सम्झौतामा फस्दै छ । अब धेरै सम्भव छ – संयुक्त राज्य अमेरिकाले हिन्द–प्रशान्त सन्धिमा नेपाललाई फसाउनेछ । एक चीन नीतिको ठाउँमा दलाई लामाको पक्ष लिएर अमेरिकाले नेपाललाई एसियाली जनताको विरोधमा प्रयोग गर्नेछ । देश सानो होस् वा ठुलो सङ्गत अन्यायीसँगको मित्रताले तटस्थ देश पनि अन्यायी देशसँग सती जानुपर्ने स्थितिमा पुग्नेछ । सेना जतिसुकै बहादुर भए पनि साम्राज्यवादीको लडाइँमा नेपाली सेनालाई प्रयोग गर्ने दुःखद स्थिति पु¥याउने बुद्धिमानी हुनेछैन ।
सरकार र सेनाको विरोधमा प्रमाण खोज्दा
कपर्निकसले तर्क र गणितको आधारमा पृथ्वी गोलो छ भने । तर, चर्चले पृथ्वी चेप्टो छ भनेको हुँदा ‘पृथ्वी गोलो छ’ भन्नेसँग प्रमाण खोज्छ र ज्यान सजाय दिन्छ । सबै ग्रहहरू गोलो हुँदा, समुद्रमा जहाजको पहिले मुस्तुल देखिने र पछि मात्र जहाजको पिँध देखिने तर्क चर्चले मान्दैनथ्यो । चर्च त्यसबेला अन्धविश्वासी र अत्याचारी थियो । कपर्निकसको पुस्तक मर्ने बेलामा मात्र प्रकाशित भयो । दूरवीन बनाउने ग्यालिलियोलाई राक्षसको यन्त्र बनायो भनी जेल हालियो र पृथ्वी गोलो छ भन्ने कपर्निकसको समर्थन गर्ने इटालियाली दार्शनिक र ब्रम्ह्मान्डसम्बन्धी वैज्ञानिक ब्रुनो जोर्डानोलाई आगो लगाएर मा¥यो । यसकारण, सरकार र सेना ठुलो र बलियो भए पनि अन्धविश्वासी, अन्यायी र युगको विरोधमा अरूसँग पछि लाग्दा आफ्नो देश पनि सङ्गतले पराजित हुनेछ । देश र जनताले दुःख पाउनेछन् ।
न्यायाधीश र वकिल
केही मानिस र बुद्धिजीवीहरू पनि प्रतिगामी ऐन कानुनको समर्थनमा लाग्नुपर्ने न्यायाधीशहरूलाई आवश्यकताभन्दा बढी महत्व दिन्छन् । मानवीय न्यायलाई समेत ऐन–कानुन बनाएर शोषकवर्गले आफ्नो हितमा बनाउँछ । त्यस्तो समाजमा न्याय र अन्याय नहेरी चालु सरकार र ऐन कानुनलाई आँखा चिम्लेर समर्थन गरी अन्यायमा परेको व्यक्तिलाई ‘भोलि ठीक १२ बजे फासी’ दिने फैसला गर्छ– एक न्यायाधीशले । तर, वकिलले न्यायाधीशको न्यायले अन्याय हुने देखेर १२ बज्न लाग्दा ‘फासी दिँदा म¥यो’ भने को जिम्मेवार हुने भनी प्रश्न उठाउँछ र ‘फैसलामा मार्न लेखिएको छैन’ भनी व्यक्तिलाई अन्याय हुनबाट जोगाउँछ । यस्तो अवस्थामा समाजमा न्यायाधीश र वकिलमध्येको न्यायदाता भन्ने प्रश्न उठ्छ ।
पदको आत्म–प्रशंसा व्यक्तिवाद
केही व्यक्ति तुलनात्मक अध्ययन र जानकारी नगरी ‘मेजर हुँ’, ‘म कर्नेल हुँ’, ‘बैङ्कको म्यानेजर हुँ’, ‘विश्वविद्यालयको भी.सी. हुँ’ भन्ने जस्ता अहङ्कार देखाउँछन् । तर, सेनाको ‘कर्नेल’ र ‘जर्नेल’, विश्वविद्यालयका भी.सी., बैङ्क वा अन्य सरकारी कार्यालयहरूको समकक्षताबारे ध्यान नदिई जनताको अगाडि हाँक, धाक देखाएर ब्यारेक नजिकको व्यक्ति र सार्वजनिक जग्गासमेत भूतपूर्व सैनिक अफिसरको नाममा गरेका धेरै उदाहरणहरू छन् । केही वर्षपछि अवकाशमा गएका पूर्वअफिसरहरू अर्कै जिल्लामा पुगिसकेका हुन्छन् । त्यसकारण, सेनालाई जनताको सेवा गर्न तथा देशको रक्षा गर्न प्रजातन्त्रमा आफ्नो कर्तव्य हुन्छ भन्ने शिक्षा दिनु समायोचित हुनेछ ।
कहिलेकाहीँ सेना, बैङ्क, विश्वविद्यालय र प्राधिकरणको समान पदको तलब, भत्ता, पारितोषिक र अन्य सहुलियतसँग तुलना गर्दा धेरै फरक परेको देखेपछि सेना र प्रहरीका जवानहरूमा आफ्नो तलब साह्रै थोरै भएको अनुभव गर्छन् र असन्तोष देखापर्छ । यसबाट सबै तहका कर्मचारीहरूको शैक्षिक स्तर, शारीरिक परिश्रम र तलबको तुलनात्मक अध्ययन भएका सरकारी कर्मचारी र सेनाका जवानहरूमा हीनताबोध र अन्य अनावश्यक घमण्डी भावनाभन्दा परिस्थिति र जनभावनाको जानकारीबारे अवगत गराउने बन्दोबस्त अत्यन्त महत्वपूर्ण हुन्छ । नत्र, देशका लाखौँ शिक्षकहरू आफ्नो तलब, भत्ता, पदोन्नति र सरुवा सिंहदरबारबाट र भन्सारजस्तै कार्यालयमा सरुवाको अग्रीम जानकारी गर्ने सङ्घर्ष गर्छन् । तर, जनताको गरिबी र सिंहदरबार र सर्वाेच्च अदालतमा आगो लाग्दा उनीहरू दुलोमा पस्छन् । अनि, विद्यार्थीहरूलाई देशभक्तिको शिक्षा नदिएकोमा शिक्षकहरूलाई व्यङ्ग्य गर्दै छन् ?
तर, हाम्रो समाजको न्यून शैक्षिक स्तरको कारण कति जनतालाई ‘प्रधानपञ्च’ भन्दा ‘उपप्रधान पञ्च’ माथिल्लो पदको हो भन्ने धारणा मेटिएको छैन ।
कति पढे–लेखेका मानिसहरू सोक्रेटिस (सुकरात), प्लेटो र एरिस्टोटलभन्दा गाउँ र सहरका गुण्डा ठुलो देख्छन् । ‘स्वप्नलोक’ लेख्ने थोमस मोरजस्ता दार्शनिक र राम्रा न्यायाधीशभन्दा राजाको पछि लाग्ने अङ्ग्रेजहरू पुराणपन्थीजस्तै आज पनि नेपालमा स्वर्गबाट भगवान् अवतरण हुने प्रचारमा कमी आएको छैन ।
दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको नागासाकी र हिरोसिमामा आणविक बम प्रयोग गर्दा संसार स्तब्ध भयो । कतिले अमेरिका ‘महान्’ ठाने । साधारण जनतामा त्राही–त्राही भई एक प्रकारले विश्वमा ठुलो आतङ्क फैलियो । त्यसबेला एक महिला अमेरिकी पत्रकार अन्ना लाओस स्ट्रङले चीनको येनानको गुफामा सङ्घर्षरत चिनियाँ नेता माओ त्सेतुङसँग के अब सबै लडाइँ र क्रान्तिको निर्णय अणु बमले गर्ने भयो ? भन्ने आशयको प्रश्न गरिन् ।
माओ त्सेतुङले प्रस्ट भाषामा उत्तर दिए, “अमेरिकी साम्राज्यवाद ‘कागजको बाघ’ हो । हामी उसलाई हराउन सक्छौँ, त्यस्तै अणुबम पनि कागजको बाघ हो; मानिसले नै बनाएको हुनाले त्यसमाथि जनताले विजय पाउनेछन् ।”
माओ त्सेतुङको त्यस सरल उत्तर र निष्कर्षले अमेरिकी साम्राज्यवादको संसारलाई आतङ्कित पार्ने स्थितिमाथि एक प्रश्नचिह्न लाग्यो र एउटा आशाको सञ्चार फैलायो ¤ निष्कर्षमा माओ त्सेतुङले भने, “निश्चय पनि अणुबम संहारक अस्त्र हो, तर लडाईँ र क्रान्तिको निर्णय एक दुइटा आधुनिक हतियारले गर्दैन बरु जनताले गर्छन् ।
आज नेपाल, बङ्गलादेश, श्रीलङ्का र अन्य देशहरूमा जनतालाई आतङ्कित पार्ने काम गर्न खोजे पनि अन्ततः अमेरिकी साम्राज्यवाद हिन्द–प्रशान्त क्षेत्रबाट भाग्नुपर्नेछ भन्नेमा विश्वका जनताको चेतनाको स्तर, शान्तिको भावना बढ्दै गएको छ । युद्धविरोधी भावना बढ्ने आन्दोलनले युद्धकामी प्रवृत्तिमा अङ्कुश लाग्नेछ ।
Leave a Reply