नगर प्रमुख प्रजापतिद्वारा विश्व पर्यटन दिवसमा भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत
- आश्विन ११, २०८२
कैलाली, ११ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको स्थापना दिवसको अवसर पारी नेक्रायुसङ्घ कैलालीको आयोजनामा प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार लम्किचुहा नगरपालिका वडा नं. २ मा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा कैलालीका अध्यक्ष रमेशकुमार रावलले अहिलेसम्मका शासक दलहरूले विचार र सिद्धान्तबिना पैसाको बलमा चुनाव जितेको र देश र जनताको हितविपरीत काम गरेको कुरा धेरै पटक पुष्टि भइसकेको बताउनुभयो ।
उहाँले छोटो समयमा देशभर विध्वंस हुनुमा अहिलेसम्मका शासक दलहरू जिम्मेवार रहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ केन्द्रीय सदस्य जङ्गबहादुर तारामी मगरले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले आफ्नो स्वार्थ पूरा गर्न जेनजी समूहलाई प्रयोग गरी आन्दोलन र देशको प्रशासनिक भवन तथा सम्पदाको क्षति पु¥याएको बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ कैलाली अध्यक्ष गुप्तबहादुर शाहीले युवाले देश विदेशको राजनीतिक घटनाबारे अध्ययन तथा जानकारी राखी सैद्धान्तिक रूपले मजबुत हुनुपर्ने बताउनुभयो ।
उहाँले नेमकिपाले जनतालाई राजनीतिक रूपमा सचेत गराइरहेको बताउँदै शासक दलहरूलाई पटकपटक गलत काम गर्नबाट सचेत गराउँदा पनि सचेत नभएको कारण देशले ठुलो दुर्घटना भोग्नुपरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कैलाली सदस्य ज्योति बडुवाल, नेक्रामहिलासङ्घ कैलाली उपाध्यक्ष तारा तिरुवा, नेक्रायुसङ्घ कैलाली अध्यक्ष प्रेम सिजापती, नेक्राविसङ्घ कैलाली अध्यक्ष एचवी, नेक्रायुसङ्घ कैलाली सचिव सविन पण्डितले नेक्रायुसङ्घको स्थापना दिवसको शुभकामना दिँदै आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply