कैलालीमा नेक्रायुसङ्घको प्रशिक्षण कार्यक्रम
- आश्विन ११, २०८२
भक्तपुर, ११ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई विश्व पर्यटन दिवसको अवसर पारी आज भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभयो ।
शनिबार बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ पर्यटकहरूलाई स्वागत गरिएको हो ।
भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गरेका भारतका ६, अस्ट्रियाका १ र अमेरिकाका २ गरी ९ जना पर्यटकहरूलाई भक्तपुर नगरमा स्वागत गरिएको हो ।
पर्यटकहरूलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले सम्पूर्ण पर्यटकहरूलाई भक्तपुरमा स्वागत गर्दै भक्तपुर जीवित सङ्ग्रहालयको रूपमा परिचित नगर भएको बताउनुभयो ।
नगरभित्रका सांस्कृतिक सम्पदाहरूको संरक्षणको निम्ति भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोगलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त धेरै सम्पदाहरूको पुनर्निर्माण भक्तपुर नगरपालिकाले सम्पन्न गरिसकेको बताउनुभयो ।
भक्तपुर पर्यटकहरूको उत्कृष्ट गन्तव्य स्थलको रूपमा विकास भइरहेको बताउँदै उहाँले विदेशी पर्यटक सँगसँगै आन्तरिक पर्यटक प्रवद्र्धनको लागि पनि भक्तपुर नगरपालिकाले विशेष योजना अगाडि बढाउँदै आएको बताउनुभयो ।
सोही क्रममा अमेरिकाका पर्यटक तानिया कोस्टाले विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिनुभयो ।
नगर प्रमुख प्रजापतिले पर्यटकहरूलाई नगरपालिकाका प्रकाशन र मयुरको झ्याल उपहारको रूपमा प्रदान गर्नुभएको थियो ।
Leave a Reply