भर्खरै :

चे, फिडेलको संस्मरणमा – ३

चे, फिडेलको संस्मरणमा – ३

ला हिग्वेरामा बोलिभियाली सेना पक्राउपछि चे ग्वेभारा ७ अक्टोबर, १९६७

अर्नेस्टो चे ग्वेभाराप्रतिको मेरो विचार, मत र भावना व्यक्त गर्नु मेरो आशय होइन । आजको प्रसारणमा हामीले प्राप्त गरिरहेका समाचारहरूको विश्लेषणको एक भागको रूपमा म यी कुराहरू बताइरहेछु । भिडन्तमा उनी छापामार दलका सबभन्दा पहिले न्यौछावर हुनेहरूमध्ये कसैलाई आश्चर्य हुनुपर्ने कुरै छैन । योबाहेक अन्यथा हुनसक्नु असम्भव वा आश्चर्य हुने थियो । उनले धेरैपटक, धेरै अवसरहरूमा खतराको सामना गरे तथा त्यस्ता परिस्थितिहरूमा एउटा गणितीय नियम लागु हुन्छ । यो घटना हामीले कहिल्यै नसोचेको घटना थिएन तथा हामीले सबै परिस्थितिहरू अनुसारै सिलसिलेवार ढङ्गले मूल्याङ्कन गरिरहेका छौँ ।
तसर्थ, त्यो क्षणको वातावरणको पृष्ठभूमि कस्तो थियो । ठुलो आकारको सेना परिचालनको बिचमा उनीविरुद्ध धेरै सेना खटिएको समयमै शत्रुको त्यो आक्रमण भएको हुनसक्थ्यो ।
उदाहरणको लागि यहाँ हामीसँग केही तथ्यहरू छन् जसले ती परिस्थितिहरूको पृष्ठभूमि वर्णन गर्नसक्छ । हामीलाई प्राप्त विभिन्नखाले समाचारहरू प्रसारण गरिएका अति धेरै सिलसिला तथा हामीले त्यसबाट सङ्कलन गर्न छान्न सकेका तथ्यहरूको आधारमा विश्लेषण गर्नुपर्ने भएको हुँदा खाली सूचनाको आधारमा यी प्रश्नहरूको छिनोफानो गर्न हामी एकदम निश्चित वक्तव्य दिन सक्दैनौँ । उदाहरणको निम्ति यहाँ सेप्टेम्बर २९ मा प्राप्त भएको एउटा समाचार छ –
यहाँभन्दा १ सय २८ किमि परको एउटा जङ्गलमा बोलिभियाली सेनाले अर्जेन्टिनी–क्युवाली क्रान्तिकारी अर्नेस्टो चे ग्वेभारालाई घेराबन्दी गरेको तथ्यलाई उच्चस्तरीय सैनिक स्रोतले आज पुष्टि गर्यो ।
स्रोतले थप विस्तृत विवरण दिन अस्वीकार गर्यो । तर, एसोसियट प्रेसलाई उनले दिएको जानकारीलाई एउटा महत्वपूर्ण अभियानको लागि केही दिनअगाडि एउटा घना जङ्गल क्षेत्रमा सेना परिचालित गरिएको तथ्यले पुष्टि गर्यो । यही हप्ताको सुरुमा जङ्गल अभियानको लागि विशेष रूपमा सुसज्जित थप ८ सय बोलिभियाली सैनिकले सान्ता क्रुज (Santa Cruz) सहर छोडेको थियो ।
रेजिस डेब्रे (Regis Debray) लाई मुद्दा चलाइएको यो सहर चौथो सैनिक विभाग (Forth Army Division) को प्रधान कार्यालय हो भने शान्ता क्रुज ८ औँ विभाग (Eight Army Division) को प्रधान कार्यालय हो । सेनाको एउटा टोलीले बुधबार कामिरि (Camiri) छोड्यो भने अर्को टोली गएको राति । आज दिउँसो अर्को एउटा टोली जाने कार्यक्रम छ ।
एक भरपर्दो सैनिक स्रोतका अनुसार कम्तीमा १ हजार ५ सय सिपाहीँहरू ग्वेभाराको खोजीमा सहभागी छन् । “चे ग्वेभारा जीवित छन् भने विश्वसनीय सूचना हामीसँग छ तथा उनी घेरिएका छन् भन्ने कुरामा पनि हामी विश्वस्त छौँ,” स्रोतले भन्यो । तथापि यो विश्वासको आधारको विषयमा विस्तृत जानकारी दिन स्रोतले अस्वीकार गर्यो ।
यो स्रोतका अनुसार आकार उल्लेख नभएको दुई पहाडबिचको एउटा सानो उपत्यकामा सेनाले कम्युनिस्ट छापामारहरूलाई घेरा हालेको छ । यो सूचनालाई विश्वसनीय मान्न सकिएको छैन ।
“उपत्यकाबाट बाहिर निस्कने दुईवटा साँघुरो बाटो, जङ्गल युद्धमा विज्ञ बोलिभियाली सेनाको कब्जामा छ । तीमध्ये धेरैजसो संरा अमेरिकी निर्देशकहरूद्वारा प्रशिक्षित छन् र तिनीहरूमध्ये कोहीले भियतनाममा पनि काम गरिसकेका छन् । उपत्यकाको छेउछाउ र तलको भाग घना जङ्गलले घेरिएको तर उच्च भागहरू अवरोधरहित डरलाग्दो खोज र नागरिकको उडान भर्ने ठाउँहरू भएको यो हप्ताको सुरुमा जङ्गलको

बोलिभियाली सरकारद्वारा प्रचारित तस्बिरमा चेको मृत शरीर

छानबिन गर्ने सेनाका गस्तीहरूले सकारात्मक सङ्केत स्थापना गरे,” स्रोतले भन्यो ।
यसप्रकार सेप्टेम्बर २९ को दिन तिनीहरूको एउटा विशेष क्षेत्र, जङ्गल भएको, घाटीजस्तो उपत्यका, दुवै पहाडमा खेतीपाती नभएको, एकातिर वा अर्कोतिर जान आवश्यक भएको तर सो क्षेत्र छोड्न नमिल्ने क्षेत्रको विषयमा उनीहरूले बोल्न थाले । यो समाचार रोचक छ किनभने यसमा एउटा क्षेत्रको बारेमा वर्णन गरिएको छ । तर, कुनै परिस्थितिहरूको कारण सो क्षेत्रमा कमान्डर अर्नेस्टो चे ग्वेभाराको नेतृत्वमा रहेको छापामार सेना भेटाउनेछन् भन्ने कुरामा तिनीहरू पूर्णरूपले निश्चिन्त भए । यहाँ एउटा समाचार छ– जसमा छापामार युद्धबाट पलायन एक व्यक्तिको भनाइ उल्लेख गरिएको छ । यो समाचार सेप्टेम्बर ३० मा प्रकाशित भएको थियो । समाचारमा भनिएको छ, “क्यास्ट्रो–कम्युनिस्ट क्रान्तिकारी नेता अर्नेस्टो चे ग्वेभारा गम्भीर रूपमा बिरामी छन् तथा अन्य छापामारहरूको विशेष निगरानीमा एउटा स्ट्रेचरमा लगिएको छ ।”
यो सूचना बोलिभियाली पूर्वछापामार एन्टोनियो रोड्रिग्वेज फ्लोर्स (Antonio Radriguuez Flores) ले दिएको विश्वास गरिएको छ । सरकारविरुद्ध उठाएको हतियार त्याग्नेहरूलाई जीउने अधिकार दिइने प्रस्तावको कारण स्वेच्छापूर्वक उनले रियो ग्रान्डीमा रहेको सेनासामु आत्मसमर्पण गरेका थिए ।
सेप्टेम्बर २५ र सेप्टेम्बर ३० बिच सो आत्मसमर्पण भएको थियो । आत्मसमर्पण गर्नेहरूको एउटै प्रवृत्ति हुन्छ । आत्मसमर्पण गर्ने व्यक्तिले शत्रुलाई ती सबै सूचनाहरू दिन्छ जुन शत्रुको हितमा हुन्छ । उसले बिना कुनै सोचविचार सबै जानकारी दिन्छ किनभने आत्मसमर्पण गर्ने व्यक्ति नैतिक पतन भएको क्रान्तिकारी वा क्रान्तिसँग खेल्न चाहने झूटो क्रान्तिकारी हो । छापामारहरूमध्ये कोही आत्मसमर्पण गर्न चाहन्छ भने त्यो धेरै नै असाधारण कुरा होइन । हाम्रो क्रान्तिकारी युद्धको क्रममा पनि यस्ता धेरै घटना घटेका थिए ।
एउटा यस्तो समय पनि हुन्छ जुन समयमा धेरैजना छापामार सङ्घर्षमा सामेल हुन चाहन्छन् वास्तवमा हतियारहरूको सङ्ख्याभन्दा छापामार बन्न चाहनेहरू धेरै छन् । सामेल हुन आउने व्यक्तिहरूमध्ये धेरै यस्ता छन् जसले पछि प्रभावशाली भूमिका खेल्छन्, तिनीहरू योग्य सैनिक र क्रान्तिकारीहरू हुन्छन् । हाम्रो समस्या के थियो भने छापामार बन्न चाहनेहरू धेरै थिए तर हामीलाई हतियारहरू थिएनन् । तर, हाम्रो विद्रोही सेनाका ९ सय ५५ आफ्नै इच्छाबाट आएका थिए । अन्य केहीलाई मात्र सङ्गठित रूपमा पठाइएको थियो । आफै आएर सामेल हुने व्यक्तिहरूबाट हाम्रो सेना बनेको थियो ।
तर, निश्चय पनि छापामार सङ्घर्षमा सामेल हुन प्रेरित केहीसँग पूर्वअनुभव थिएन वा छापामार सङ्घर्षमा दिनुपर्ने बलिदानहरूप्रति स्पष्ट धारणा थिएन । तिनीहरूले लामो समयसम्म हिँड्नुपर्दा, पहाड चढ्नुपर्दा तथा कठीनाइको सामना गर्नुपर्दा तिनीहरूले कायरतापूर्वक छापामार दल त्याग्ने अवसर रोजे । क्रान्ति त्याग्ने व्यक्ति सधैँ विश्वासघाती हुन्छ । यदि त्यो व्यक्ति शत्रुको हातमा पर्छ भने उसले तुरुन्तै सबै सूचनाहरू बताउँछ तथा छापामार सेनाको सबै विवरणको एक पूर्ण जानकारी दिन सक्छ ।
समाचारमा बिरामी भएको घटना उल्लेख छ । सायद चेलाई केही अस्थायी समस्या परेको हुनसक्छ । प्रकाशित भएको दैनिकीका केही भाग, दैनिकीका फोटोकपीहरूमा सेप्टेम्बर १ मा लेखिएको छ, “केही घटनाहरूपछि एउटा खच्चड ढलेपछि हामीहरू खच्चडबाट ओर्लियौँ । डाक्टरले अहिलेसम्म निको पारेको छैन तर म निको भएँ र खच्चडलाई डो¥याएर राम्ररी हिँडिरहेको छु ।” उनले केही अन्य कुराहरूको पनि वर्णन गर्दै गए ।
सेप्टेम्बर १ मा उनले आफू कसरी निको भएँ तथा राम्रो अनुभव गरेको कुरा बताएका छन् । उनको मृत्युभन्दा दुई दिन पहिलेको दैनिकीमा उनले एक स्वस्थ व्यक्तिले जस्तै लेखेका छन् । अर्को शब्दमा भन्नुपर्दा त्यसबेला उनी बिरामी भएको कुरा सत्य थिएन ।
तर, स्वाभाविकरूपमा विश्वासघाती व्यक्तिले पहिलेको बिरामी वा अन्य कुरा भनेको हुनसक्छ । शत्रु छापामार सेना कुन ठाउँमा पाउन सकिन्छ भन्ने कुरामा, छापामारहरू भेटाउन सकिने सही ठाउँ र क्षेत्रको विषयमा बढी इच्छुक थिए । यही कारणले गर्दा सेप्टेम्बर २९ मा ठुलो सङ्ख्यामा सेना परिचालन गरिएको थियो ।
आत्मसमर्पण गर्ने व्यक्तिको समाचार सेप्टेम्बर ३० मा प्रकाशित भयो । उनी ३ वा ४ दिनसम्म शत्रुको हातमा परेको हुनसक्ने तथा ती सेनाले श्रृङ्खलाबद्ध रूपमा आफ्नो काम गर्न सुरु गरेको हुनसक्ने सम्भावना छ ।
कुनै पनि अवसर आउने बित्तिकै कुनै पनि दमनकारी सेनाले आफ्नो शक्ति परिचालन गर्दछ । धेरैपटक यस्तो क्रियाकलाप बेकारको, व्यर्थको प्रयास हुन्छन् तर छापामार सेनाहरू रहेको ठाउँ उनीहरूको जानकारीमा आइसकेको हुनाले तिनीहरूले धेरै आशा गरेकोमा प्रश्न गर्ने कुनै ठाउँ छैन । त्यहाँ छापामारहरूविरुद्ध विजय पाउने आशासहित तिनीहरूले ठुलो आकारको सिलसिलेवार गतिविधिहरू सुरु गर्न थाले ।
अक्टोबर ७ को दिन लेखिएको न्युयोर्क टाइम्स (New York Times) को एउटा कौतुहलपूर्ण लेख, अक्टोबर ८ को आइतबारको अङ्कमा छापियो । त्यो सङ्घर्षको अवसरको दिन थियो । त्यस दिनको बिहान सङ्घर्षको बेलाको थियो । लेखको शीर्षक ‘चे ग्वेभाराको अन्तिम अडान’ थियो । लेखमा भनिएको छ –
कामिरि (Camiri) बोलिभिया अर्नेस्टो चे ग्वेभाराजस्तो धेरै यात्रा गर्ने व्यक्तिको लागि पनि एकातिर बन्द भएको विकट बाटो पार गर्नु कठिन छ ।
हरेक बिहान त्यो धूलोले भरिपूर्ण उपत्यकामा फुस्रो भूमिलाई तथा ऐसेलुका झाडीहरूलाई डढाउँदै सूर्य उदाउँछ । ठुल्ठुला झिङ्गा र लामखुट्टेहरू, माकुरा र गोब्रेकीराहरूको ठुलो झुण्ड मृत्युको सुनसानमा उडिरहेका हुन्छन् ।
लेखमा सो क्षेत्रको विषयमा थप जानकारी दिन्छ र अगाडि भन्छ, “घाम, धूलो र कीराहरूले भरिएको बोटबिरुवाले नदी किनारा र स–साना बोटहरूबाहेक अन्यत्र हिँड्डुल गर्न असम्भव बनाउँछ ।”
सैनिक जानकारीअनुसार क्युवाली मेजर र १६ जना थकित छापामारहरू उक्त उपत्यकामा झण्डै दुई हप्तादेखि सेनाले गरेको घेराबन्दीको कारण कैद भएका छन् । मेजर चे त्यहाँबाट जिउँदै बाहिर जान नसक्ने कुरामा बोलिभियाली सेना विश्वस्त छन् । मेजर चे र उनका साथीहरूको निम्ति कामिरिको सैनिक चौकीभन्दा १२० माइल उत्तर–पश्चिम स्थिति त्यो पाताले छाँगो धेरै किसिमले पश्चिमी गोलाद्र्धमा सशस्त्र क्रान्तिको एक प्रतीकको रूपमा काम गर्छन् ।
त्यस्तै, अर्को शब्दमा भन्नुपर्दा सेप्टेम्बर २९ को समाचारको सारलाई सैन्य अधिकारीहरूसँग घनिष्ठ सम्बन्ध भएको विदेशी प्रेसहरूले बारम्बार दोहो¥यायो । सो उपत्यका जङ्गलको खोँचमा, पहुँच नहुने ठाउँका विषयमा पनि बारम्बार बोलियो । २९ सेप्टेम्बरको समाचारको सारलाई विश्वासघात वा गुरिल्ला दस्ता त्यागको खबरबाट सेनाको परिचालनबारे राम्रोसँग व्याख्या गथ्र्यो ।
यसप्रकार एउटा आशापूर्ण पूर्वअनुमान हुन्छ । तर, यसको अर्थ के होइन भने आशा गरिएको परिणाम नै आओस् । कुनै पनि क्षेत्रको जानकारीबिना त्यस उपत्यकाको क्षेत्रफल, त्यसको लम्बाइ, चौडाइ, सम्पूर्ण परिस्थतिहरूको जानकारीबिना तिनीहरूले वस्तुगत आधारबिना सकारात्मक पूर्वअनुमान गर्नु असम्भव छ । किनभने, सधैँ छापामारहरू घेराबन्दीमा परेको बताइएको छ ।
उदाहरणको लागि तिनीहरू सधैँ आफूलाई निजहरूबाट घेरिएको बताउँथे जुन सही थियो ।
हाम्रो पछाडि समुद्र थियो अगाडि मैदान र धानबालीको खेत थियो तथा लामो समयसम्म हाम्रो क्रियाकलाप १० किमि चौडा र २० किमि लामो क्षेत्रमा सीमित थियो । भिडन्त अलि परको क्षेत्रहरूमा हुन्थ्यो । १९५७ तथा १९५८ को मध्यसम्ममा हामीविरुद्धको हरेक आक्रमण र ठुलो सङ्ख्यामा सेना सामेल भएको अन्तिम आक्रमण १०४२० किमिको क्षेत्रमा भयो । त्यो क्षेत्रको विषयमा हामी सबैलाई राम्ररी थाहा थियो र सो समयमा हामीसँग ३ सय मानिस थिए ।
तर, प्रायःजसो छापामार एकाइ सधैँ घेरिएको हुन्छ, रणनीतिकरूपमा छापामारहरू सेनाले घेरिएको हुन्छ । सबैभन्दा बढी खतरनाक रणनीतिक घेराबन्दी अर्थात् (छापामार एकाइ शत्रु सैनिकहरूद्वारा पूर्णरूपमा घेरिनु) हो तर त्यस्तो परिस्थितिमा पनि त्यो घेराबन्दी धेरै ठाउँमा तोड्न सकिन्छ । यही कारणले गर्दा उल्लेख भएको त्यस उपत्यकाभित्र तिनीहरू रहेको ठाउँमा खतराको मात्रा के कति थियो भन्ने विषयमा केही भन्न सकिँदैन ।
तिनीहरूले धेरैपटक सो क्षेत्रको विषयमा बोलेपछि तथा विभिन्न तारका समाचारमा पनि सो क्षेत्रको उल्लेख भएपछि हरेक कुराले तिनीहरू सो क्षेत्रप्रति आशावादी भएको तथा त्यहाँ ठुलो मात्रामा सेना परिचालन गरेको कुरा प्रस्ट हुन्छ । यसबाट भिडन्त नै भएको तथा छापामारहरूलाई पछाडि हट्ने वा भाग्ने कुनै ठाउँ नभएको अर्थ लाग्दैन । तर, यसले सङ्घर्ष हुनुभन्दा पहिलेको सेना परिचालन र परिस्थितिहरूको विषयमा बताउँछ । त्यो क्षेत्र वास्तवमा कस्तो थियो ? हामीलाई थाहा छैन । त्यहाँ अन्य कुन ठाउँ र कस्ता प्राकृतिक बाधाहरू त्यहाँ थिए ? हामीलाई थाहा छैन । त्यहाँ ठुल्ठुला मैदान थिए, सुख्खा भूमि थियो, नदी थियो वा पार गर्न नसकिने पहाड थियो । हामीलाई थाहा छैन । तर, आत्मसमर्पण गर्ने व्यक्तिको सूचनाको आधारमा सेना त्यहाँ परिचालन गरिएको कुरा प्रस्ट छ ।
त्यसपछि प्राप्त भएका एकपछि अर्को विभिन्न समाचारहरूमा एउटा क्षेत्रमा भएको सङ्घर्षको उल्लेख छ, सो क्षेत्र रुखो, हिँड्डुल गर्न कठिन, घना जङ्गल, गहिरो नदी, छाँगोले भरिएको उल्लेख थियो ।
अक्टोबर २७ मा लेखिएको दैनिकीमा पनि त्यस्तै एक क्षेत्रको वर्णन गरिएको छ । उदाहरणको लागि अक्टोबर ६ को दैनिकीमा लेखिएको छ, “गस्तीमा रहेका छापामारहरूले नजिकै एउटा घर भेटाए । तर, त्यो पनि ….. ।” चेको अक्षर सानो छ तथा पढ्न सजिलो छैन । त्यसमाथि फोटोकपी पनि धमिलो छ ।
डायरीमा लेखिएको छ, “पानी भएको ठाउँबाट साँघुरो उपत्यका टाढा छ । हामी यसमा केही गर्न सक्दैनौँ र हामीले सबै कुरा पकायौँ– छानाको काम दिने झुण्डिएको चट्टानमुनि ….. दिउँसो हामीले केही ठाउँहरू पार ग¥यौँ ….. खाना बनाउनुको लागि लामो समय लिन्छ । तसर्थ, हामीले बिहानै नदी किनारमा जाने निर्णय ग¥यौँ ….. कुन दिशामा जाने भनी निर्णय गर्न ।”
डायरीमा अगाडि भनिएको छ, “क्रुज डेल सुर रेडियो एउटा अन्तर्वार्तामा भनेको छ यसपटक ओर्लाण्डो……. । उनी अर्का बोलभियालीको कुरा गरिरहेका थिए जुन आत्मसमर्पण गर्ने प्रथम व्यक्ति थिए । पछि उनलाई कैदी बनाइएको कुरा बताइयो । यहाँ केही यस्तो कुरा छ जुन प्रस्ट छैन ।” डायरीमा भनिएको छ, “चिलियाली रेडियोले भनेको समाचारअनुसार यो क्षेत्रमा झण्डै १००० सेना छन् ।”
अक्टोबर ७ को दैनिकीमा भनिएको छ, “आज हाम्रो छापामार क्रियाकलाप बिना कुनै कठिनाइ बितेको ११ महिना पूरा भयो ।” भन्ने वाक्यांशले उनको विचारअनुसार उनको सेनाको निम्ति रणनीतिक कठिनाइ थिएन । यही कुरालाई ध्यानमा राख्नुपर्दछ, चेले त्यसलाई गम्भीर परिस्थितिको रूपमा लिएनन् ।
दैनिकीमा भनिएको छ, “१२ः०० मा बाख्रा चराउन आएको एक वृद्ध महिला हाम्रो शिविर छेउमा आइपुगिन् र उनलाई हामीलाई कैदी बनाउनुपर्यो । आफूलाई केही थाहा नभएको तथा सो क्षेत्रमा आएको थोरैमात्र समय भएको बताउने ती महिलाले सैनिकहरूको विषयमा कुनै भरपर्दो सूचना हामीलाई दिएन । उनले हामीलाई बाटोको विषयमा मात्र जानकारी दिइन् । ती वृद्ध महिलाले दिएको जानकारीअनुसार हामी हिग्युरा (Higuera) बाट १ लीग (३.५ माइल), त्यहाँ जाग्वे (Jaguey) बाट १ लीग तथा पुसारा Pusara) बाट ६ लीग टाढा छौँ । १ः२० मा एन्सियटो (Ancieto) ती वृद्ध महिलाको घरमा गए । उनका छोरीहरूमध्ये एक बिरामी थिइन् । तिनीहरूले उनलाई ५० पैसा दिएर चुप रहने आदेश दिए तर उनले वाचा गरे पनि चुप रहने आशा तिनीहरूको थिएन । हामीहरू १७ जना चन्द्रमाको उज्यालोमा अगाडि बढ्यौँ । हाम्रो यात्रा धेरै खतरनाक थियो । हामीले हाम्रो सङ्केतहरू पनि धेरै छाडेका थियौँ । त्यहाँ कुनै घरहरू थिएनन् । केही आलुखेती थिए तसर्थ हामी त्यो दिशामा अगाडि बढ्न जारी राख्यौँ ।”
यहाँ केही कुराहरू राम्ररी बुझ्न सकिएको छैन । डायरीमा भनिएको छ, “सेनासँग २ सय ५० जना क्रान्तिकारीहरू भएको सूचना छ ।” यही पानाको अन्त हुन्छ ।
उनले आफ्नो दैनिकीमा त्यस्तै क्षेत्रको वर्णन गरेका छन् जसको विषयमा पहिले नै बताइएको थियो । उनले नाङ्गा पहाडहरूले घेरिएको घना जङ्गल भएको उपत्यकाको वर्णन गरेका छन् । त्यसबेला बिहान हुस्सु नै लागेको हुनुपर्दछ । किनभने, उनले अन्तमा ‘हामी १७ जना मधुरो हुँदै गएको जुनको उज्यालोमा हिँडिरहेका छौँ । हाम्रो हिँडाइ धेरै खतरनाक छ र हामीले धेरै सङ्केत पनि छाडेका छौँ’ लेखेका छन् ।
हामीले यी सबै पढ्ने प्रयास गर्यो । कुनै ठाउँमा लेखिएका अक्षरहरू अस्पष्ट थिए र अर्थ खुलाउन अनुमान लगाउनुपथ्र्यो । दैनिकीमा वर्णन गरिएको क्षेत्र सेप्टेम्बर २९ को समाचारमा वर्णन गरिएको तथा न्युयोर्क टाइम्समा अक्टोबर ८ मा लेखिएको लेखमा उल्लिखित क्षेत्रसँग समान छ । त्यसपछि प्राप्त भएका धेरै समाचारहरूमा एउटै क्षेत्रको वर्णन गरिएको छ ।
स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *