भर्खरै :

ढलानसहितको पक्की सडक निर्माण गर्ने हो कि ?

ढलानसहितको पक्की सडक निर्माण गर्ने हो कि ?

‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिको नारा’ उद्घोष गर्दै अघि बढेको भक्तपुर नगरपालिका नेपालभरिकै नगरपालिकामध्ये राम्रो नगरपालिका हो । यस कार्यमा सफल भएकोमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवा पु¥याउने व्यक्तित्वहरू अनि सम्बन्धित सामाजिक सङ्घ संस्थाहरूको स्मरण गर्नु अन्यथा हुनेछैन ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँले परिकल्पना गर्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको भावनालाई समेटेर भक्तपुर नगरपालिकाले आवश्यकताको सिद्धान्तबमोजिम नीति, निर्माण अनि निर्देशिका निर्माण गरी भवन निर्माण कार्यको व्यवस्थापन गरिएकोमा हामी नगरवासी खुसी छौँ ।
सन्दर्भ भक्तपुर नगरपालिकाबाट प्रकाशित ‘भक्तपुर’ मासिक साउन २०८२ मा उल्लेखित १६ वटा राणाकालीन धाराको हो । यी सबै धाराहरूको संरक्षण गरी केही धारामा खानेपानी आउने गरी मर्मत कार्य र व्यवस्थापन गरेको खण्डमा एकातिर मौलिक धाराको संरक्षण हुनेछ भने अर्कोतिर बटुवाहरूले पानी खान सहज हुनेछ । यसतर्फ पनि नगरपालिकाले ध्यान दिएको खण्डमा अझ बढी जनताको मन जित्ने अवसर पाउँछ । नगरभित्रका विशेषगरी खाद्य वस्तु (पदार्थ) बेचबिखन गर्ने पसल, रेस्टुरेन्ट तथा अन्य पसलहरूमा अनुगमन गरेकोमा पनि हामी खुसी छौँ । अनुगमनले गर्दा अखाद्य वस्तुहरू बिक्री वितरण गरी व्यवसाय गर्ने व्यवसायीहरूलाई खबरदारी र जिम्मेवारी बनाइएको छ । नियमअनुसार दर्ता र समयमै पसलको नवीकरण नगर्ने व्यवसायीहरूलाई कानुनबमोजिम नियम परिधिमा ल्याउन अझ सक्रियता देखाउनुपर्ने आवश्यकता छ ।
यति राम्रो कार्य गर्दागर्दै पनि थप केही कार्यहरू गरेको खण्डमा हामी १० वडाका वडावासीहरू थप लाभान्वित हुनेछौँ ।
१) प्रायःजसो गैरनेपालीहरूको व्यस्त रहेको मूलढोका सडकको वरिपरि फलफूलसहितको साइकलहरू हटाउनुपर्ने ।
२) अति नै व्यस्त हुने मूलढोका सडकको वरिपरि बटुवा हिँड्ने सडक पेटीमा पसलका सामानहरू तथा अति नै संवेदनशील ग्यासका सिलिन्डरहरू सडक पेटीबाट हटाउनुपर्ने ।
३) महालक्ष्मी बसस्टपदेखि १० वडा कार्यालय भवनसम्मको सडकलाई ढलानसहितको पक्की सडक निर्माणको लागि सम्बन्धित निकायसँग सहकार्य गरी निर्माण कार्य गर्नुपर्ने ।
– वडा नं १० का बासिन्दाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *