भर्खरै :

तपाईँ माक्र्सवादी हुनसक्नुहुन्छ है !

तपाईँ माक्र्सवादी हुनसक्नुहुन्छ है !

समाजशास्त्रको सामान्य कक्षा पनि लिनुभयो भने त्यसको सैद्धान्तिक कक्षा लिनुपर्छ । त्यसमा समाजशास्त्रका संस्थापक व्यक्तित्वको रुपमा कार्ल माक्र्सको नाम पनि आउँछ ।
यो तथ्य थाहा पाउँदा अचम्म लाग्छ । कहिलेकाहीँ तनाव पनि हुन्छ । किनभने, स्कुले तहमा सामाजिक पढाउँदा माक्र्सबारे प्रायः गलत कुरा पढाइन्छ । कार्ल माक्र्सको बारेमा पढाउँदा सुरुमा म विद्यार्थीलाई उहाँको बारेमा के थाहा छ भनी सोध्छु । धेरैले नकारात्मक कुरा बताउँछन् । जस्तो :

  • माक्र्स साम्यवादका पिता थिए र साम्यवाद खराब हो ।
  • माक्र्सवाद सोभियत सङ्घ र क्युबासँग सम्बन्धित छ । शीतयुद्धको बेलादेखि ती देश हाम्रो देशका शत्रु हुन् ।
  • माक्र्सले सबैथोक एकनास बनाउन चाहन्थे र कसैलाई स्वतन्त्रता दिन चाहन्नथे ।
  • माक्र्स कट्टर व्यक्ति थिए । उनी क्रान्ति चाहन्थे ।
  • माक्र्सका विचार आज असान्दर्भिक छन् किनभने साम्यवाद पराजित भइसकेको छ र सर्वत्र पुँजीवाद कायम भइसकेको छ ।
    मिडियामा आउने विज्ञ र राजनीतिज्ञका कुरा सुन्नुभयो भने माक्र्सबारे जे पायो त्यही भन्नुलाई आज पनि सामान्य मानिन्छ । खासमा आज पनि अमेरिकामा कसैलाई गाली गर्नुप¥यो भने माक्र्सवादी भन्ने चलन छ । एक माक्र्सवादीलाई संसारमा भएका सबै असल चीजको वा भनौँ अमेरिकीहरूको विरोधी मानिन्छ ।
    माक्र्स र उहाँका विचारप्रति पक्षपाती भावना व्याप्त छ । त्यसैले कलेज पढ्ने धेरै विद्यार्थीमा उहाँप्रति नकारात्मक धारणा हुनु स्वभाविक हो । माक्र्सले आजभन्दा डेढ सय वर्षअघि जे लेख्नुभयो त्यो कुरा उबेलाभन्दा आज झन् बढी सान्दर्भिक र व्यवहारिक देखिन आएको छ । उहाँका विचारलाई साँच्चै बुझ्ने हो भने हामीमध्ये धेरैले आफूलाई पनि माक्र्सवादी पाउनेछौँ । यो कुरा सुन्दा धेरै विद्यार्थी अचम्मित हुन्छन् ।
    यो कुरा पुष्टि गर्न म वर्ग समाजको विषयमा बोलिरहने एक विश्लेषकको उदाहरण दिन्छु । जेफ फक्सवर्दी एक हाँस्य कलाकार हुन् । उनको शैलीमा कार्ल माक्र्सका मुख्य–मुख्य विचारबारे चर्चा गरौँ :
  • तपाइँले ‘अन्त्यमा सबथोक पैसा नै हो’ भन्नुभयो वा अर्थतन्त्र नै समाजको चालक शक्ति हो भनी मान्नुभयो भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है । माक्र्सले यसलाई ऐतिहासिक भौतिकवाद भन्नुभयो । हाम्रो जीवन क्रमशः विकसित हुन्छ र हाम्रा आधारभूत भौतिक आवश्यकता (गास, बास, कपास आदि) को परिपूर्ति गर्ने दौडधुपले हाम्रो जीवनलाई आकार दिन्छ ।
  • तपाईँलाई संरा अमेरिका र विश्वभरि नै धनी–गरिबबीचको खाडल बर्सेनि बढिरहेको कुरामा चासो छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है । माक्र्सले पूर्वघोष गर्नुभएको थियो । पुँजीवादी शासनमा आयको असमानता हुन्छ र धनीहरू झन्झन् धनी हुँदै जान्छन् भने गरिबहरू झन्झन् गरिब हुँदै जान्छन् । यसले अन्त्यमा जताततै सामाजिक अस्थीरता मच्चाउँछ भनी माक्र्सले सबैलाई सचेत गराउनुभएको थियो ।
  • तपाईँ हामी विश्वव्यापीकरणको युगमा छौँ भनी मान्नुहुन्छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है । ‘कम्युनिस्ट घोषणापत्र’ विश्वकै प्रसिद्ध तथा सर्वथा महत्वपूर्ण राजनीतिक रचना हो । त्यो पुस्तक माक्र्स र उहाँका साथी एँगेल्सले मिलेर लेख्नुभएको थियो । पुस्तकमा उहाँहरूले सन् १८४८ मै पुँजीवाद एकदिन सस्ता ज्यामी र आफ्ना मालसामान बेच्ने नयाँ–नयाँ बजारको खोजीमा विश्वभरि फैलिनेछ भनी भविष्यवाणी गर्नुभएको थियो । संयुक्त पुस्तक हो । आजका सबै राजनीतिज्ञ र अर्थविद् यो कुरामा सहमत छन् । आजको विश्वव्यापी सत्य यही हो ।
  • तपाईँले धेरै मानिसले जीवनमा अलग्गिएको, रित्तो, असन्तुष्ट र भ्रममुक्त भएको महसुस गर्दै हुनुहुन्छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है । आफ्नो विद्यालय, जागिर वा आफ्ना सामाजिक सम्बन्धहरूमा तपाईँले भित्री मनदेखि नै जोडिएको महसुस गर्नुहुन्न भने तपाईँ अलगाव वा विलगताको सिकार हुनुहुन्छ भनेर माक्र्सले नै भन्नुभएको थियो ।
  • तपाईँले आफूले खरिद गरेका मालसमान बनाउनेहरूमा भन्दा ती सामानमा बढ्दा रुचि लिइरहेको मान्नुहुन्छ वा यसले गर्दा चिन्तित हुनुहुन्छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है । हामीले किन्ने र प्रयोग गर्ने सबै सामानमा मान्छेको श्रम लागेको हुन्छ । धेरैजसो मानिसले यसबारे कहिल्यै सोच्दैनन् । के तपाईँले कहिल्यै आफ्नो लुगा, मोबाइल वा खेलकुद सामग्री बनाउने ती टाढाटाढाका कष्टकर कारखानामा मरीमरी काम गर्ने मानिसहरूबारे कहिल्यै सोच्नुभएको छ ? अथवा, के सुपरमार्केटमा चिटिक्क सजाएर राखिएका फलफूल र तरकारी उत्पादन गर्ने विदेशी आप्रवासी मजदुरहरूबारे घोत्लिनुभएको छ ? यसरी राम्रा–राम्रा उत्पादित माल चाहने तर त्यसलाई उत्पादन गर्ने उत्पादकलाई चटक्कै बिर्सने प्रक्रियालाई माक्र्सले मालपुजा भन्नुभएको छ ।
  • तपाईँलाई तपाईँको सामाजिक हैसियत (तपाईँको लिङ्ग, जाति, कक्षा, राष्ट्रियता, योग्यता, धर्म आदि) ले तपाईँको विचार, विश्वास र भावना निर्धारण गर्छ भन्ने लाग्छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है । कतिपय मानिसहरू आफ्नो विचारलाई आफ्नो सामाजिक हैसियत भन्दा एकदम अलग र स्वतन्त्र छ भन्ठान्छन् । तिनीहरू आफ्नो शरीर वा व्यक्तित्वलाई आफ्नो विचारको मुहान ठान्दै भन्छन्, “आफू त यस्तै हो नि ब्रो, म यस्तै जन्मेको थिएँ ।” समाजशास्त्रीहरू यो विचार मान्दैनन् । कोही पनि जन्मजात जातिवादी हुँदैन । कोही पनि जन्मजात डाक्टर वा अपराधी हुँदैन । हामीले कसरी संसारलाई हेर्छौँ ? विश्वमा कसरी आफ्नो स्थान बनाउँछौँ ? यी कुरामा हाम्रो सामाजिक हैसियतले ठूलो भूमिका खेल्छ । यो समाजशास्त्रको आधारभूत सिद्धान्त हो । यो सिद्धान्त माक्र्सले नै दिनुभएको थियो, “(व्यक्तिको) चेतनाले तिनको अस्तित्व निर्धारण गर्दैन बरु तिनको सामाजिक अस्तित्वले नै तिनको चेतना निर्धारण गर्छ ।”
    संसारका सबै महान चिन्तक र लेखकले जस्तै माक्र्सले पनि केही गलत कुरा भन्नुभयो । सबैलाई थाहा छ, उहाँले पुँजीवादलाई साम्यवादले विस्थापित गर्छ भनी भविष्यवाणी गर्नुभयो । त्यो गलत सिद्ध भयो । तर, यसो भन्दैमा के उहाँले भनेका सबथोक अस्वीकार गर्न जरुरी छ त ? थाङ्नो फाल्दा बच्चा पनि फाल्नु बुद्धिमानी हो र ?
    समाजशास्त्रको आँखाबाट हेर्दा माक्र्सले साँच्चिकै दूरगामी विचार दिनुभयो । ती विचारले अन्तरदृष्टि दिन्छन् । आज हामी जून राजनीतिक र आर्थिक अवस्थामा भए पनि माक्र्सले डेढ सय वर्षअघि भन्नुभएका धेरै कुरा सत्य थिएनन् भन्न मिल्ने अवस्था छैन । यसको अर्थ तपाईँले छातीमा ‘मलाई माया गर्नुस्, म माक्र्सवादी हुँ’ भनी लेखेको ब्याच लगाएर हिँड्नुपर्छ भनेको होइन । तर, अब कहीँ जाँदा कसैले ‘तँ माक्र्सवादी’ भनी कसैलाई गाली गरेको देख्नुभयो भने रोकिएर सोच्नुहोला । त्यो गाली कुनै चिल्लो गाडी वा आलिसान घरबाट गरिएको हुनुपर्छ ।
    मैले समाजशास्त्रबारे सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छु । सुरुमा मैले ‘तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है’ भनी पोस्ट गरेको थिएँ । त्यसमा मैले लेखेको थिएँ – संरा अमेरिकामा कार्ल माक्र्सप्रति धेरैको धारणा नकारात्मक छ, तैपनि माक्र्सका विचारले हाम्रो वर्तमान सामाजिक र आर्थिक यथार्थको सटिक व्याख्या गर्छन् । वास्तवमा, उहाँका केही विश्लेषणात्मक निष्कर्ष मात्र बुझे हामीमध्ये धेरैले आफूलाई ‘माक्र्सवादी’ मान्न सक्छौँ । माक्र्सबाट हामीले धेरै सामाजिक अन्तरदृष्टि पाउँछौँ । त्यसकारण, उहाँलाई धेरैले समाजशास्त्रका एक संस्थापक व्यक्ति मानेका हुन् ।
    संरा अमेरिकामा सन् २०१२ को अमेरिकी निर्वाचनको सरगर्मी थियो । चुनावी प्रचारका क्रममा बाराक ओबामालगायत धेरै नेतालाई माक्र्सवादी (कम्युनिस्ट/समाजवादी) भन्दै गाली गरियो । ती आलोचकहरूलाई सम्भवतः माक्र्सका वास्तविक विचारबारे धेरै ज्ञान थिएन । माक्र्सवादी भन्नु अमेरिकी राजनीतिक मञ्चमा सबैभन्दा खराब गाली हो । त्यसैले मात्र तिनले माक्र्सको नाम उछालेर गाली गरेका थिए ।
    हामी समाजशास्त्री हौँ । त्यसैले आज पनि उहाँका विचारहरू उत्तिकै सान्दर्भिक छन् भन्ने हामीलाई हेक्का छ । समाजमा धेरै मानिसको सोच माक्र्सवादसँग मेल खान्छ पनि । त्यसैले माक्र्सले गर्नुभएको सामाजिक विश्लेषण बुझ्नु आवश्यक छ । यहाँ हामी केही उदाहरण दिन्छौँ । यी विचार मूलधारमै छन् ।
    अब हामी मूलतः ‘कम्युनिस्ट घोषणापत्र’ मा व्यक्त विचारबारे चर्चा गर्नेछौँ । विश्वमै बढी बिक्ने सदावहार पुस्तक हो – ‘कम्युनिस्ट घोषणापत्र’ । प्रस्ट भाषामा लेखिएको र माक्र्सका अन्य रचनाको दाँजोमा सजिलै पाइने पुस्तक पनि हो यो । कुनै बेला ‘न्युयोर्क टाइम्स’ ले यस पुस्तकबारे टिप्पणी गरेको थियो िसामाजिक अस्तित्वमाथि गहिरो अन्तरदृष्टि दिने श्रेष्ठ कृति । यसको अर्थ हामी समाजशास्त्रले महसुस गरेका छौँ ।
    म पुनः जेफ फक्सवर्दीकै हास्य शैली पछ्याउँछु । माक्र्सका केही विचार :
  • तपाईँलाई आजका धेरै वातावरणीय समस्याहरू (जस्तै जलवायु परिवर्तन, वन फडानी, प्रदूषण, सफा पानीको अभाव आदि) बढी उत्पादन र उपभोगतर्फ विश्व अर्थतन्त्रको दबाबका कारण उत्पन्न भएको लाग्छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है ।
    माक्र्स र एँगेल्सले चेतावनी दिनुभएको थियो । नाफाको अगस्ती भोकका कारण पुँजीवाद ‘पृथ्वीका सबै कुनाकाप्चामा पुग्नुपर्छ । यसले सबैतिर बास बस्नुपर्छ, सबैतिर बास गर्नुपर्छ र सबैसित साइनो लाउनुपर्छ ।’ पुँजीवादी उत्पादनको लालसाले गर्दा वातावरण विनष्ट हुन्छ । यसबारे पनि माक्र्सले लेख्नुभयो, “पुँजीवादी कृषिमा हुने सम्पूर्ण प्रगति खासमा माटो लुट्ने कलाको प्रगति हो । निश्चित कालका लागि माटोको उर्वरता बढाउनमा हुने सबै प्रगति त्यो उर्वरताको टिकाउ स्रोत नष्ट गर्ने दिशामा हुने प्रगति हो ।”
  • तपाईँ औद्योगिक क्रान्तिको युग यता भएको चमत्कार (जस्तो गगनचुम्बी महल, पुल र बाँधलगायत वास्तुकलाका करामत तथा अन्तरिक्ष यात्रा, भू–उपग्रहमा आधारित सञ्चार र रोबोटिक्सलगायत प्राविधिक उपलब्धि) देख्दा चकित पर्नुभएको छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है ।
    माक्र्सले पुँजीवादलाई घृणा गर्नुभयो र त्यसलाई धेरै सामाजिक विकृति ल्याएको दोष दिनुभयो । किनभने, पुँजीवादले जन्माएको विकृति देखेर माक्र्स तर्सिनुभएको थियो । माक्र्स र एँगेल्सका निम्न शब्द आज पनि उत्तिकै सान्दर्भिक छन् जति सन् १८४८ मा थिए, “पुँजीपति वर्गले भीमकाय र सिर्जनशील उत्पादक शक्तिको विकास गरेको छ । यसअघि आएका सबै पुस्तालाई जोड्दा समेत उत्पादनमा पुँजीवादले आफूअघिका सबैलाई माथ दिएको छ । प्राकृतिक शक्तिलाई मान्छेको अधीनमा ल्याउनु, उद्योगधन्दा र कृषिमा मेसिन र रसायन विज्ञानको प्रयोग, स्टीम इन्जिन, रेलमार्ग, विद्युतीय टेलिग्राफ, कृषिका लागि समस्त महादेशलाई फाँड्नु, नदीलाई नहरमा फेर्नु र जमिनमाथि निर्भर सम्पूर्ण जनता – यी सबै आधुनिक युगका चमत्कार हुन् ।”
  • तपाईँले प्रविधिको क्षेत्रमा आज हुने नवप्रवर्तन भोलि पल्ट पुरानो भइहाल्ने र एकथरी सञ्चारको विधिमा हात बस्न पाएको हुन्न अर्को विधि आइहाल्ने जस्ता झिँजोलाग्दा परिवर्तनहरू महसुस गर्नुभएको छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है ।
    माक्र्स र एँगेल्सले समाजमा हुने यस्तो तीव्र विकासको व्याख्या गर्नुभयो । तीव्र सामाजिक विकासले गर्दा जरा गाड्न नपाउँदै कुनै चीजको म्याद सक्किन्छ । यो पुँजीवादी युगको विशेषता नै हो । “उत्पादनमा निरन्तर क्रान्ति आइरहेको हुन्छ । सम्पूर्ण सामाजिक अवस्थामा अविकल खलल पुगिरहन्छ । सधैँ अस्थिरता मच्चिरहेको हुन्छ ।” परिवर्तनको तीव्र गतिलाई काव्यात्मक शैलीमा ‘कम्युनिस्ट घोषणापत्र’ मा माक्र्स र एँगेल्सले उद्घोष गर्नुभयो, “ठोस वस्तु सबै हावामा पग्लेर जान्छ ।”
  • तपाईँ विश्वको पछिल्लो आर्थिक मन्दी एकहदसम्म मान्छेको लोभ, अति उत्पादन र कर्पोरेटहरूको स्वार्थमा नियमन नगर्नाले आएको मान्नुहुन्छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है ।
    माक्र्स र एँगेल्सले पुँजीवादलाई एउटा धामीसँग तुलना गर्नुभयो । “पुँजीवाद त्यस्तो झाँक्री जस्तो हो जसले मन्त्र फुकेर पातालको शक्ति बाहिर त निकाल्न सक्छ तर त्यसलाई नियन्त्रण गर्न सक्दैन ।” उहाँहरूले पुँजीवादमा निश्चित अवधिभित्र ‘व्यापार सङ्कट’ फर्किरहने र यस्तो सङ्कट ‘अति उत्पादनको महामारी’ का कारण उत्पन्न हुने बताउनुभयो ।
  • तपाईँ घर र काम दुवैतिर महिलाले पूर्ण समानता पाउनुपर्छ भन्नुहुन्छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है ।
    यसलाई तन्काएर माक्र्स महिलावादी हुनुहुन्थ्यो भन्न सकिन्छ । पुँजीपतिहरूले आफ्ना पत्नीलाई तिनका मजदुरलाई हेरे जस्तै सामान्य सम्पत्तिको रुपमा हेरेकोमा माक्र्स र एँगेल्सले आलोचना गर्नुभयो । यस्तो अलगावपूर्ण सामाजिक बन्दोवस्तमा ‘वास्तविक उद्देश्य महिलालाई फगत उत्पादन गर्ने औजारको स्तरबाट माथि उकास्नु’ हुनुपर्ने माक्र्स–एँगेल्सले तर्क राख्नुभयो ।
    तपाईँ अरुको सहयोगबेगर कसैले पनि वित्तीय सफलता हासिल गर्दैन भनी मान्नुहुन्छ भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है ।
    माक्र्स र एँगेल्स एकदम स्पष्ट हुनुहुन्थ्यो िधनको सञ्चय व्यक्तिगत उपलब्धि नभएर समाजको सिर्जना हो । “एक पुँजीपति हुनुको अर्थ उत्पादनमा विशुद्ध व्यक्तिगत स्थान मात्र नभई सामाजिक स्थान पनि लिनु हो । पुँजी एक सामूहिक उपज हो ।” यो कोण अमेरिकामा खुब प्रचार गरिने व्यक्ति आफ्नै बलबुतामा ‘आत्मनिर्मित करोडपति’ बन्न सक्छ भन्ने मिथकविरुद्ध जान्छ । पुँजीवादी समाजमा धन र सफलताको विषयमा खुब छलफल गरिन्छ । तर, ती बहसमा लुकाइने कुरा के भने कुनै पनि व्यक्तिले आफ्नो योग्यताको भरमा वित्तीय स्थीरता हासिल गर्न सक्दैन । खासगरी धनकुवेरको मामिलामा यो कुरा ठ्याक्कै मिल्छ । धेरैजसो धनकुवेरको आर्थिक पृष्ठभूमि बलियो हुन्छ । हालै गरिएको एक अध्ययन (तेस्रो तलामा जन्मिनेहरू) बाट यो निष्कर्ष निस्केको हो ।
  • तपाईँ आफूलाई माक्र्सवादी मान्नुहुन्न भने तपाईँ माक्र्सवादी हुन सक्नुहुन्छ है !

प्रायः माक्र्सको एउटा भनाइ खुब दोहो¥यान्छ, “मलाई कति थाहा छ भने म माक्र्सवादी होइन ।” यो भनाइ कसैले पनि माक्र्सको बोलाइ वा लेखाइमा पाउँदैन । बरु एँगेल्सले एक पत्रमा माक्र्सले त्यसो भन्नुभएको थियो भनी लेख्नुभयो । तथापि, आफू जीवित छँदै आफ्नो विचारलाई तोडमोड गरिँदै छ भन्ने हेक्का माक्र्सलाई थियो । यसकारण, उहाँले आफ्नो विचारलाई मूर्ति पुजेझैँ पुज्ने कार्यविरुद्ध चेतावनी दिनुभयो ।
माथि हामीले माक्र्सका विचारबारे ते¥ह उदाहरण दियौँ । माक्र्सले जे कुराको पैरवी गर्नुभएको थियो त्यो हामीमध्ये धेरैले सोचेभन्दा उति बढी फरक छैन । हामी पाठकलाई माक्र्सवादी बन्नैपर्छ भन्दैनौँ । तर, मान्छेले माक्र्सको योगदानबारे पूर्वाग्रह नराखी गहिराइमा गएर आजको समाजलाई बुझ्नुपर्छ भन्ने हाम्रो विश्वास छ । हामी ‘कम्युनिस्ट घोषणापत्र’ पढौँ र आफ्नै प्रयासले माक्र्सलाई बुझौँ भन्छौँ । के थाहा माक्र्सका केही रचना पढेपछि उहाँ र आफूलाई उस्तै पाउनुहुन्छ कि !

(स्रोत : एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *