क्यानाडाका प्रधानमन्त्री कार्नीद्वारा नेतन्याहुको गिरफ्तारी प्रस्तावलाई समर्थन
- कार्तिक ७, २०८२
पाठ ७
आज पनि चेको उपस्थिति र शक्तिको विषयमा मैले बोलेको कुराको प्रमाणस्वरूप म एउटा प्रश्न सोध्न चाहन्छु । आभार र प्रशंसाको गहिरो भावना तथा पूर्ण विश्वाससाथ चेलाई स्मरण गर्ने योभन्दा राम्रो दिन के अरु कुनै हुनसक्छ ? सही प्रक्रियाको मध्यमा आइपुगेको समयमा यो विशेष वार्षिक उत्सवभन्दा राम्रो क्षण के अरु के हुनसक्छ ?
हामीले के सुधार गरिरहेका छौँ ? हामी सबै कुराहरू, क्रान्तिकारी भावना, क्रान्तिकारी काम, क्रान्तिकारी गुण, क्रान्तिकारी प्रयास, क्रान्तिकारी उत्तरदायित्व, जनतामाझको ऐक्यबद्धताको भावनाबाट टाढा गएको कुरा सच्याइरहेका छौँ । चेको विचार, उनको क्रान्तिकारी विचार, उनको प्रवृत्ति, उनको भावना र उदाहरणको ठीक विपरीतको आडम्बर र बेवास्तालाई हामी सच्याइरहेका छौँ ।
यदि चे यस डबुमा बसिरहेको भए उनी खुसी हुने कुरामा म विश्वस्त र सा¥है स्पष्ट छ । हामीले अहिले जे गरिरहेका छौँ । त्यसमा उनी खुसी हुन्थे । समाजवाद निर्माणको क्रममा विभिन्न विचार, प्रक्रिया र खराब बानीहरू जन्मेका अपमानजनक, अस्थिर अवधिले उसलाई धेरै दुःखी बनाउँथ्यो । यसले चेलाई तीतो अनुभव गराउँथ्यो ।
उदाहरणको लागि चेलाई सबभन्दा मनपर्ने काम तथा हाम्रै देशमा रहँदा उनले छाडेका राम्रा कामहरूमध्ये एक स्वयम्सेवकको काम हराउँदै गइरहेको थियो । त्यो औपचारिकतामा मात्र सीमित रह्यो । यो विशेष दिन वा आइतबारमात्र गरिने भयो । जनता कहिलेकाहीँ जथाभावी रूपमा यस्ता कुराहरू गर्थे ।
स्वयम्सेवी काम आधारभूत वा आवश्यक नभएको कर्मचारी दृष्टिकोण वा प्राविधिक दृष्टिकोणले जरा गाड्न थालियो । स्वयम्सेवी काममा लाग्नु, समय खेर फाल्नु हो, समस्याहरूलाई थप समयमा काम गरेर सुल्झाउनुपर्ने जस्ता विचारले व्यापकता पाउन थाल्यो तथा नियमित कार्य समयको सक्षमतापूर्वक उपयोग भएन । हामी कर्मचारीतन्त्र, अतिरिक्त कर्मचारी भार, पुरानो भइसकेको कार्य नियम, छलकपट र झूटको दलदलमा डुबेका थियौँ । हामी नराम्रा बानीहरूमा फसेका थियौँ । चेले यो सबै देखेका भए उनी सा¥है व्याकुल (खिन्न) हुन्थे ।
क्युवाली क्रान्तिमा उद्योगधन्दाहरू नाफा कमाउने निहुँ बनाउन तयार भएको कुरा चेले थाहा पाएका भए उनी स्तब्ध हुन्थे । उद्योगधन्दाहरू नाफामुखी हुन चाहेको तथा पुरस्कार, लाभांशहरू दिन चाहेको तथा तिनीहरूलाई बनाउन छुट्याएका सामग्रीहरू बिक्री गरेको कुरा चेले थाहा पाएका भए उनी स्तब्ध हुन्थे ।
राजधानीकै १५ वटा नगरपालिकामा घर मर्मत गर्ने जिम्मेवारी पाएका १५ वटा त्यस्ता व्यवसायीहरूमा यसो भएको थियो–यो एउटा उदाहरणमात्रै हो । तिनीहरूले वार्षिक ८ हजार पेसो बराबर कार्य गरेको देखाए पनि वास्तवमा तिनीहरूले ४ हजार पेसो बराबरको वा त्योभन्दा पनि कमको मात्र काम गरेका थिए । तसर्थ, तिनीहरू नाफामा थिएनन् । चोरी गरेपछि मात्र तिनीहरूले नाफा पाउने भए । जनवरीमा सिध्याउनुपर्ने काम डिसेम्बरमै गरेको निहुँ बनाएर आफ्नो उत्पादन कार्य पूरा गरेको वा बढी गरेको छल गर्ने व्यवसायीहरू रहेको कुरा चेलाई बताइएमा चे स्तब्ध हुन्थे । आफ्नो उत्पादन कार्य पूरा नगरी तथा पुरस्कारहरू बाँड्ने, समान रूपले उत्पादन गर्नुपर्नेमा काम नाफा दिने सामानहरूको उत्पादन नगरी बढी मूल्य पर्ने वस्तुहरूको उत्पादनमा मात्र व्यस्त रहने व्यवसायीहरू रहेको कुरा चेले थाहा पाएका भए अझ उनी स्तब्ध हुन्थे ।
उत्पादन नियमहरू यस्तो सुस्त, कमजोर र अनैतिक रहेको देखियो । किन त्यही समयमा कुनै कुनै अवसरमा सबै मजदुरहरूले दुई वा तीनपटक पूरा गर्ने कुरा थाहा पाएको भए चे स्तब्ध हुन्थे । जनताको चासो र तिनीहरूको आधारभूत प्रेरणा नै पैसा बन्न थालेको कुरा चेले थाहा पाएको भए उनी स्तब्ध हुन्थे । यो विरुद्ध हामीलाई धेरैपटक चेतावनी दिने चे यसबाट दुःखी हुन्थे । काम गर्ने समय घट्दै गयो तथा लाखौं घण्टा अधिक समय काम भएको जानकारी दिइयो । हाम्रा मजदुरहरूको मानसिकता भ्रष्ट हुँदै गइरहेको र उनीहरूको मथिङ्गलमा पेसोमात्रै भइरहेको थियो ।
ती नै पुरानो पुँजीवादी बाटोहरूमा हिँडेर साम्यवाद प्राप्त नहुने तथा ती बाटोहरू पछ्याउनु भनेको ऐक्यबद्धता र अन्तर्राष्ट्रवादका विचारहरू बिर्सनु हो भन्ने हामीले बिर्सेको कुरा चेले थाहा पाए उनी स्तब्ध हुन्थे । ती बाटोहरू पछ्याउनु भनेको कहिल्यै पनि नयाँ मानव जाति र समाज विकास नगर्नु हो । उत्पादनसँग कुनै सम्बन्ध नभए तापनि लाभांश तथा सबै प्रकारका लाभांश वितरण गरिने दिन आउने कुरा चेलाई बताइएको भए उनी स्तब्ध हुन्थे ।
देश, जनता र उच्च स्तर (उच्च स्तर तिनीहरूको लागि कुनै अर्थ राख्दैन, तिनीहरूलाई पैसा कमाउनुसँग मात्र मतलब छ) लाई बिर्सँदै पुँजीवादसँग खेलेर, पुँजीवादीहरूको समूहले भरिएको व्यवसायीहरूको समूह चेले देखेका भए उनी स्तब्ध हुन्थे ।
उखु काट्ने तथा अन्य धेरै शारीरिक श्रम पर्ने क्रियाकलापहरूमा उत्पादन नियम लागु गर्नेबाहेक बौद्धिक काम, रेडियो र टेलिभिजनको काम, एक चिरफार गर्ने चिकित्सकको काममा पनि उत्पादन नियम लागु गर्नु अर्थात् उखु काट्ने शारीरिक र भौतिक गतिविधि गर्नुभन्दा तिनीहरूलाई आफ्नै काम गर्न दिएको भए आम्दानी दोब्बर र तेब्बर हुने तर्क दिएको उनले सुनेका भए उनी स्तब्ध हुने कुरामा निश्चयताका साथ भन्न सक्छु किनभने यीमध्ये कुनै पनि बाटोले साम्यवादतर्फ डो¥याउँदैनन् । यसको विपरीत यी बाटोहरूले खराब बानी र पुँजीवादतर्फ डो¥याउँछ ।
ती बाटोले हामीलाई साम्यवादतर्फको पहिलो सङ्क्रमणकालीन बाटो समाजवाद निर्माणतर्फ कहिल्यै डो¥याउँदैन भन्ने कुरा म दोहो¥याउँछ तथा चे यस तथ्यप्रति अवगत थिए । तर, चे सरल, आर्दशवादी वा सत्यतासँग सम्बन्ध नराख्ने व्यक्ति थिएनन् । चे सबै कुरा बुझ्थे तथा वास्तविकतालाई ध्यानमा राख्थे । तर, तथ्यप्रति अवगत थिए तर चे मानव जातिमा विश्वास गर्थे । यदि हामी मानव जातिमा विश्वास गर्दैनौँ भने, यदि हामी मानिसहरूलाई नसुध्रिने स–साना जनावर, घाँस खुवाए वा गाजरको लोभ देखाए वा लठ्ठीले हानेमात्र अगाडि बढ्न सक्षम जनावरको रूपमा लिन्छौँ भने यस्तो कुरामा विश्वास गर्ने व्यक्ति कहिल्यै क्रान्तिकारी हुन सक्दैन । यस कुरामा विश्वस्त कुनै पनि व्यक्ति कहिल्यै समाजवादी बन्नेछैन, कम्युनिस्ट बन्नेछैन ।
हाम्रो क्रान्ति मानव जातिमाथि विश्वासको उदाहरण हो किनभने हाम्रो क्रान्ति शून्यबाट सुरु भएको थियो । हामीसँग एउटा पनि हतियार थिएन, एक पेसो पनि थिएन । कसरी सङ्घर्ष सुरु गर्ने भन्ने कुरा पनि थाहा थिएन तथापि हामीले सम्पूर्ण शक्ति लगाएर सामना गर्यो । हामीले तिनीहरूको सयौँ लाख पेसो हजारौँ सैनिकको सामना ग¥यो । हाम्रो क्रान्तिको विजय भयो किनभने हामीले मानवतामा विश्वास गर्यो । यसैबाट हाम्रो विजय सम्भव भयो साम्राज्यवादसँगको भिडन्त सफल भयो । हामी यति टाढा आउन सक्यौँ । हामी क्रान्तिको विजयको २९ औँ वार्षिकोत्सवबाट केही समयमात्र टाढा छौँ । यदि हामीले मानव जातिमाथि विश्वास नगरेको भए यो कसरी सम्भव हुन्थ्यो ?
मानव जातिप्रति चेको ठुलो विश्वास थियो । चे यथार्थवादी थिए तथा भौतिक प्रोत्साहनलाई अस्वीकार गर्दैनथे । समाजवाद निर्माण गर्दाको सङ्क्रमणकालीन चरणमा उनले त्यसलाई आवश्यक ठाने । तर चेले चेतनाको तत्व र नैतिक तत्वलाई बढीभन्दा बढी महत्व दिए ।
तथापि पुँजीवादबाट भर्खरैमात्र अगाडि बढेको व्यक्ति र समाजको वास्तविकताप्रति चे अपयार्यवादी र अपरिचित थिए भनी विश्वास गर्नु हाँसो मात्र हुनेछ ।
तर, चे काममा विश्वास गर्ने व्यक्ति, एक सैनिक, एक नेता, एक सैनिक व्यक्तित्व, एक छापामार, एक उदाहरणीय व्यक्तित्व, हरेक कुरामा अगाडि रहने व्यक्ति, आफूले नगर्ने काम अरुलाई कहिल्यै गर्न अनुरोध नगर्ने, सही, इमानदार, शुद्ध, साहसी र आफ्ना सहपाठीहरूसँग ऐक्यबद्धता राख्ने व्यक्तित्वको रूपमा चिनिन्थे । उनले यस्ता गुणहरू बोकेका थिए तथा अरुले पनि उनलाई यही गुणहरूको कारणले स्मरण गर्थे ।
चे एकदम गम्भीर विचारका व्यक्ति थिए उनले क्रान्तिको प्रथम वर्षका महत्वपूर्ण क्षणहरूमा गहिराइपूर्वक संलग्न हुने असाधारण अवसर पाए । उनका गुणहरूको कारण कुनै पनि महत्वपूर्ण काम गर्न कसैको आवश्यकता पर्दा चे सधँै त्यहाँ उपस्थित हुन्थे । उनी सधैं एक बहु–आयामिक व्यक्ति थिए । जुनसुकै काम दिइए तापनि उनी त्यसलाई गम्भीर र उत्तरदायीपूर्वक पूरा गर्थे ।
उनी राष्ट्रिय कृषि सुधार संस्थान (National Institute of Agricul–tural Reform) मा आबद्ध थिए । मुख्य उद्योगहरू राष्ट्रियकरण नहुँदा, केही कारखानामाथि मात्रै नियन्त्रण कायम हुँदा आफ्नै नियन्त्रणमा केही उद्योगहरू राख्ने व्यवस्था मिलाए । उनले अर्को जिम्मेवारी राष्ट्रिय बैङ्क (National Bank) को नेतृत्व गरे तथा उनले उद्योग मन्त्रालयको पनि नेतृत्व गरे । त्यसबेलासम्म सबै कारखानाहरू राष्ट्रियकरण गरिसकिएको थियो । हरेक कुराको सङ्गठन गर्नु परेको थियो र उत्पादन कायम राख्नु आवश्यक थियो । अन्य धेरै कामहरूसँगै चेले त्यसको पनि जिम्मेवारी लिए । उनी दिन–रात, शनिबार र आइतबारसमेत काम गर्थे । उनी दीर्घकालीन समस्या समाधान गर्न तयार भए । त्यसपछि आफूले बुझेजस्तै देखेजस्तै, माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरू उत्पादनका सङ्गठनहरूमा लागू गरे ।
त्यस्तो काम उनले धेरै वर्षसम्म गरे । उनले धेरै बोले । ती विषयहरूमा धेरै लेखे । उनी एउटा विस्तृत सिद्धान्त विकास गर्न सक्षम भए । यही सिद्धान्तमा आधारित रही समाजवाद निर्माण गर्नसकिन्छ तथा यसबाट कम्युनिस्ट समाजतर्फ अगाडि बढ्न सकिन्छ ।
हालै यी सबै विचारलाई जम्मा गरेर एक अर्थविद्ले एउटा पुस्तक लेखे जसलाई कासा डेलास अमेरिका (Casa Delas America) पुरस्कार प्राप्त भयो । समाजवाद निर्माणमा निर्णायक हुने चेका सम्बोधन, लेखहरूबाट चेको आर्थिक विचारहको सार झिकेर लेखकले पुस्तकमा प्रस्तुत गरे । पुस्तकको नाम चेको आर्थिक विचार (Che’s Economics Thought) थियो । उनका अन्य गुणहरू स्मरण गर्नमा कति प्रयास गरिएको छ भने हाम्रो देशमा उनको यो पक्षलाई धेरै उपेक्षा गरियो जस्तो मलाई लाग्छ । चेले धेरै गम्भीर र साहसिक विचारहरू अपनाए जुन पहिले नै लिइएका धेरै बाटाहरू भिन्नाभिन्नै थियो ।
सारमा भन्ने हो भने चे समाजवादको निर्माणमा पुँजीवादी आर्थिक नियमहरूको प्रयोग र विकासको विरोधमा थिए । उनले त्यही कुराको वकालत गरे जसमा मैले सदा जोड दिएको छु, त्यो हो समाजवाद र साम्यवादको निर्माण । धन उत्पादन गर्ने र बाँड्नेमात्र विषय होइन, शिक्षा र चेतनाको पनि विषय हो । पुँजीवादबाट समाजवादमा परिवर्तन भएका यी विषयहरूलाई नयाँ समाव बनाउने ज्यावलको रूपमा प्रयोग गर्ने कुराको विरोधमा चे थिए ।
अहिले चेका केही विचारलाई गलत रूपमा व्याख्या गरिएको छ गलत रूपमा प्रयोग गरिएको छ । तिनीहरूलाई व्यवहारमा उतार्ने कुनै पनि गम्भीर प्रयास गरिएन तथा चेको आर्थिक विचारभन्दा विपरीत विचारले ठाउँ लिन थालियो ।
यो विषयमा गहिराइमा जाने अवसर होइन । म एउटा विचार व्यक्त गर्न इच्छुक छु–आज चेको २० औँ वार्षिक जयन्तीको अवसरमा हामी सबै संलग्न रहेको सुधार प्रक्रियाको मध्यमा । सुधार प्रक्रिया भनेको उग्रवाद होइन सुधार प्रक्रिया भनेको आदर्शवाद होइन, सुधार प्रक्रियाले यथार्थवादको अभावलाई व्यक्त गर्न होइन, सुधार प्रक्रियाले अकस्मात् परिवर्तन नल्याउने कुरा हामी बुझ्दछौँ ।
सुधार प्रक्रिया भनेको पुराना समस्याहरूको नयाँ समाधान खोज्नु हो । बढिरहेका धेरै नकारात्मक प्रक्रियाहरू सुधार्नु हो, हामीसँग भएका प्रणाली र प्रक्रियाहरू सुधार्नु हो, हामीसँग भएका प्रणाली र प्रक्रियाको सही प्रयोग गर्नु हो । आर्थिक व्यवस्थापन (Economic Management) र योजना प्रणाली (Planning System) एउटा घोडा हो । एउटा कमजोर, बिरामी घोडा जसको हामी उपचार गरिरहेका छाँै तथा भाँचिएको खुट्टालाई ठड्याउन काठको आड दिइरहेका छौ । छोटकरीमा भन्ने हो भने घोडालाई उभ्याउने प्रयास गरिरहेका छौँ । हामीले अहिले गर्नुपर्ने काम भनेको त्यो घोडाको खराब बानी, अवगुण, त्यो कसरी अगाडि बढ्छ भन्ने कुरा बुझेर त्यसलाई आफ्नो बाटोमा र अगाडि बढाउन प्रयास गर्नु हो । उसले कहाँ लग्यो त्यहाँ जानु होइन । म भन्छु, लगाम कसौँ ।
यिनीहरू धेरै गम्भीर धेरै जटिल विषयहरू हुन् । यहाँ हामी अँध्यारोमा गोली हान्न सक्दैनाँै कुनै प्रकारको नौलो कामको लागि कुनै ठाउँ छैन । क्रान्तिकारी प्रक्रियामार्फत हामीमध्ये थोरैले जम्मा गरेको धेरै वर्षसम्मको मूल्यवान अनुभव छ । तसर्थ, हामी के भन्छौँ भने कुनै पनि योजनालाई त्यसको मूल्यबाट नभई सामानहरू उत्पादन गरेजस्तै गरी पूरा गर्नुपर्दछ । हामी यसको माग गर्दछौँ । कसैले अन्याय गर्छ भने उसलाई बर्खास्त गर्नुपर्दछ किनभने त्यहाँ अर्को विकल्प छैन ।
सबै परियोजनाहरू सुरु हुनुपर्छ र अन्त्य हुनुपर्दछ किनभने पानीमा बुट्टा हाल्नेजस्तै नदोहोरियोस् । मूल्य पर्ने भएकोले जग खन्ने र केही आधारहरू बनाउने तर धेरै मूल्य नलाग्ने भएको हुँदा भवन पूरा नगर्ने प्रवृत्ति नदोहोरियोस् । मैले मेरो योजना पूरा गरेँ तर एउटा पनि भवन पूरा नबनाउने प्रवृत्ति नदोहोरियोस् । यसले करोडौँ, अरबौँ रकम सित्तै गएको छ । हामीले कहिल्यै केही पूरा गरेनौँ ।
एउटा होटल बनाउन १४ वर्ष लाग्यो । होटलबाट एक पैसा कमाउनुभन्दा अगाडि १४ वर्षसम्म फलाम, दण्डी, बालुवा, ढुङ्गा, सिमेन्ट, रबर, इन्धन, जनशक्ति खेर गयो । पिनार डेल रियो (Pinar dial Rio) मा रहेको एउटा अस्पताल पूरा गर्न एक वर्ष लाग्यो । के साँचो हो भने अन्त्यमा आएर अस्पताल बन्यो† राम्ररी नै बन्यो । तर यस्तो प्रकारको काम पुनः हुनुहुँदैन ।
यस्तो प्रक्रियाको लागि नष्ट गरिएका स–साना समूहहरू पुनः जन्मेका छन् । मानव जातिमा विश्वास नगर्ने तथा पुँजीवादमा विश्वास गर्ने सिद्धान्तकार, प्राविधिज्ञहरूले रोकेको र विघटन गरेको जनआन्दोलनको महत्व, समस्या सुल्झाउने क्रान्तिकारी बाँचेको महत्व प्रदर्शन गरिरहेका छन् । यसरी तिनीहरूले हामीलाई कठीन परिस्थितिर्फ डो¥याइरहेका छन् ।
स–साना समूहहरू उदाएको राजधानीमा यो परिस्थितिले १५ वर्ष अगाडि हामीले यस्तो महत्वपूर्ण समस्याको राम्रो समाधान पाएका थियाँै तथा अन्तमा तिनीहरू नष्ट भएको स्मरण गराउँछ । हामीसँग राजधानीमा घर बनाउन जनशक्ति थिएन, समस्याहरू थुप्रँदै गयो तथा दसौँ हजार घरहरू भत्कने र मानिसहरू मर्ने अवस्थामा पुग्यो ।
अहिले स–साना समूहहरू पुनः जन्मेका छन् तथा राजधानीमा २० हजारभन्दा बढी त्यसका सदस्यहरू छन् । तिनीहरू आपसमा कचकच गर्दैनन्, आर्थिक व्यवस्थापन र योजना प्रणालीभन्दा भिन्न छैनन् किनभने निर्माणस्थलमा पठाउने कारखाना वा काम गर्ने ठाउँले तिनीहरूलाई पैसा दिन्छ तर सो समूहका सदस्यहरूको तलबको लागि राज्यले कारखाना वा कार्यस्थललाई पैसा दिन्छ । फरक के छ भने साधारणतया मजदुरहरूले ५ वा ६ घण्टा काम गर्छ भने समूहमा एक मजदुरले १०, ११ वा १२ घण्टा, दुई वा तीन जनाको काम गर्दछ र कारखानाले पैसा बचाउँछ ।
हाम्रा पुँजीवादीहरूले आफ्नो कम्पनी टाट पल्टियो भन्न सक्दैनन् । यसको विपरीत उसले भन्न सक्छ “तिनीहरू उद्योग व्यवसायलाई मद्दत गरिरहेका छन् । म ३०,४० वा ५० व्यक्तिहरूसँग मिलेर काम गरिरहेको छु तथा तलबमा कम खर्च गरिरहेको छु ।” उसले भन्न सक्छ – म नाफामुखी हुन गइरहेछु वा कम्तीमा थोरै पैसा गुमाउन गइरहेको छु । तलब खर्च कटौती हुने भएकोले म धेरै पुरस्कार र लाभांशहरू वितरण गर्दै छु । उसले उत्पादन राम्रो बनाउँछ, आफ्ना मजदरहरूलाई नयाँ घर दिन्छ तथा घर पाएकोले मजदुरहरू खुसी हुन्छ । उनले विशेष विद्यालय, विविध सीप सिकाउने केन्द्र वा काम गर्ने महिलाहरूको परिवारको लागि शिशु स्याहार केन्द्र बनाउँछ । छोटोमा भन्नुपर्दा हामीले अहिले धेरै उपयोगी कामहरू गरिरहेका छौँ । राज्यले तलबमा एक पैसा पनि बढी खर्च नगरी बनाइरहेको छ । यो निश्चय नै आश्चर्यजनक हो ।
पुँजीवादको प्रक्रिया र रूपहरूमा अन्धविश्वास गर्ने पुँजीवादी र नाफाखोरहरूलाई हामी सोध्न सक्छौँ–के तिमीहरू यस्तो आश्चर्य ल्याउन सक्छौ ? तलबमा एक पैसा बढी खर्च नगरी के तिमीहरू राजधानीमा २० हजार घरहरू बनाउन सक्छौ ? एक वर्षमा ५० वटा शिशुस्याहार केन्द्रहरू तलबमा एक पैसा नबढाई बनाउन सक्छौ ? एक वर्षमा ५ वटा शिशु स्याहार केन्द्र तलबमा एक पैसा नबढाई बढाउन सक्छौ ? ५ वर्षमा ५ वटा शिशुस्याहार केन्द्रहरू खोल्ने योजना बनेको तथा त्यो योजना पनि पूरा नभएको तथा १९ हजार ५ सय आमाहरू आफ्ना बालबच्चालाई राख्ने उचित ठाउँका खोजीमा रहेको बला एक वर्षभित्र तलबमा एक पैसा बढी खर्च नगरी ५० वटा शिशु स्याहार केन्द्र के तिमी खोल्न सक्छौ ?
आज राजधानीमा ८ मजदुरमध्ये एक परिचालित हुनसक्ने देखिएको भन्नेबारे म निश्चिन्त छु । हवानामा काम गरिरहेका १ लाख जनतालाई काम दिने पर्याप्त पदार्थहरू हुनेछैन । त्यहाँ एक जनाले ३ जनाको काम गरिरहेका छन् । हामीले ठुल्ठुला उपलब्धिमूलक कामहरूको प्रभावशाली उदाहरणहरू देखिरहेका छौँ । यी सबै कामको चाङ जनताको उपाय, क्रान्तिकारी उपाय, कम्युनिस्ट उपाय, कारखाना र समाजको हितहरूको आवश्यकता र जनताको हितलाई जोडेर सम्भव भएको हो ।
स्रोत : चे फिडेल क्याष्ट्रोको संस्मरण
Leave a Reply