भर्खरै :

चाडपर्व रचनात्मक शैलीमा मनाउनुपर्ने

चाडपर्व रचनात्मक शैलीमा मनाउनुपर्ने

वीरेन्द्रनगर, ५ कार्तिक । दीपावली २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम वीरेन्द्रनगरमा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी प्रदेश समिति सदस्य एवम् जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले हिजो हाम्रा अग्रजहरूले मनाउँदै आएका संस्कृतिहरूलाई रचनात्मक रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो । पार्टीले देशभक्त युवा निर्माण गरिरहेको चर्चा गर्दै उहाँले भोलि देश बचाउने जिम्मेवारी नेमकिपाकै काँधमा रहेकोले हरेक युवा विद्यार्थीलाई सचेत र सङ्गठित गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी प्रदेश समिति सदस्य धनेन्द्र विकले शासक दलहरू भ्रष्टाचारमा डुबेका कारण युवा पुस्ता रिसाएकोले देशमा आजको परिस्थिति आएको हो भन्नुभयो ।
धमिलो पानीमा माछा मार्ने देशी विदेशी तत्वहरू सल्बलाएको चर्चा गर्दै उहाँले पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था भएकोले हरेक युवा विद्यार्थी सभ्य समाज र समाजवाद निर्माणको अभियानमा लामबद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति सुर्खेतका अध्यक्ष रणबहादुर राना, छत्रिका विक, सर्मिला विक, महेन्द्र सिजापतिलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समिति सुर्खेतका अध्यक्ष कमल शाहीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *