चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
भक्तपुर, ५ कार्तिक । नेपाल संवत् ११४६ को अवसरमा चाँगुनारायण नगरपालिका–९ ताथलीमा मङ्गलबार भिन्तुना ¥याली सम्पन्न गरियो । कार्यक्रमको आयोजना प्रगति युवा समाज, ताथलीले गरेको हो ।
¥यालीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवां, चाँगुनारायण नगरपालिका–९ का वडा अध्यक्ष गणेश त्यात र स्थानीय ज्येष्ठ नागरिक कृष्णबहादुर थुयाजुले संयुक्तरूपमा गर्नुभएको थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कवांले समाजवादी व्यवस्था नै सबैको हितका लागि उत्तम व्यवस्था भएको बताउँदै त्यसको लागि निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा अझै वास्तविक परिवर्तन र क्रान्ति नआएको उल्लेख गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्न युवा, विद्यार्थी, महिला, शिक्षक र संस्कृतिकर्मी सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
उहाँले नेमकिपा निष्पक्ष निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष निर्वाचनको वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उहाँले अमेरिकी साम्राज्यवादको प्रभावले नेपालमा अस्थिरता बढाएको आरोप लगाउँदै अन्य देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्नु गलत रहेको बताउनुभयो ।
कार्यक्रमकै क्रममा ‘भिन्तुना गीत’ सार्वजनिक गरिएको थियो । सञ्चारकर्मी हरिसुन्दर छुकांको शब्दमा रचित सो गीतमा विनोद विकको स्वर, प्रभाष दैलेखीको सङ्गीत संयोजन र ताथली धिमे खलःको धिमे सङ्गीत संयोजन रहेको छ ।
त्यस अवसरमा वडाध्यक्ष गणेश त्यातले हालको राजनीतिक अवस्थाबारे धारणा राख्दै समाजवादी व्यवस्थाले मात्रै जनतालाई सुख, सुविधा र समृद्धिको अनुभूति गराउन सक्ने बताउनुभयो । उहाँले दलहरूको स्वार्थका कारण भ्रष्टाचार र अनियमितता मौलाइरहेको बताउँदै जनतामुखी नीति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
आयोजक समाजका अध्यक्ष हरिसुन्दर छुकांले प्रगति युवा समाजले नेपाल संवत् ११३८ देखि लगातार भिन्तुना ¥याली आयोजना गर्दै आएको उल्लेख गर्दै यस वर्षको कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विविध स्थानीय संस्था र समूहको सहयोग रहेको बताउनुभयो ।
¥यालीका संयोजक अनिल थुयाजुका अनुसार यस वर्षको ¥यालीमा चाँगुनारायण नगरपालिका वडा नं. ८ कार्यालय, सयपत्री बचत तथा ऋण सहकारी संस्था लि., सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि., देवी महिला बचत तथा ऋण सहकारी संस्था लि., देवी माध्यमिक विद्यालय, फैढोका आधारभूत विद्यालय, ताथली धिमे खलः, देवी सांस्कृतिक बाजा समूह, खगां दाफा खलः, माझी भैरव सांस्कृतिक बाजा समूह, बनदेवी सांस्कृतिक बाजा समूह, तैकाबु गणेश सांस्कृतिक समूह, फैढोका धिमे खलः, कार्यविनायक धिमे खलः, आजु धिमे खलः, प्रगति समूह, इन्भेस्टमेन्ट ग्रुप, माझी भैरव टोल विकास संस्था, एकाडोल टोल विकास संस्था, नवजागरण दम्पती कोष र टप टेन रेष्टुरेन्ट एन्ड पार्टी भेन्युसहितका सङ्घसंस्थाको सक्रिय सहभागिता थियो ।
¥याली ताथलीको सौडोल चोकबाट सुरु भई फैढोका टोलमा समापन गरिएको थियो । सांस्कृतिक बाजागाजासहितको ¥यालीले माथिल्लो सौडोल, खड्का टोल, देवीटार, ताथली पुल, वनमाला टोल, राउत टोल, बाला टोल, तल्लो राउत टोल, तैकाबु टोललगायतका बस्तीको परिक्रमा गरेको थियो ।
कार्यक्रममा हरिसुन्दर गोसाईँले पनि बोल्नुभएको थियो ।
Leave a Reply