भर्खरै :

चे, फिडेलको संस्मरणमा – १६

चे, फिडेलको संस्मरणमा – १६

पाठ ७

म विभिन्न सिद्धान्तहरूको न्यायाधीश हुन चाहन्न तथापि मेरा आफ्नै सिद्धान्तहरू छन् । के कुरामा विश्वास गर्छु, केमा गर्दिनँ र गर्न सक्दिनँ भन्ने कुरा मलाई थाहा छ । आजको विश्वमा यी प्रश्नहरूमाथि बारम्बार छलफल हुन्छ ।
सुधारको यो प्रक्रियाको क्रममा २० औँ वार्षिक जन्म जयन्तीमा चेको आर्थिक विचारलाई प्रचार गरौँ भन्ने विनम्रतापूर्वक अनुरोध गर्छु । यहाँ ल्याटिन अमेरिकामा, विकसित पुँजीवादी विश्वमा, तेस्रो विश्वमा र समाजवादी विश्वमा ती विचारको प्रचार गरौँ ।
जसरी हामी सबै प्रकारका लेख, विचार पढ्छौँ, त्यसरी नै समाजवादी शिविरमा पनि चेको आर्थिक विचारको प्रचार हुनुपर्दछ । यसलाई प्रचार हुन देऔँ । तिनीहरूले यसलाई अपनाउनुपर्छ भनी म भन्दिनँ । हामी त्यसमा संलग्न हुनुपर्दैन । हरेकले आफ्नो देशको आवश्यकताअनुसार सबभन्दा राम्रो हुने सिद्धान्त र विचार छान्नुपर्दछ । आफूले सही ठानेको प्रणाली वा उपाय अपनाउने हरेक देशका अधिकारको म सम्मान गर्दछु । म यसलाई पूर्ण रूपमा पालना गर्छु ।
सु–संस्कृत देश, सु–संस्कृत विश्व, विचारबारे छलफल हुने विश्वमा चेको आर्थिक सिद्धान्तहरू परिचित हुनुपर्दछ । पुँजीवादी प्रणालीका सबै सिद्धान्त, पुस्तक, पर्चाहरू पढ्ने अर्थशास्त्रका विद्यार्थीहरूलाई आफ्नो ज्ञान अभिवृद्धि गर्न चेको आर्थिक विचार पढ्न म अनुरोध गर्दछु ।
विशिष्ट समय तथा विशिष्ट ऐतिहासिक परिस्थितिको ठोस अनुभवमार्फत उठेको कुनै पनि काम गर्ने एउटैमात्र बाटो छ भनी सोच्नु अज्ञानताको चिह्न हुनेछ । अलिकति थप ज्ञान बढाउन, अरुको दृष्टिकोण बुझ्न, चेको दृष्टिकोण जस्तो सम्मानित, आधिकारिक स्थिर दृष्टिकोण बुझ्न आग्रह गर्दछु ।
हाम्रा भावी अर्थविद्हरू, हाम्रा भावी पुस्ता जनावरहरूले जस्तै काम गर्ने, बस्ने र विकसित हुने, यताउति हेर्न नसक्ने खच्चडजस्तै बन्ने, तिनीहरूको लागि अगाडि राखिएको गाजर वा घाँसमात्रै प्रेरक शक्ति बन्ने हो भन्ने कुरा म सोच्न सक्दिनँ । म तिनीहरूले पढ्न, आफूलाई निश्चित विचारबाट मात्र प्रभावित नबनाई अन्य विचारप्रति ध्यान देऊन्, तिनीहरूलाई विश्लेषण गरून् र तिनीहरूको विषयमा सोचून् भन्ने म चाहन्छु ।
निर्माण र कृषि उद्योगको क्षेत्रमा भएका सबै कुरा मैले चेलाई बताएको कामको गुणस्तर र सबैको विषयमा चेलाई बताएको भए उनले भन्ने थिए, “हेर यी सबै मैले भनेजस्तै भयो, यी सबै मैले चेतावनी दिएजस्तै भयो, जे भइरहेको छ त्यसो हुने कुरा मैले पहिले सोचेजस्तै भयो ।’
म हाम्रा जनता विचार र अवधारणाको व्यक्ति बनून् भन्ने चाहन्छु । तिनीहरूले ती विचारको विश्लेषण गरून्, त्यस विषयमा सोचून् र चाहे भने छलफल गरून् भन्ने चाहन्छु । म यस्ता कुराहरू आवश्यक रहेको ठान्छु ।
चेका केही विचारहरू क्रान्तिको पहिलो चरणहरूसँग सम्बन्धित छन् । जस्तै कुनै कोटा राम्रो हुनेछ भने त्यहाँ प्राप्त हुने तलब त्योभन्दा माथिल्लो तहको भन्दा बढी नहोस् भन्ने उनको विचार थियो । मजदुरहरूले पढून् भन्ने उनको विचार थियो । उनी मजदुरहरूले पढून् भन्ने चाहन्थे । थोरै शिक्षित तथा थोरै प्राविधिक ज्ञान भएका जनताले पढ्नुपर्छ भन्ने उनको धारणा थियो । आज हाम्रा जनता शिक्षित र सुसंस्कृत छन् । तिनीहरूले उनको तहभन्दा बढी कमाउनुपर्छ वा पर्दैन भनी हामी छलफल गर्न सक्छौँ । बढी शिक्षित जनता, प्राविधिक रूपमा बढी तयार जनताको हाम्रो यथार्थतासँग सम्बन्धित प्रश्नहरूमाथि हामी छलफल गर्न सक्दछौँ । तथापि हामीले आफूलाई प्राविधिक र शैक्षिक रूपमा निरन्तर सुधार गर्नुपर्ने विचार कहिल्यै त्याग्नुहुँदैन ।
तर चेका धेरै विचार आज सान्दर्भिक छन् । जसबिना साम्यवादको निर्माण हुनसक्दैन भन्ने कुरामा म विश्वस्त छ । जस्तै ः– मानव जातिलाई भ्रष्ट गर्नुहुँदैन, तिनीहरूलाई विदेशी जानकारीबाट पृथक राख्नुहुँदैन भन्ने विचार, सम्पत्तिमात्र उत्पादन गरेर बिनाचेतना एक सर्वोच्च समाज, समाजवादलाई निर्माण गर्न नसकिने, साम्यवाद त झनै निर्माण गर्न नसकिने विचारप्रति म विश्वस्त छु ।
चेका धेरै विचार र आर्थिक विचारहरू आज पनि सान्दर्भिक छन् । चेका आर्थिक विचारहरू हामीले बुझेको भए हामी सयौँ गुणा बढी सतर्क हुन्थ्यौँ, घोडा चढ्न पनि घोडा दायाँ–बायाँ जतासुकै फर्कन चाहे पनि (यहाँ यो घोडा दक्षिणपन्थी घोडा हो) हामीले त्यसको लगाम कसेर सही बाटोमा ल्याउन सक्थ्यौँ । घोडाले अस्वीकार गरे पेटमा खुट्टाले घोचेर लगाम कस्नुपर्छ ।
एक घोडचढी, चेको विचारद्वारा सुसज्जित एक अर्थविद्, पार्टी कार्यकर्ता, प्रशासकीय कार्यकर्ताले घोडालाई सही दिशामा ल्याउन सक्षम हुने मेरो विचार छ । चेको विचारसँग परिचित भएपछि, बुझेपछि तिनीहरू ‘म यहाँ नराम्रो काम गरिरहेको छु, यो यसको वा अरु कुनै कामको परिणाम हो’ भन्ने कुरा बोल्न सक्षम हुनेछन् । समाजवाद र साम्यवाद निर्माणको प्रक्रिया र प्रणाली विकसित र सुधार बन्दोबस्त र संयन्त्रले बनाउँदै छ ।
हामीले उनको विचारको उपेक्षा गरे यति टाढासम्म जानु, वास्तविक समाजवाद, क्रान्तिकारी समाजवाद, समाजवादीहरूसहितको समाजवाद, कम्युनिस्टहरू रहेको समाजवाद र साम्यवाद प्राप्त गर्नु कठीन हुने मेरो विश्वास छ । ती विचारको उपेक्षा गर्नु अपराध हुने कुरामा म विश्वस्त छु । कुनै पनि काम कसरी गर्नुपर्छ भन्ने कुराको हामीसँग पर्याप्त अनुभव छ । चेको विचार र चिन्तनमा बहुमूल्य धेरै सिद्धान्तहरू छन् । यी सिद्धान्तहरू चेको निःस्वार्थपना र वीरताको कारण उनलाई सहिद, गुणहरूको कारण उनलाई सन्तु, बहादुर, वीर, शुद्ध व्यक्तिको रूपमा धेरै मानिसले बनाएको चेको छविभन्दा धेरै पर छ । चे एक क्रान्तिकारी, एक विचारक, सिद्धातनिष्ठ व्यक्ति ठुल्ठुला विचारबाट सम्पन्न व्यक्ति थिए । क्रान्तिकारी बाटोको लागि आवश्यक साधना र सिद्धान्तमा काम गर्न उनी बिना कुनै शड्ढा निरन्तर रूपले अत्यन्त सक्षम थिए ।
जनताले भाडा (कुत), नाफा, ब्याज, लाभांश, बढी लाभांश जस्ता विषयमा कुरा गरेको सुन्दा पुँजीवादीहरू धेरै खुसी हुन्छन् । के बजार, आपूर्ति र मागजस्ता तत्वहरूले उत्पादनलाई नियमित गर्ने तथा गुण र क्षमता बढाउने कुरा सुन्दा तिनीहरू खुसी हुन्छन् । त्यसबेला तिनीहरू भन्छन्, “त्यो नै मेरो जस्तो कुरा हो, मेरो जस्तै सिद्धान्त हो र दर्शन हो ।” यी सबै पुँजीवादी सिद्धान्त, नियमका आवश्यक पक्षहरू हुन् भन्ने कुरा तिनीहरूलाई थाहा छ तथा सामन्तवादले तिनीहरूलाई खुसी बनाउने कुरामा जोड दिन्छन् ।
केही पुँजीपतिले हाम्रो आलोचना गरेका छन् । क्युवाली क्रान्तिकारीहरू यथार्थवादी छन् भन्ने कुराको विश्वास जनतालाई दिलाउन चाहन्छन् । पुँजीवादका सबै दाउपेचहरू चल्नुपर्छ भन्ने तिनीहरूको विश्वास छ । तिनीहरू आफ्नो बन्दुक हामीमाथि सोझ्याउन चाहन्छन् । पुरानो घोडाभन्दा राम्रो केही कुरा हामीसँग नभएसम्म हामी उही पुरानो, घाउ भएको घोडामा चढ्छौँ र सही बाटोमा अगाडि बढाएर कति पर पुग्न सक्छौँ भनी हेर्नेछौँ । अहिले चलिरहेको कदमबाट हामी सुधार प्रक्रियाको कुन हदसम्म जान सक्छौँ भन्ने कुरा हेर्नेछौ ।
तसर्थ, आज २० औँ वार्षिक जयन्तीको अवसरमा म हाम्रा पार्टी सदस्यहरू, हाम्रा युवा, विद्यार्थी र अर्थविद्हरूलाई चेको राजनीति र आर्थिक विचारको अध्ययन गर्न तथा परिचित हुन आह्वान गर्दछु ।
चे अथाह सम्मानका व्यक्ति हुन् । चे यस्ता व्यक्ति हुन् जसको प्रभाव बढ्नेछ । हतास वा चेका विचारहरूसँग लड्ने आँट नराख्ने व्यक्तिहरूले चेलाई वर्णन गर्न केही शब्दहरू प्रयोग गर्नेछन्, चेलाई एक सरल व्यक्ति, यथार्थसँग सरोकार नराख्ने, कुनै पनि क्रान्तिकारी सम्मानयोग्य नभएको व्यक्तिको रूपमा चित्रण गर्नेछ । तसर्थ, हामी हाम्रा युवाहरू उनको हतियार सम्हालून् भन्ने चाहन्छौँ । चेले पहिले नै भविष्यवाणी गरेको गलत बाटाका अनुसरण नगर्न यसले हाम्रो ज्ञानैमात्र किन नबुझोस्, चाहे यसले हामीलाई हाम्रो क्रान्तिकारी विचारमा अझ गहिराइमा जान मद्दत नगरून् ।
यो उत्सवभन्दा, औपचारिक क्रियाकलापहरूभन्दा सबै सम्मानहरूभन्दा पनि हामीले चेलाई गर्ने सबैभन्दा ठुलो सम्मान गरेको काम हुने कुरामा म विश्वास गर्दछु । धेरै ठाउँमा यस्तो कामको भावना देखा पर्न थालेको छ । यस प्रान्तमा यस्ता धेरै उदाहरणहरू छन् । भिनाल्स (Vinales) का मजदुरहरू १२ र १४ घण्टा काम गरी स–साना बाँधहरू बनाइरहेका छन् । उनीहरूले एकपछि अर्को गर्दै बनाउन र सिध्याउन सुरु गरिरहेका छन् । अरुले भन्दा आधा कम मूल्यमा तथा अन्य परियोजना तुलनामा काम सिध्याइरहेका छन् । तथापि, हामीले पुँजीवादी शब्द प्रयोग गर्ने हो भने, नाफामुखी शब्द प्रयोग गर्ने हो भने हामी के भन्न सक्छौँ भने भिनाल्स स–साना बाँध निर्माणमा कार्यरत मानिसहरू शत प्रतिशतभन्दा पनि बढी नाफामुखी वा लाभका छन् ।
चेले लेखा र खर्चको विश्लेषणको एक एक पैसाको हिसाब राख्नमा ध्यान दिएका छन् । सही सङ्गठन, सक्षम नियन्त्रण र एक एक पैसाको सही लेखाजोखाबिना समाजवाद निर्माण र अर्थतन्त्र चलाउने कुरा चे सोच्न पनि सक्दैनथे । श्रम उत्पादकत्वमा वृद्धिबिना विकासको कुरा चे सोच्न सक्दैनथे । आर्थिक परीक्षण र अर्थतन्त्रको क्षमता नाप्न गणितीय सूत्रहरू प्रयोग गर्न चेले गणितको पनि अध्ययन गरे । समाजवादअन्तर्गत सक्षमता नाप्ने प्रभुत्वको रूपमा अर्थतन्त्र चलाउन कम्प्युटरहरूको प्रयोग गर्ने सपना चेले देखेका थिए ।
मैले उल्लेख गरेका ती मजदुरहरूले योगदान गरे, तिनीहरूले खर्च गरेको हरेक पेसोको बदलामा तिनीहरूले दुई पेसो उत्पादन गरे, हरेक १० लाख पेसो खर्च गरी २० लाख पैसो कमाए । गुआमा (Guama) बाँधमा काम गरिरहेकाहरू, नहरमा काम गरिरहेकाहरू, पिनार डेल रियो (Pinar del Rio) मा काम गरिरहेकाहरू, पाटेट (Patate) बाँधमा काम गर्न गइरहेकाहरू, सहरका बाटो र जलसम्बन्धी कामहरू सुरु गरेकाहरू जस्ता यहाँ धेरै समूहहरू छन् । जसले गौरव, सम्मान र अनुशासन तथा बफादारीपूर्वक काम गरिरहेका छन् । तिनीहरू ठुलो उत्पादकत्वका साथ काम गरिरहेका छन् ।
भाग्यवश ती वर्षहरूमा हामीले उच्च तहका प्राविधिक ज्ञान र अनुभव भएका धेरै व्यक्तिहरू, विश्वविद्यालयका स्नातकहरू, प्रवीणता तहका प्राविधिकहरू प्रशिक्षित गरेका छौँ । क्रान्तिको पहिलो वर्षमा हामीसँग भएका प्राविधिज्ञहरूसँग यसको तुलना कसरी गर्न सकिन्छ ? चेले उद्योग मन्त्रालयको नेतृत्व गर्दा देशसँग कति इन्जिनियरहरू, कति प्राविधिज्ञहरू, योजनाकारहरू, अनुसन्धानकर्ताहरू र वैज्ञानिकहरू थिए । त्यसबेलाभन्दा अहिले हामीसँग २० गुणा वा सोभन्दा पनि बढी छन् । अहिले हामीसँग भएका सबै कार्यकर्ताहरूको सामूहिक अनुभव उनले सङ्गाल्न पाएको भए उनले के उपलब्धि हासिल गर्न सक्थे, कसले जानेको छ ?
चिकित्सा क्षेत्रमा मात्र हेरौँ । त्यसबेला हामीसँग ३ हजार चिकित्सकहरू थिए र अहिले हामीसँग २८ हजार चिकित्सकहरू छन् । २०१२ मा क्युवामा १ लाख २८ हजारभन्दा बढी चिकित्सकहरू छन् । हरेक वर्ष हाम्रो २१ वटा चिकित्सा विद्यालयहरूले त्यति नै सङ्ख्यामा स्नातक चिकित्सकहरू उत्पादन गर्छन् जति त्यो बेला हामीसँग थियो । कस्तो सहुलियत । कस्तो शक्ति । पहिलेको वर्षमा हाम्रो देशमा जति चिकित्सकहरू थिए सोभन्दा बढी हामी आगामी वर्ष उत्पादन गर्नेछौँ । सार्वजनिक स्वास्थ्यको क्षेत्रमा हामीले सोचेका कामहरू हामी गर्न सक्छौँ वा सक्दैनौँ ? ती चिकित्सकहरू कस्ता छन् । तिनीहरू देशका कुना काप्चामा, पहाडमा, निकारागुआ, अङ्गोला, मोजाम्बिक, इथियोपिया, भियतनाम, कम्पुचिया र विश्वको धेरै भागमा काम गरिरहेका छन् । तिनीहरू क्रान्तिले प्रशिक्षित गरेका चिकित्सकहरू हुन् ।
चे गौरवान्वित हुनेबारे म विश्वस्त छ । तर, दुई कौडी नाफाको मानसिकतासँग गरिएका खराब कामहरूबाट होइन । हाम्रा जनतासँग रहेको ज्ञान र प्रविधि, निकारागुआमा जाने हाम्रा शिक्षकहरू र जान इच्छुक १ लाख शिक्षकहरूप्रति उनी गौरवान्वित हुन्थे । विश्वको कुनै पनि भागमा जान इच्छुक हाम्रा चिकित्सकहरू, अन्तर्राष्ट्रवादी अभियानमा काम गरिरहेका सयौँ हजार हाम्रा देशवासी, प्राविधिज्ञहरूप्रति उनी गौरवान्वित हुन्थे ।
हामीजस्तै चे पनि त्यो भावनाप्रति गौरवान्वित हुने कुरामा म विश्वस्त छ । तर, हामीले आफ्नो दिमाग र मनले बनाएका कुराहरू खुट्टाले नष्ट गर्न सक्दैनौँ । यही मुख्य कुरा हो, हामीले बनाएका सबै स्रोतहरूका साथ, सबै शक्तिका साथ हामी अगाडि बढ्न सक्षम हुनुपर्दछ तथा जनतालाई अगाडि बढाउन समाजवाद र क्रान्तिले खोलेका सम्भावनाहरूको फाइदा लिनुपर्दछ । के पुँजीपतिहरूसँग मैले उल्लेख गरेका जस्ता व्यक्तिहरू छन् भन्ने कुरा म जान्न चाहन्छु ।
तिनीहरू असाधारण अन्तर्राष्ट्रवादीहरू तथा मजदुरहरू हुन् । तिनीहरू के सोच्छन् र अनुभव गर्छन् भन्ने कुरा हेर्न आफ्नो कामलाई कति माया गर्छन् भन्ने कुरा गर्नुपर्दछ । तिनीहरू निरन्तर काम गर्ने रोगबाट ग्रसित व्यक्तिहरू होइनन् तर गुमाएको समय, क्रान्तिको बेला गुमेको समय, ६० वर्षसम्म नवउपविदेशी गणतन्त्रको रूपमा रहेको बेला गुमेको समय, उपनिवेशवादको शताब्दीमा गुमाएको समयको पूर्ति तिनीहरू चाहन्छन् ।
यही समयमा हामीले यी सबै पुनः प्राप्त गर्नुपर्दछ । कठोर श्रम नै यसको एउटैमात्र बाटो हो । राजधानी दुई वर्षमै बनाउन सकिन, १०० वटा शिशुस्याहार केन्द्रको लागि १०० वर्ष कुर्नुपर्दैन । देशभर ३ वर्षमा ३५० वटा बनाउन सकिने ठाउँमा १०० वर्ष कुर्नुपर्दैन । केही वर्ष समाधान गर्न सकिने आवास समस्या सुल्झाउन १०० वर्ष कुनुपर्दैन । हाम्रा ढुङ्गाहरू, बालुवा, सामग्री, सिमेन्ट, तेल र इस्पातसमेत हाम्रै मजदुरहरूले उत्पादन गरेका हुन् ।
अस्पतालको समारोहमा मैले भनेजस्तै सन् २००० आउन लागेको छ । हामीले हाम्रा महत्वाकाङ्क्षी उद्देश्यहरू सन् २००० सम्मको लागि राख्नुपर्दछ† वर्ष ३ हजार वा २ हजार ५० लागि होइन । कसैले सोधे हामीले जवाफ दिनुपर्छ, ‘यो तपाईंहरूलाई सुहाउँछ होला, हाम्रो लागि होइन । हामीसँग नयाँ देश, नयाँ समाज निर्माण गर्ने तथा देश विकास गर्ने ऐतिहासिक अभियान छ ।
विकासमात्र नभई समाजवादी विकासलाई प्रोत्साहन दिएको सम्मान हामीसँग छ । हामी बढी मानवीय र उन्नत समाजको लागि कार्यरत छौँ ।
बिनाउद्योगले बस्नु र मोटो भएर बस्नलाई प्रोत्साहन गर्नेहरूलाई हामी भन्छौँ, “हामी तिमीहरूभन्दा बढी बाँच्नेछौँ† राम्ररी बाँच्नेछौँ । हामी बढी स्वस्थ हुनेछौँ किनभने आफ्नो अल्छीपनको कारण तिमीहरू मोटाघाटा हुनेछौ र एक ठाउँमा बसिरहनेछौ । तिमीहरूलाई मुटुको समस्या, रक्तसञ्चारको समस्या र अरु धेरै समस्या हुनेछ किनभने कामले स्वास्थ्यलाई हानि पु¥याउँदैन । कामले स्वास्थ्यलाई प्रोत्साहन दिन्छ, कामले स्वास्थ्यको रक्षा गर्दछ तथा कामले मानवताको सृजना गर्दछ ।
ठुल्ठुला कामहरू गर्ने यी पुरुष र महिलाहरू आदर्श हुनुपर्दछ । हामी चेजस्तै बन्नेछौँ भन्ने वाक्य तिमीहरूमाथि सही साबित हुन्छ । तिनीहरू चेजस्तै काम गरिरहेका छन् वा चेले गर्ने जस्तै काम गरिरहेका छन् ।
यो समारोह मनाउने ठाउँको विषयमा छलफल गरिरहँदा सम्भावित धेरै ठाउँहरू थिए । समारोह राजधानीको क्रान्ति चोक (Revolution Plaza) मा हुनसक्थ्यो । एउटा प्रान्तमा हुनसक्थ्यो, मजदुरहरूले चेको नामबाट नाम राख्न चाहेको धेरै कार्यस्थल वा कारखानाहरूमा हुनसक्थ्यो ।
हामीले यस विषयमा सोच्यौँ तथा यो नयाँ र महत्वपूर्ण कारखाना पिनार डेल रियो (Pinar del Rio) को गौरव, देशको गौरव तथा यो प्रान्तमा प्रगति, अध्ययन र शिक्षाले के गर्न सकिन्छ भन्ने कुराको उदाहरण त्यो कारखानालाई सम्झ्यौँ । विगतमा यो प्रान्तको उपेक्षा गरियो तथा पछौटे थियो र अहिले त्यहाँ यस्तो जटिल र अत्याधुनिक कारखाना चलाउन सक्षम मजदुरहरू छन् । आवश्यक मापदण्ड पूरा गर्न विद्युतीय सामग्री बनाइने कोठा ती सामग्री चलाइने कोठाभन्दा १० गुणा बढी सफा हुनुपर्दछ । यस्तो गम्भीर कामलाई यस्तो गुणस्तर र राम्रो सामग्रीको साथ गर्नु आवश्यक छ तथा पिनार डेल रियोका बासिन्दाहरूले यसलाई राम्ररी पूरा गरिरहेका छन् ।
हामीले यहाँको भ्रमण गर्दा त्यसबाट हामी धेरै प्रभावित भयौँ तथा कारखानामा तपार्इँहरूले गरिरहनुभएको कामको विषयमा धेरै कामरेडहरू, केन्द्रीय समितिका सदस्यहरूसँग कुराकानी गर्यौँ । तीव्रगतिमा विकसित भइरहेको यन्त्र उद्योग तथा निर्माण क्षेत्रमा भइरहेको कामको विषयमा पनि कुरा गर्योैँ । विकास र उत्पादकत्व, उत्पादन प्रक्रियाको स्वचालनमा प्रमुख प्रभाव पार्न प्रविधि, उपकरणहरूको उत्पादकको रूपमा हामीले यो कारखानाको राम्रो भविष्य देखेका छौँ । तपाईंहरूले कारखानाको भ्रमण गरेपछि तथा तपाईंहरूले, “व्यवहारमा गरिरहेका विचारहरू देखेपछि यो कारखाना हजारौँ मजदुरहरूको स्थल, प्रान्तको गर्व र देशको गौरव हुने कुरा हामीले अनुभव गर्योैँ । यसलाई साँच्चिकै विशाल कारखाना बनाउन आगामी ५ वर्षमा यहाँ थप १० करोड पेसो लगानी गरिने छ ।
चे विद्युतीय उपकरण, कम्प्युटर र गणित शास्त्रप्रति धेरै सचेत रहेको कारण मजदुरहरूले कारखानाको नाम चे नाममा राख्न चाहेको कुरा थाहा पाएपछि पार्टी नेतृत्वले चेको २० औँ वार्षिक जन्मजयन्ती मनाउने उपयुक्त स्थल यहीँ भएको निर्णय गर्यौँ । कारखानाको नाम पनि Ernesto Che Guevara को गौरवशाली र प्यारो नामबाट राखिनुपर्ने निर्णय गर्यो ।
यसका मजदुरहरूले त्यो नाम र कामको सम्मान गर्नेछन् । यसको अर्थ यहाँ १०, १२ वा १४ घण्टा काम गर्नुपर्छ भन्ने होइन । प्रायःजसो ८ घण्टा राम्ररी काम गर्नु पनि एउटा ठुलो उपलब्धि हो । धेरै महिला मजदुरहरूले धातुका टुक्राहरू पगाल्ने, जोड्ने काम गरिरहेको हामीले देखेका छौँ । यो कामको लागि धेरै ध्यान र होशियारीको आवश्यकता पर्दछ । हामीले तिनीहरूको काम देखेका छौँ । तिनीहरूले कसरी ८ घण्टा काम गर्छन् र दिनमा ५ हजार एकाइ बनाउँछन् भन्ने कुरा कल्पना गर्न कठीन छ ।
समस्या सुल्झाउने बाटो भन्नु नै दिनको १२ वा १४ घण्टा काम गर्नु भन्ने हाम्रो धारणा रहेको कुरा तपाईँहरू नसोच्नुहोला । १२ वा १४ घण्टा काम गर्न नसकिने धेरै कामहरू छन् । केही क्षेत्रमा त ८ घण्टा काम गर्नु पनि धेरै हो । हामी आशा गर्न सक्छौँ कि एकदिन सबै काम गर्ने समय एउटै हुनेछ । हामीसँग पर्याप्त व्यक्तिहरू भए, तिनीहरूलाई सक्षमतापूर्वक रोजगारी दिइए केही क्षेत्रमा ६ घण्टा कार्य समय लागु गर्न सकिने आशा हाम्रो छ ।
चेको उदाहरण र नामको अनुसरण गर्नु भनेको सही गतिमा कार्य समयको प्रयोग गर्न उच्चस्तरप्रति सधँै सचेत रहनु बढी कर्मचारी भार नराखी विभिन्न काम गर्नु, सङ्गठित ढङ्गबाट काम गर्नु र चेतना विकास गर्नु हो भन्ने मेरो भनाइ हो । यो प्रान्त चेको वार्षिक जन्म जयन्ती मनाउन योग्य भएजस्तै र भविष्यमा पनि योग्य रहनेछ । यो कारखानाका मजदुरहरू पनि चेको नामको योग्य हुनेछन् भन्ने कुरामा म निश्चिन्त छु ।
यदि आजको साँझ यहाँ केही भन्नु बाँकी छ भने त्यो हो – हाम्रो समस्याहरूका कारण हुन् – हामीसँग पहिलेभन्दा पनि कम परिवत्र्य मुद्रा रहे तापनि (माथि उल्लिखित कारणहरूले गर्दा), खडेरीको सामना गर्नुपरे तापनि, साम्राज्यवादी नाकाबन्दीको सामना गर्नु परे तापनि मैले जनताको प्रतिउत्तर देखेको छु, धेरैभन्दा धेरै सम्भावनाहरू खुलेको देखेको छु, हामीले मनमा राखेका हरेक काम पूरा गर्न सक्छौँ भन्ने कुरामा म पूर्णतः विश्वस्त छु ।
हामी सबैजना समुदाय, जनताको साथ मिलेर काम गर्नेछौँ । हाम्रो हरेक पार्टी सदस्य, मजदुर, युवा, किसान र बद्धिजीवीहरूको सिद्धान्त, गौरव र सम्मानका साथ यो काम पूरा गर्नेछौँ । हामीले चेलाई उपयुक्त सम्मान र कृतज्ञता गरिरहेको कुरा म गौरवपूर्वक भन्न सक्छु । यदि उनी पहिलेभन्दा बढी बाँचेका भए मातृभूमि पनि बाँच्नेछ । यदि उनी साम्राज्यवादको पहिलेभन्दा बढी शक्तिशाली विपक्षी भएमा मातृभूमि पनि साम्राज्यवाद तथा त्यसको कुहिएको विचारधाराविरुद्ध सदाभन्दा बढी शक्तिशाली हुनेछ । यदि एकदिन हामीले क्रान्तिको, समाजवादी क्रान्तिको र साम्यवादको बाटो रोज्यौँ भने, आज हामी त्यो बाटो रोजेकोमा बढी गौरवान्वित छौँ । किनभने यही बाटोले मात्रै चेजस्ता अन्य व्यक्तिलाई जन्माउँछ तथा चेजस्तै हुन सक्षम लाखौँ पुरुष र महिला जन्माउँछ ।
जोसे मार्टी (Jose Marti) ले भनेका थिए, “आत्म सम्मानबिनाका व्यक्तिहरू भएजस्तै धेरै जनताको आत्सम्मान आफूभित्र बोक्ने व्यक्तिहरू पनि छन् ।” हामी यो कुरा थप्न सक्छौँ ‘आफूभित्र विश्वको आत्मसम्मान बोक्ने व्यक्तिहरू छन्, चे तिनीहरूमध्ये एक हुन् ।’

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *