भर्खरै :

नयाँ पुस्ता समाजप्रति जिम्मेवार बन्दै अघि बढ्नुपर्ने

नयाँ पुस्ता समाजप्रति जिम्मेवार बन्दै अघि बढ्नुपर्ने

भक्तपुर, ३ कार्तिक । बाल विकास सेकेन्डरी स्कूलले सोमबार बृहत् पूर्वविद्यार्थी भेला सम्पन्न ग¥यो । कार्यक्रममा सो विद्यालयबाट २०६२ सालदेखि २०८१ मा एसईई उत्तीर्ण विद्यार्थीहरूको सहभागिता रह्यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नयाँ पुस्ता समयसँगसँगै समाजप्रति जिम्मेवार बन्दै अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सामाजिक एव्म सामूहिक भावना आवश्यक भएको धारणा राख्दै आफ्नो व्यक्तिगत हितभन्दा पनि समाजको व्यापक हितमा समर्पित रहन उहाँले सुझाव दिनुभयो ।
उहाँले युवा पुस्ताले फराकिलो सोच, दूरदृष्टि, मेहिनती भाव र इमानदारीसाथ आफ्नो ज्ञान, सीप, प्रतिभा र क्षमतालाई तिखार्दै मानव समुदायको पक्षमा प्रयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रदेश सांसद गोसाईले भन्नुभयो, “हामी जहाँसुकै पुगे पनि र जुनसुकै जिम्मेवारी बहन गरे पनि असल बन्न आवश्यक छ । अत्यन्त योग्य, आत्मविश्वासी तथा उच्च मनोबलयुक्त बन्नुपर्छ । त्यस्तो युवाले मात्र समाजमा यथोचित योगदान पु¥याउन सक्दछ ।”
उहाँले अगाडि भन्नुभयो, “देशले धिक्कार्ने र देशलाई धिक्कार्ने खालको नबनौँ । देशलाई सदा सम्झौँ र देशले सम्झने बनौँ !” सांसद गोसाईले नवजवानहरूलाई सुझाव दिँदै भन्नुभयो, “विभिन्न क्षेत्रमा लोभलाग्दो जनशक्ति, कामलाग्दो श्रमिशक्ति बनौँ । समाजलाई बिगार्ने, भत्काउने, सिध्याउनेतिर होइन माथि उठाउने बाटो रोजौँ ।”
विद्यालयकी शिक्षिका सीता प्रजापतिले पूर्वविद्यार्थीहरू र विद्यालयबिच घनिष्ठ तथा आत्मीय सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयले शिक्षित, योग्य, दक्षका साथै सुसंस्कृत नयाँ पुस्ता निर्माण गर्ने उद्देश्यका साथ विविध गतिविधि निरन्तर अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्वविद्यार्थीहरू डा. सुनिता धन्छा, डा. सनिस कुसी, आर्किटेक्ट इन्जिनियर आयुषा प्रजापति, ज्योत्सना प्रजापति, सुशान्त नायजु, सुरभी लाखाजुले विद्यालय जीवन र आफ्नो कार्यक्षेत्रको अनुभवबारे चर्चा गर्नुभयो ।
शिक्षकहरू सूर्यबहादुर पञ्च, शङ्करकुमार आचार्य, विशाल राजचल, मञ्जु श्रेष्ठ, सृष्टि प्रधानले विद्यालय र पूर्वविद्यार्थीबिच हातेमालो एवम् सहकार्यले समाज लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वविद्यार्थीहरूले गीत–सङ्गीत प्रस्तुत गर्नुभयो भने विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नृत्यहरू प्रस्तुत गरी शुभकामना दिनुभयो ।
सो बृहत् भेलाले डा. सुनिता धन्छाको अध्यक्षतामा ४१ सदस्यीय बाल विकास पूर्वविद्यार्थी समाज पुनर्गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *