प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
पेइचिङ, ६ कार्तिक (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक अक्टोबर २० देखि २३ सम्म पेइचिङमा आयोजना गरिएको छ ।
सो पूर्ण बैठकको केन्द्रीय राजनीतिक व्युरोले अध्यक्षता गरेको छ भने केन्द्रीय समितिका महासचिव सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ ।
पूर्ण बैठकले महासचिव सी चिनफिङले केन्द्रीय समितिको राजनीतिक व्युरोको वारिसमा गर्नुभएको कार्य–प्रतिवेदनको सुनुवाइ र त्यसबारे छलफल गर्दै चिकपा केन्द्रीय समितिले राष्ट्रिय आर्थिक र सामाजिक विकासको १५ औँ पञ्चवर्षीय योजनाको तर्जुमा गर्ने प्रस्तावको लेखाजोखा गरेपछि त्यसलाई पारित गरेको छ । महासचिव सी चिनफिङले त्यस प्रस्ताव मस्यौदाबारे पूर्ण बैठकसमक्ष व्याख्या गर्नुभएको छ ।
यसैबिच चिनियाँ कम्युनिस्ट पार्टी २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकको विज्ञप्ति अक्टोबर २३ (बिहीबार) जारी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ : पूर्ण बैठकले १४ औँ पञ्चवर्षीय योजना अवधिमा चीनको विकासमा प्राप्त ठुल्ठुला उपलब्धिको उच्च मूल्याड्ढन गर्नुका साथै १५ औँ पञ्चवर्षीय योजना अवधिमा आर्थिक र समाजिक विकास हुने मुख्य लक्ष्य पनि प्रस्तुत गरेको छ । मुख्य लक्ष्य यस प्रकार छन् : उच्च गुणस्तरीय विकासमा उल्लेखनीय प्रतिफल गरिने† समाजको सभ्यता स्तर स्पष्टसँग उठ्दै जाने; जनताको जीवनस्तरलाई निरन्तर उकासिँदै जाने; सुमधुर चीनको निर्माणमा नयाँ प्रगति प्राप्त गरिने; देशको सुरक्षा क्षेत्रलाई झन् सुदृढ पारिनेछ ।
यसका अतिरिक्त वर्तमान आधारमा लगातार ५ वर्षसम्म प्रयास गर्दै सन् २०३५ सम्म चीनको आर्थिक शक्ति, विज्ञान–प्रविधि शक्ति, राष्ट्रिय प्रतिरक्षात्मक शक्ति, राष्ट्रिय मिलिजुली शक्ति र अन्तर्राष्ट्रिय प्रभावकारी शक्तिलाई ठुलो मात्रामा उकासिनेछ । प्रतिव्यक्तिको जीडीपी मझौला विकसित मुलुकको स्तर पुग्नुका साथै जनताको जीवन झन् सुखी र सुमधुर हुनेछ । मोटामोटी रूपमा समाजवादी आधुनिकीकरण पूरा हुनेछ ।
पूर्ण बैठकले चाङ शङ मिनलाई चिकपा केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष मनोनयन गरिने निर्णय गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले अक्टोबर २४ को बिहान १० बजेतिर पत्रकार सम्मेलनको आयोजना गर्दै चिकपा २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक भावनाबारे जानकारी दिने र व्याख्या गर्ने कार्यक्रम छ । त्यतिबेला चाइना मिडिया ग्रुप, पिपुल्स डेली अनलाइन, सिन्ह्वा न्यूज एजेन्सी अनलाइन र चाइना डटकम डट सीएनले सो पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्नेछन् ।
Leave a Reply