भर्खरै :

जाँचबुझ आयोगले सोच्नुपर्ने विषय

जाँचबुझ आयोगले सोच्नुपर्ने विषय

‘जेन–जी’ आन्दोलनबारे नेपालमा एक महिनादेखि अनेक प्रकारका अड्कलबाजी सुन्नमा आइरहेकै छन् । तर, छलफलमा आउनुपर्ने विषय हुन् – के तिनीहरू वामपन्थी (माक्र्सवादी) वा मौलिक परिवर्तन वा भारतीय संसदीय प्रजातन्त्रवादी हुन् ?
भदौ २३ र २४ गतेदेखिका मोबाइलका वार्ता, आदेश, फोनमा गरिने जस्ता छोटो–छोटो कुराकानीको आधारमा लेखिएका घटेका रिपोर्ट र तस्बिरहरू समाचारहरूमा प्रकाशित भइरहेका छन् ।
तर, आउनुपर्ने दोस्रो विषय हो – ती आन्दोलनमा भाग लिएका छात्रछात्राहरू कुन कुन देशमा पढेका, के के विषय पढेका, कुन कुन विश्वविद्यालयमा पढेका र तिनीहरूको ठेगाना तथा अभिभावकहरू को को हुन् ? नेपालका विद्यालयहरूमा भर्ना हुँदा वा कार्यालयमा केही प्रमाणपत्र लिनुपर्दा तीन पुस्ताको नाम लेखाउनु आवश्यक छ । ‘जेन–जी’ का युवाहरूको विषयमा यसबारे सबैको ध्यान किन नगएको हो ?
नेपालीहरू २०–३० वर्षदेखि विदेशमा काम पाउन गएकाहरूको तीन पुस्ता र ठेगाना नभएमा के के भयो होला ?! युवाहरू घर आउँदा आफ्नो जहान घर छोडेर केही वर्षअघि नै गइसकेका हुन्थे । केटाकेटी, हजुरबुबा र हजुरआमाको हेरचाहमा रहँदै आएको देख्छन् ।
नेपाली युवा, विद्यार्थीहरूको बारेमा पूर्ण जानकारी लिनु भनेको हरेक नागरिकप्रतिको सरकार र समाजको चासोको विषय हो । भदौ २३ र २४ को प्रदर्शन र उपद्रवमा ‘खाँटी तिब्बेती भाइचारा’ र ‘मुक्त तिब्बेत’ जस्ता लेखिएका लुगा लगाएका युवाहरूको तस्बिरहरू पनि छापामा देखिए । ती युवाहरू के नेपालका पूर्वगृहमन्त्रीहरूले ‘नक्कली भुटानीहरू’ भनेर आफ्नै नागरिकहरूलाई विदेशमा बेच्न पठाएको अपराध गरेजस्तै गर्न खोजेको हो ?
पञ्चायतकालमा भूमिगत राजनीतिक दलहरूका नेविसङ्घ, तरुण दल वा अखिलका विद्यार्थी र युवा फ्रन्टका कति नेताहरू सुरुमा भूमिगत शैलीमा काम गर्थे, सबैले छद्म नामले काम गर्थे । समाचारहरूमा लेखियो – घुसपैठीहरू आन्दोलनमा’ घुसेकाले होसियार हुन ‘जेन–जीहरू’ ले आ–आफ्ना साथीहरूलाई खबरदारी दिएका थिए ।
राप्रपा, घण्टी चुनाव चिह्नका पार्टीका कार्यकर्ता र नेताहरू, काङ्ग्रेस, एमाले, प्रचण्ड (माओवादी), दुर्गा प्रसाईँ पार्टीका कार्यकर्ता ‘हिन्दूवादी’ हरू मिश्रण भएको बारे जनता सबै अवगत भए ।
सत्य यही हो भने दोस्रो दिन संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौँ उपत्यकाकै अन्य सरकारी भवनहरूमा आगो लगाउने ‘जेन–जी’ होइन भनेका हुन् ? तिनीहरू ‘ती युवाहरूको आन्दोलन’को समर्थनमा यस्ता ध्वंस गरेका हुन् वा ती ‘युवा आन्दोलन’ले नै लिखित रूपमा सहयोग मागेका हुन् भन्नेबारे सरकार, समाज र जनताको ध्यान जानु लाभदायक होला !
एकछिनको निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी), राप्रपा, दुर्गा प्रसाईँका ‘हिन्दूवादी’ हरू नै भए पनि ओली, काङग्रेस सरकारसँग विरोध हो भने प्रस्ट रूपमै घोषणा गर्नुपर्ने हो दर्ता गरेका पार्टीहरूले । संसदीय व्यवस्थामा सरकारको विरोध गर्न र असन्तोष पोख्न गाईजात्रामा बाहेक अन्य दिनमा मकुन्डो लगाएर परिचय फेर्नुपर्ने अवस्था छैन ।
तर, युरोपमा सन् १९७०–८० को दशकमा युवा आन्दोलनको समर्थन गर्नेहरूमध्ये एकजना विद्वान र दार्शनिक सात्रे (Jean-Paul Sartre), चे ग्वेभारा ‘क्रान्तिमा क्रान्ति’ का फ्रान्सेली लेखक रेजिस ड्रोब्रे युवा आन्दोलनका समर्थक थिए । चे ग्वेभारा, भन्थे, “अब समाजवाद र क्रान्तिको निम्ति मजदुर र किसान औपचारिक कार्यालय चाहिन्न, एक जना क्रान्तिकारी सहिद भएमा त्यो बन्दुक सम्हाल्न विश्वविद्यालयका सयौँ–हजारौँ हातहरू उठ्नेछन् । “आफू जन्मेको देशको निम्ति एक थोपा रगत बगाउनु भनेको आफ्नो जन्मभूमिको मुक्तिको निम्ति एक पाइला अगाडि बढ्नु हो ।” के भदौ २३ र २४ को आन्दोलनमा देखेका युवाहरू यही विचारबाट प्रेरित हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *