क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
काठमाडौँ, ७ कार्तिक । नव समाज निर्माण पुस्तकालयको आयोजनामा कार्तिक ५ गते नेपाल संवत् ११४६ न्हू दँ र पुस्तकालयको ४४ औँ स्थापना दिवसको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पुस्तकालय स्थापना र न्हू दँको अवसरमा हरेक कार्य व्यवस्थित ढङ्गले अगाडि बढ्न सकोस् भनी शुभकामना दिनुभयो ।
उहाँले पुस्तकालयबाट नयाँ पुस्तालाई ज्ञानको ज्योति दिनुपर्ने बताउनुभयो ।
उहाँले बलम्बुमा पनि तःमुंज्या गठन गरी साहित्यिकमार्फत जनताको चेतनास्तर उठाउन आग्रह गर्नुभयो ।
उहाँले देशको अवस्था गम्भीर बनेको बताउँदै भदौ २३ र २४ को जेन–जीको आन्दोलनको भावनाअनुसार सरकार नचलेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नयाँ पुस्ताको आन्दोलन भ्रष्टाचार र कुशासनको अन्त्य भएको चर्चा गर्दै सरकारको ४० दिन त्यतिकै बितेको र अबको ५ महिना पनि कुनै प्रगति गर्न नसक्ने उहाँले बताउनुभयो ।
उहाँले फागुन २१ को निर्वाचनलाई नेमकिपाले उपयोग गरी वैचारिक र राजनीतिक सङ्घर्षलाई अगाडि बढाउने भएकोले सबै कार्यकर्ता तयार भएर बस्न अनुरोध गर्नुभयो ।
राजनीतिक दलहरू निर्वाचनबाट भाग्नु कायरता हो भन्दै सत्तास्वार्थीहरू सत्ताबिना बाँच्न नसक्ने बताउँदै उहाँले यो अहिलेको सरकार पनि विगतझैँ पुँजीवादी सरकार भएकोले देश र जनताको भलो नगर्ने विश्वास दिलाउनुभयो ।
पुस्तकालयका अध्यक्ष सुनिल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा गुणदास महर्जन, जितबहादुर महर्जन, श्यामबहादुर महर्जन, विष्णु खत्री, राजेन्द्र श्रेष्ठ, शान्त महर्जनलगायतले पुस्तकालय र नेपाल संवत् तथा समसामयिक राजनीतिबारे बोल्नुभएको थियो ।
Leave a Reply