भर्खरै :

शासक दलका माथिल्ला व्यक्तिहरू कहिले सुध्रिने ?

शासक दलका माथिल्ला व्यक्तिहरू कहिले सुध्रिने ?

‘सरकारलाई झुक्याएर ‘चोर बाटो’ बाट विदेश उड्यो संसदीय टोली’, ‘सरकारको नीतिविपरीत राष्ट्रियसभा अध्यक्षको भ्रमण’ (राजधानी, १ कार्तिक २०८२)
कार्ल माक्र्सले आफ्नो ‘पुँजी’ भन्ने ग्रन्थमा लेख्नुभयो, “पुँजीपतिवर्ग र पुँजीवादीहरू नाफाको लागि आफ्नो ज्यान दिन तयार हुन्छन् ।”
अर्थात्, पुँजीवादी व्यवस्थामा नाफाको निम्ति पुँजीपतिवर्ग वा पैसा कमाउने उद्देश्यका व्यक्तिहरू दक्षिण–पूर्वी एसियाका देशहरूमा ज्यान सजाय हुने थाहा पाउँदापाउँदै नेपाली पुँजीवादी साहुमहाजनहरूले आफ्नो मानिसलाई आफ्नो जीउको विभिन्न ठाउँमा लुकाएर लागुपदार्थ ती देशहरूमा पठाउँछन् । सिङ्गापुर र अन्य देशहरूमा लागुपदार्थ ओसारपसार गर्नेलाई ज्यान सजाय (झुन्ड्याएर मार्ने) समेत कानुन छ । तर, पुँजीपतिवर्ग र पुँजीवादी विचारका कर्मचारी, बुद्धिजीवी र शासक दलका जनप्रतिनिधिसमेत ‘सरकारी विदेशको भ्रमण दलमा जाँदा लुगा भत्ता, कार्यक्रममा विदेशमा बस्दा होटल खर्च र खाना खर्च पदअनुसार लाखौँ रूपैया पाउँछन् । त्यही लोभमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय चोर बाटोबाट विदेश भ्रमणमा जानु लाज र शरमको विषय हो ।
देश जलिरहेको बेला ‘राष्ट्रिय सभा’ का अध्यक्ष र महासचिवलाई देश र आ–आफ्नो पदीय दायित्वभन्दा केही लाखको लोभले तीन पुस्ता नर्क जाने भएको चर्चा युवा–विद्यार्थीहरूमा मात्रै होइन साधारण जनतामा छ ।
साधारण कर्मचारी र साधारण राजनीतिक कार्यकर्ताहरूलाई समेत जनताले चोर औँला ठड्याइरहेको बेला शासक दलका माथिल्ला वा विशिष्ट व्यक्तिको द्रव्यमोहले नेपाल र नेपाली जनताको टाउको विदेशमा भइरहेको बैठकमा समेत निहुरिने भएको छ ।
ती व्यक्ति जनताबाट मात्र तिरस्कृत हुने होइन सो अनुसारको आर्थिक जरिवाना र जेल सजाय हुनु पनि जरूरी छ । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *