भर्खरै :

नयाँ पुस्तालाई सेवा गर्ने भावनाबाट अभिप्रेरित गर्नुपर्ने

नयाँ पुस्तालाई सेवा गर्ने भावनाबाट अभिप्रेरित गर्नुपर्ने

भक्तपुर, २२ असोज । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा विजया दशमीको शुभ दीपावली, नयाँ वर्ष नेपाल संवत् ११४७ तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले चाडवाडमा खानपिनमा विशेष ध्यान पु¥याउनुपर्छ भन्नुभयो । हरेक राजनैतिक कार्यकर्ता पार्टीको खम्बा हुने उल्लेख गर्दै उहाँले स्वस्थ व्यक्तिले मात्र देश र जनताको सेवा गर्न सक्छ भन्नुभयो । अहिले सांस्कृतिक क्षेत्रमा नयाँ पुस्तालाई हस्तान्तरण भएको समय सान्दर्भिक भएको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई राजनैतिक रूपले सचेत पारी सेवा गर्ने भावनाबाट अभिप्रेरित गर्नुपर्छ भन्नुभयो । शासक पार्टीहरूकै अकर्मण्यताले देशको सम्पत्ति ध्वस्त भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आज नेपाल अमेरिकी दास बनेको छ, नयाँ भनाउँदा दलहरू पुराना शासकहरूभन्दा कम छैनन् ।”
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका प्रतिनिधि विष्णुराम दुमरुले हेपिएका मजदुर किसानहरूले सैद्धान्तिक रूपले परिपक्व हुन पार्टी प्रकाशनहरू निरन्तर अध्ययन गर्नु आवश्यक छ भन्नुभयो । विदेशमा गएका युवाहरूलाई स्वदेश फर्काई रोजगारीको बन्दोबस्त गरिदिन्छु भन्ने शासकहरूले युवाहरूलाई विदेशमा पठाइरहेका छन्† भ्रष्टाचार अन्त्य गर्न सकेका छैनन्; सुशासन कायम गर्न सकेका छैनन्, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्णगोपाल राजचल, आर. प्रजापति र लक्ष्मीभक्त दुवालले पनि शुभकामना मन्तव्य राख्दै आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *