अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
क्रान्तिकारी पत्रकार जोन रीडको जन्म सन् १८८७ को अक्टोबर २२ का दिन संरा अमेरिकाको ओरिगनमा एक धनी परिवारमा भएको थियो । उनका बुबा चाल्र्स जेरोमी रीड व्यापारी एवम् समाजसेवी थिए । उनी थियोडोर रुजवेल्टका प्रशंसक थिए । क्याम्पस जीवनमा रीड पौडीबाज समूह र नाट्यमण्डलीका सदस्य थिए । उनी ‘हवार्ड मासिक’ एवं ‘लामपुन’ को सम्पादकमण्डल सदस्य पनि थिए । उनी कवि तथा कुशल वक्ता थिए । सन् १९१० मा हवाई विश्वविद्यालयमा पढाइ सकिएपछि रीड बेलायत र स्पेनको भ्रमणमा निस्के । भ्रमणपछि संरा अमेरिका फर्केलगत्तै उनले वामपन्थी पत्रिकाहरूमार्फत पत्रकारिता सुरु गरे । उनले काम गरेका पत्रिकाहरूमध्ये प्रभावशाली समाजवादी पत्रिकाहरू ‘नयाँ समीक्षा’ र ‘जनता’ पनि पर्दछन् । सन् १९१३ मा रीडले आफ्नो पहिलो कवितासङ्ग्रह ‘सानगर’ प्रकाशित गरे ।
न्यु जर्सीको पाटरसनका रेशम मजदुरहरूलाई हडताल गर्न उक्साएको आरोपमा उनलाई गिरफ्तार गरियो । उनले चार वर्ष जेलमा बिताए । त्यसपछि उनले कामदार जनताको पक्षमा ‘पाटरसन हडतालका नायक’ पुस्तक लेखे । त्यसपछि पनि हडताल गर्न उक्साएको भन्दै पटक–पटक गिरफ्तार गरियो । सन् १९१० दशकको आरम्भिक वर्षहरूमा रीड मेक्सिकाली क्रान्तिको समाचार सङ्कलन गर्न मेक्सिको पुगे । उनी चार महिना मेक्सिकोको पञ्चो भिल्लामा बसे ।
मेक्सिकाली क्रान्तिकारी सङ्घर्षको बारेमा उनले लेखेका पुस्तक ‘द्वन्द्वग्रस्त मेक्सिको’ सन् १९१४ मा प्रकाशित भयो । प्रथम विश्व युद्धको समयमा जोन रीडले ‘महानगर पत्रिका’ को युद्ध संवाददाताको रूपमा काम गरे । त्यतिबेला वामपन्थी विचार बोकेका उनका कतिपय समाचारहरू छापिएनन् । सो क्रममा उनले जर्मनी, सर्बिया, रोमानिया, बुल्गेरिया, रुसलगायतका देशहरूमा भएका युद्धहरूको समाचार सम्प्रेषण गरे । त्यसै अवधिमा आधारित भएर लेखिएको पुस्तक ‘पूर्वी युरोपको युद्ध’ सन् १९१६ मा प्रकाशित भयो । उनले त्यतिबेला जे देखे, त्यसले उनलाई निराश तुल्यायो किनभने त्यहाँ क्रान्तिकारी उत्साह थिएन । आफ्नो एउटा मृगौलाको शल्यक्रिया गर्न उनी अमेरिका फर्के । सन् १९१६ मा उनले उड्रो विल्सनलाई समर्थन गरेर देशलाई युद्धमा धकेल्ने काला शक्तिहरूबाट सचेत रहन चेतावनी दिए । तर, उनी जे होला भनी डराएका थिए, त्यही भयो विल्सनले जर्मनीविरुद्ध युद्ध घोषणा गरे ।
सन् १९१७ मा रीडले पत्रकारका लुइस ब्रान्टसँग विवाह गरे । संरा अमेरिकामा एकजना पत्रकारका रूपमा रीडको कमाइ रामै्र थियो तर उनी रुस जान चाहन्थे । माक्र्स इस्टम्यान र अरु केही साथीहरूको सहयोगमा उनले रुसमा जान पैसा जम्मा गरे । सन् १९१७ को शरद्मा उनी आफ्नी श्रीमती ब्रान्टसँग सेन्ट पिटर्सवर्ग पुगेर ‘जनता’ पत्रिकाको लागि रुसी सङ्घर्षबारे समाचार सम्प्रेषण गरे । रुसमा वोल्शेविकहरूसँग उनको परिचय उनका कम्युनिस्ट पक्षीय र युद्धविरोधी लेखहरूमार्फत भयो । यसै समयमा रुसमा भएको समाजवादी क्रान्तिमा आधारित रहेर ‘संसारलाई हल्लाइदिएका ती दस दिन’ पुस्तक लेखे । यो पुस्तक विश्व प्रसिद्ध बन्यो ।
सन् १९१८ मा उनले वाल्ट विट्म्यानबाट प्रभावित भएर महत्वाकाङ्क्षी कविताहरू ‘अमेरिका’ लेखे । त्यसै समयमा उनी राजनीतिमा सक्रियतापूर्वक लागे । सन् १९१९ मा उनले नयाँ कम्युनिस्ट पत्रिकाका निम्ति लेख्न थाले र ‘मजदुर आवाज’ को सम्पादन गर्न थाले । त्यो वर्षको गर्मी याममा शिकागोमा भएको अमेरिकाका समाजवादी पार्टीहरूको सम्मेलनमा सहभागी बने । त्यो सम्मेलनमा भद्रगोल भयो र दुईवटा कम्युनिस्ट पार्टी गठन भयो । त्यसमध्ये कम्युनिस्ट कामदार पार्टीका रीड स्वयम् एकजना नेता थिए । आफ्नो पार्टीको आधिकारिकताको निम्ति उनले ‘कम्युनिस्ट अन्तर्राष्ट्रिय’ सँग सम्पर्क राख्नुपर्ने महसुस गरे । त्यसपछि उनी रुस पुगे । शरद्मा उनले फिनल्यान्डको खाडी हुँदै तुर्कु पुगे । त्यहाँबाट उनी फिनल्यान्डको राजधानी हेलसिन्की पुगे । त्यहाँ उनको सम्पर्क लेखिका हिल्ला उलिजोकीसँग भयो । उनको लिडिया स्टालसँग पनि भेट भयो । स्टाल पछि फ्रान्समा रुसी गुप्तचरको आरोपमा गिरफ्तार गरिए । तिनी भूमिगत फिनिस कम्युनिस्ट सङ्गठनसँग नजिक थिइन् । रीड र तिनको सहकार्य जीवनभर चालु रह्यो ।
सन् १९१७–१८ को छोटो समयमा रीडले फिनल्यान्डको भ्रमण गरेका थिए । तर, सन् १९१९ मा फर्किँदा फिनिस अधिकारीहरूले सिमाना आवतजावतमा कडा जाँच गर्न थाले र विदेशी एवं क्रान्तिकारीहरूमाथि कडा निगरानी राख्न थालियो । त्यो वर्षको नोभेम्बरमा रीड रुसमा थिए र उनले सोभियत नेता लेनिनसँग पटकपटक भेटे । लेनिनलाई उनले ‘संसारलाई हल्लाइदिएका ती दस दिन’ पुस्तक दिए । लेनिनले सो पुस्तकको खुला हृदयले प्रशंसा गरे । उनी लाटभिया हुँदै रुसबाट बाहिर जान खोज्दै थिए तर सो क्षेत्रमा क्रान्तिकारीहरू र प्रक्रियावादीबिच सङ्घर्षका कारण फर्कन सकेनन् । उनी फिनल्यान्ड हुँदै फर्किने क्रममा पक्राउ परे । चोरी निकासीको आरोपमा उनलाई फिनल्यान्डले मुद्दा चलायो तर संरा अमेरिकी आग्रहअनुसार उनलाई अमेरिका पठाइयो । त्यहाँ उनीमाथि ‘आपराधिक अराजकता’ को आरोप थोपरियो । जेलमा उनले कविताहरू लेखे र उपन्यासहरू लेख्न आरम्भ गरे । तर, ती कुनै उपन्यास पूरा हुन सकेनन् । जूनमा उनलाई रिहा गरियो । उनी पुनः सेन्ट पिटर्सवर्ग पुगे । उनले तुर्कुमा तीन महिना आराम गरे ।
मस्कोमा भएको कम्युनिस्ट अन्तर्राष्ट्रियको सम्मेलनबाट उनी कार्यसमिति सदस्य निर्वाचित भए । विश्व समाजवादी आन्दोलनमा उनको योगदान अत्यावश्यक भएको समयमा उनी वाइफस रोगले पीडित भए । अन्ततः सन् १९२० अक्टोबर १९ का दिन मस्कोमा उनको निधन भयो । उनको क्रान्तिकारी व्यक्तित्वबाट प्रभावित भएर संरा अमेरिकाभरि जोन रीड क्लवहरू गठन भए । उनको नाममा ‘लालहरू’ नामको चलचित्र बन्यो । जोन रीड लिखित ‘संसारलाई हल्लाउने दस दिन’ पुस्तकले रुसी समाजवादी क्रान्तिलाई विश्वसमक्ष प्रचार गर्न मात्र सहयोग गरेन, बरु संसारभरि नै समाजवादी क्रान्तिको ध्वजा फहराउन ठुलो योगदान ग¥यो ।
Leave a Reply