देश लुटाहा शासक दलहरू जनताद्वारा बहिष्कृत हुन आवश्यक
- मंसिर २३, २०८२

चाडपर्वको क्रममा निर्दिष्ट गरिएका उत्सवमय गतिविधिहरू स्थानीय वातावरण, भौगोलिक प्राकृतिक विशेषता स्थानीय उत्पादनको बजारीकरणसँग सापेक्ष हुन्छ । त्यही भएर संस्कृतिलाई पहिचानको रूपमा परिभाषित गरिएको हो ।
तर, आधुनिक जीवन शैली र बजारमुखी अर्थतन्त्र र इन्टरनेटमा आधारित सञ्चार माध्यमको असर स्वरूप नयाँ नयाँ गतिविधिहरू मिसिन आउनुलाई पनि केही हदसम्म स्वाभाविक मान्न सकिन्छ । विशेषगरी नयाँ पुस्ताका किशोर किशोरीहरू अहिलेको सञ्चार प्रविधिको तीव्र विकाससँगै भएको डिजिटल र भर्चुअल दुनियाँसँगको अत्यधिक निर्भरता र अन्तरक्रियाले गर्दा यस्ता पर्व मनाउने क्रममा मौलिकता, स्थानीयता र सामाजिक मूल्य मान्यताको विषयमा त्यति गम्भीर नभएको जस्तो महसुस गरिँदै छ । भर्खरै सकिएको तिहार पर्व र नेवार समुदायले विशेष महत्वका साथ मनाउने नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा रमाइलो र आनन्द लिने निहुँमा विश्व सम्पदाको सूचीमा सुचिकृत भक्तपुरको टौमढीजस्तो अमूल्य सम्पदास्थलमा सर्वसाधारणको आवागमन बाक्लो भएकै समयमा बिना कुनै सुरक्षा सावधानी आतसबाजी र बारुद पटाका पड्काउने, सार्वजनिक रूपमा मादक पदार्थ सेवन, ठुलो सङ्ख्यामा गाडीहरू प्रवेश गरेर आवागमनमा अवरोध गर्ने खालका गतिविधि भएको देखियो । जुन गतिविधिलाई कानुनको नजरमा दण्डनीय कसुरकै रूपमा व्याख्या गरिएको छ । यी गतिविधि हालको सामाजिक सञ्जालको माध्यमबाट अत्यन्त द्रुतगतिमा प्रचार प्रसार भएबाट यो पनि संस्कृतिकै अभिन्न अङ्ग हो कि भन्ने भान पार्न खोजिएको महसुस हुँदै छ । त्यही न्यातापोल्हँ निर्माण गरेका विश्वस्तरीय ज्ञान प्रविधि सिर्जना र परिश्रमका धनी हाम्रा पुर्खाको नासोलार्ई हामीले जगेर्ना गरेर त्यसैको विरासत थाम्न अघि सर्नुपर्नेमा यस्तो गतिविधिमा संलग्न हुनु अत्यन्त लज्जास्पद कार्य हो । यदि सो क्रममा केही अप्रिय घटना घट्न गएको खण्डमा जिम्मेवारी कसले लिने भन्ने प्रश्न तड्कारो देखिन्छ । जनधनको साथै पुरानै अवस्थामा फर्काउन असम्भव हुने खालका सांस्कृतिक र ऐतिहासिक धरोहरहरूमा पर्नसक्ने सम्भावित क्षतिको विषयमा सम्बन्धित निकाय समयमै संवेदनशील भई आवश्यक रोकथामका उपाय अविलम्ब अवलम्बन गर्नुपर्छ ।
भोलिपल्ट बिहान सबेरै मादक पेय पदार्थका शिशिका फुटेका बोटलहरू, बजारिया खाद्य पदार्थका खोलहरू, बारुदका ठुटाहरू विश्व प्रसिद्ध कलात्मक सौन्दर्यले भरिपूर्ण न्यातापोल्हँ मन्दिर र भैरवनाथको मन्दिर र टौमढी स्क्वायरभरि छरपस्ट भएको थियो । खासगरी नेपाल संवत नयाँ वर्षको उपलक्ष्यमा भिन्तुना शुभकामना आदानप्रदान गर्ने र रमझम गर्ने भनी भक्तपुर नगरभन्दा अन्यत्रबाट गाडीमा घुम्न आएका आगन्तुकहरूबाट सो अवाञ्छित कार्यहरू भएको हो कि भन्ने चर्चा छ । साँच्चिकै ती गाडीहरूको लस्कर भक्तपुरको व्यस्त साँघुरा सडकमा प्रवेश गर्दा स्थानीय सर्वसाधारणको आवतजावतमा धेरै अवरोध भएको थियो । वास्तवमा भक्तपुर नगरको पुरानो बजार सडक आधुनिक सवारी साधन नभएको समयकै अवधारणामा बनेको नगर संरचना हो । त्यही भएर ठुलो सङ्ख्यामा चारपाङग्रे सवारी साधन त्यस्तो जनसङ्ख्याको ठुलो हिस्सा सडकमा आवतजावत हुने समयमा एकै पटक प्रवेश गर्नु विवेकहीन कार्य हो । यसरी आफ्नो रमझमको निम्ति अरुलाई सास्ती दिनु र ऐतिहासिक र सांस्कृतिक सम्पदा नै नष्ट हुनसक्ने खालका गतिविधि गर्नु नेपाल संवत् नयाँ वर्ष मनाउनुको मर्म पक्कै होइन । नेपाल संवत् नयाँ वर्ष मनाउने सिलसिलामा यस्तो सामाजिक सद्भावमा खलल पु¥याउने र सम्पदा नै म्हास्ने किसिमका क्रियाकलाप हुनु आपत्तिजनक छ । यस्तो कार्य जो कोहीबाट भएको भए पनि निन्दनीय छ । स्थानीय तह र जिल्ला यस विषयमा गम्भीर भई प्रशासकीय कारबाही अघि बढाउनुपर्ने देखिन्छ ।
समुदायको व्यापक सहभागितामा धेरै जात्रा र पर्वहरू मनाइने भक्तपुर नगरमा यस्तो अवस्था कुनै बहानामा फेरि दोहोरिन नदिन भक्तपुर नगरपालिकाले रात्रिकालीन सांस्कृतिक प्रहरीको व्यवस्था गरी सांस्कृतिक सम्पदाको सुरक्षा र नगरवासीको सुविधा सुनिश्चित गर्नुपर्ने देखिन्छ । जनश्रमदानको कारण अनुमानित बजेटभन्दा कम लागतमा पारदर्शी ढङ्गले सम्पदाको पुनःनिर्माण गरेर प्रशंसा पाएको भक्तपुर नगरपालिकाले यस्तो सम्भावित क्षति न्यूनीकरण गर्ने सम्बन्धमा पनि विशेष सतर्कता र होसियारी देखाउनु आवश्यक छ । तर, यसरी नगरपालिकाले मात्र सम्पदा क्षेत्रको महत्व र संवेदनशीलता बुझेर पुग्दैन । यहाँका स्थानीय बासिन्दा र आगन्तुक महानुभावहरूमा पनि यो चेतना र जागरुकता देखिन आवश्यक छ । रमझम गर्नु नै छ भने खुला ठाउँमा व्यवस्थित रूपले नै सुरक्षा सावधानीका साथ आतसबाजी गर्ने विकल्पको विषयमा पनि छलफल र निष्कर्षमा पुग्न सकिन्छ । भिन्तुना ¥यालीमा आएका आगन्तुुकहरूलाई पनि साँघुरो सडक भएको ठाउँमा जबरजस्ती गाडीहरू छिराउनुको सट्टा केही दुरी पैदल हिँडेर तय गर्न अनुरोध गर्न सकिन्छ । सांस्कृतिक स्तर उकास्नकै निम्ति संस्कृति मनाउने हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।
Leave a Reply