नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
क्वालालम्पुर, ८ कार्तिक (एएफपी) । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले शनिबार संयुक्त राष्ट्रसङ्घ (यूएन) र अन्य बहुपक्षीय संस्थाहरूले आफ्नो उद्देश्य गुमाएर ‘काम गर्न छोडेका छन्’ भन्ने कठोर टिप्पणी गर्दै गाजाका युद्धपीडितहरूको संरक्षणमा असफल भएको आरोप लगाउनुभएको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लुलाले भन्नुभयो, “गाजा पट्टीमा यति लामो समयदेखि भइरहेको नरसंहारलाई कसरी स्वीकार गर्न सकिन्छ ? ती संस्थाहरू, जसलाई यस्ता अत्याचार रोक्नका लागि स्थापना गरिएको थियो, आज निष्क्रिय बनेका छन् । संयुक्त राष्ट्रसङ्घ र यसको सुरक्षा परिषद् अब काम गर्दैनन् ।”
उहाँले मलेसियासँगको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो र अन्तर्राष्ट्रिय समुदायले मानवताको पक्षमा ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा राष्ट्रपति लुलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति व्यङ्ग्य गर्दै भन्नुभयो, “एकजना नेताका लागि नोबेल पुरस्कारभन्दा टाउको उठाएर हिँड्न सक्नु धेरै महत्वपूर्ण कुरा हो ।”
ट्रम्प हाल एसियाली भ्रमणमा रहनुभएको छ । उहाँले आफ्नो भ्रमणको अन्तिम दिन बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय वार्ता गर्नुहुनेछ । यसअघि, उहाँ आइतबार थाइल्यान्ड र कम्बोडियाबिच हुने शान्ति सम्झौतामा हस्ताक्षर साक्षी बन्ने अपेक्षा गरिएको छ, जसमा अमेरिकी मध्यस्थता रहेको बताइएको छ ।
नर्वेको नोबेल समितिले भेनेजुयलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई यस वर्षको शान्ति पुरस्कार प्रदान गरेपछि ट्रम्पलाई बेवास्ता गरिएको भन्दै ह्वाइट हाउसले असन्तोष जनाएको थियो । जनवरीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि ट्रम्पले आफूले विश्वका धेरै द्वन्द्वहरू समाधान गर्न योगदान दिएको भन्दै नोबेल पुरस्कारको योग्य भएको दाबी गर्दै आएका छन् । यद्यपि विश्लेषकहरूले त्यसलाई अतिरञ्जित ठानिरहेका छन् ।
यसबिच, ट्रम्प र लुलाबिच पछिल्ला महिनाहरूमा सम्बन्ध पुनःस्थापनाको सङ्केत देखिएको छ । दुवै नेताबिचको सम्बन्ध अघिल्लो वर्षका तिक्त घटनाहरूका कारण तनावपूर्ण बनेको थियो—विशेषतः ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको मुद्दा र सजायका विषयमा । ट्रम्पले बोल्सोनारोप्रति सहानुभूति देखाएपछि लुला प्रशासनसँगको सम्बन्ध बिग्रिएको थियो ।
ट्रम्प प्रशासनले ब्राजिलका धेरै उत्पादनमा ५० प्रतिशत कर वृद्धि गरेको थियो र ब्राजिलका सर्वोच्च अदालतका एक न्यायाधीशसहित केही शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।
सेप्टेम्बरमा ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोलाई सन् २०२२ को चुनावमा पराजित भएपछि गरिएको असफल ‘कू प्रयास’ मा संलग्नताको आरोपमा २७ वर्षको जेल सजाय सुनाएको थियो ।
तर, संयुक्त राष्ट्र महासभाको साइडलाइनमा दुवै ७९ वर्षीय नेताहरूबिच भएको छोटो भेटपछि सम्बन्ध पुनः सामान्य बन्दै गएको देखिन्छ ।
Leave a Reply