यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ८ कार्तिक । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका अभिभावकहरूको एक भेला शनिबार स्कूलको सभाकक्षमा सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले नयाँ पुस्तालाई देश र विश्वबारे शिक्षित गर्न अभिभावकहरूको तर्फबाट पनि सक्दो योगदान सकारात्मक हुने उल्लेख गर्नुभयो ।
अभिभावक बालकृष्ण अवालले हरेक ३ वर्षमा डेङ्गु महामारी फैलिने अभिलेखबाट सङ्केत गरेको र आउँदो वर्ष यसबारे सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अभिभावक गम्भीरमान ज्याख्वले विद्यार्थीहरूको स्कूल आवतजावतमा सडक सुरक्षातर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो ।
अभिभावक मनिष जरेजुले स्वस्थकर खानेकुराबारे विद्यार्थीहरूलाई शिक्षित र सचेत बनाउनुपर्ने बताउनुभयो ।
अभिभावक वीरेन्द्र माकले विद्यार्थीहरूलाई हस्तकला, उत्पादनमूलक सीपबारे पनि प्रशिक्षण दिनुपर्ने उल्लेख गर्नुभयो ।
अभिभावक विकास बासुकलाले विद्यार्थीहरूलाई पावर प्वाइन्ट प्रेजेन्टेसन बनाउने सीपसहितको प्रोजेक्ट वर्क सिकाउनुपर्ने बताउनुभयो ।
अभिभावक राजाराम सुवालले विद्यार्थीका परिवारलाई काउन्सिल गर्ने र साइबर सुरक्षाबारे विद्यार्थीहरूलाई सचेत बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
अभिभावक गणेशराम ध्वजुले विद्यार्थीहरूलाई रोबोटिक्स, आईटी कोडिङ सीपसमेत सिकाउनुपर्ने बताउनुभयो ।
अभिभावक जयराम सुवाल, विष्णुदेवी चवाललगायतले विद्यालयलाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उपप्राचार्य स्वर्णिमा मूलले सार्वजनिक शैक्षिक गुठीअन्तर्गतको विद्यालयलाई थप प्रभावकारी बनाउन अभिभावक, विद्यार्थी, शिक्षक तीनओटै पक्षको संयुक्त प्रयास जरूरी भएको उल्लेख गर्नुभयो ।
आगामी दिनमा अभिभावक भेलाबाट थप सुझाव प्राप्त हुने उपप्राचार्य मूलले अपेक्षा गर्नुभयो ।
Leave a Reply