भर्खरै :

नेपालीको अनुहार देखाउन नसक्ने गरी आगजनी गरियो : प्रम कार्की

नेपालीको अनुहार देखाउन नसक्ने गरी आगजनी गरियो : प्रम कार्की

काठमाडौँ, ८ कार्तिक । भदौ २४ गते संसद्, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको सरकारी निवासलगायत सरकारी भवन जलाउनेहरूलाई सङ्केत गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले केही हप्ता अगाडि उनीहरूलाई नेपाली भन्न नमिल्ने बताएकी थिइन् । यस्तो आगजनी देशमा पहिलोपटक भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अनुहार देखाउन नसक्ने गरी सरकारी भवनहरूमा योजनाबद्ध ढङ्गले आगजनी गर्नेहरूलाई अनुसन्धान गरी कारबाही हुनुपर्ने आवश्यकता औँल्याएकी थिइन् ।
आपूmलाई सबैतिरबाट सरकारको जिम्मा लिन अनुरोध भएको हँुदा सबैको सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्री कार्कीले नेपालविरुद्ध अपराधीहरूले थोपेको चुनौती गर्नुपर्ने र तराईमा बासको भए पनि बसोबास बनाउनुपर्नेमा जोड दिएकी थिइन् । जेनजी भनिएका केहीले सार्वजनिक सम्पत्तिमा आगजनी गर्नेहरूलाई कारबाही हुनुपर्ने बताएको पनि बाहिरियो । भदौ २४ गते घटनामा लागेका कतिपयले सेनाको बन्दुक खोसेर हान्न सक्ने तर त्यसो नगरेको अभिव्यक्ति दिएको पनि सञ्चारमा आएको छ ।
आहिले सुरक्षा निकायको असहमतिपछि ओली, लेखकविरुद्धको उजुरी तामेलीमा पठाएको सार्वजनिक भयो । प्रधानमन्त्री कार्कीले भदौ २४ गते सडकमा ओर्लदै शासक दलहरूसँग दूरदृष्टि नभएको, विदेशमा लखेटिएका मस्तिष्क भएकालाई बोलाएर सरकारमा राखे देश बन्ने उल्लेख गरेकी थिइन् भने तत्कालीन गृहमन्त्री लेखकलगायतलाई भदौ २३ गतेको हत्याको जिम्मेवार बनाएर कठघरामा उभ्याउनुपर्ने औँल्याएकी थिइन् । अहिले कार्की प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारीहरूलाई कारबाही नहुँदा केही जेन–जीले संविधानअनुसार कार्की प्रधानमन्त्रीमा नियुक्ति हुन नपाउने बताउँंदै छन् ।
फागुन २१ गते हुने संसद्को चुनावको लागि युवाहरूले मतदाता सूचीमा नाम समावेश गरिरहेको सार्वजनिक भइरहेको छ । निर्वाचन आयोगले मङ्सिर १ गतेदेखि १० गतेसम्म आयोगमा दर्ता गर्नुपर्ने सूचना प्रकाशित गर्यो । जेन–जी भनिनेहरूको चार ओटा पार्टी निर्वाचन आयोगमा दर्ताको तयारी भइरहेको बाहिरिएको छ ।
नेपाली जनताले थाहा पाउनुपर्ने राजनीतिक पार्टीको नेतृत्व सिद्धान्त र विचारले गर्दछ । पुँजीवादी सिद्धान्त बोकेका पुराना वा नयाँ पार्टीबाट नेपाली जनताको हित हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *