नेपालभाषाको कथासङ्ग्रह ‘पखः’ को विमोचन
- श्रावण २३, २०८३
भक्तपुर, कार्तिक ८ । साहित्यिक सम्मान सङ्गम २०५० को आयोजनामा शनिबार दुई साहित्यकारलाई नगद राशि रु. ५० हजार पाँच रूपैयाँ बराबरको ग्वंग सिरपा सम्मान २०८२ द्वारा सम्मानित गरिएको छ ।
संस्कृतविद् तथा सिरपाका संरक्षक तेजेश्वर बाबु ग्वंगले लक्ष्मीप्रसाद देवकोटालाई आफ्नो साहित्यिक गुरु मान्दै साहित्य अध्ययनको लागि गरेको सङ्घर्ष यात्रा र केन्द्रीकृत पञ्चायत कालमा विकेन्द्रीकरण गर्न कर्मचारीलाई उत्साहित गरेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले देश र जनताको पुस्तक लेखनका लागि स्रस्तालाई सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
निबन्धकार मुकुन्द राजशर्माले सम्मानित दुई साहित्यकार लक्ष्मणप्रसाद गौतम र ध्रुव मधिकर्मीको साहित्यिक यात्रा र योगदानबारे चर्चा गर्नुभयो ।
सम्मानित साहित्यकार ध्रुव मधिकर्मीले आफ्नो साहित्यमा राजनीति विसङ्गतिलाई व्यङ्ग्यात्मक रूपमा उतारेको बताउँदै प्रत्येक हास्यमा व्यङ्ग्य नहुने तर प्रत्येक व्यङ्ग्यमा हास्य हुने बताउनुभयो ।
अर्का सम्मानित साहित्यकार तथा प्राध्यापक लक्ष्मणप्रसाद गौतमले तेजेश्वर बाबु ग्वंगले आफूले प्राप्त गरेको पुरस्कारको राशीबाट साहित्य क्षेत्रको लागि थप जिम्मेवारी सुम्पेको बताउनुभयो ।
जितेन्द्र बस्नेत, ओम श्रेष्ठ तथा सञ्जीव ग्वंगलगायतले बोलेको उक्त कार्यक्रममा डा. विजयालक्ष्मी श्रेष्ठले पनि बोल्नुभयो ।
उक्त सिरपा सम्मान कार्यक्रम २०५० सालमा सर्वप्रथम केदारमाथ व्यथितलाई सम्मान गर्दै हरेक दुई/दुई वर्षमा हुँदै आएको छ ।
Leave a Reply