कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
जुम्ला, ८ कार्तिक । “समाजवादी व्यवस्था स्थापनाको लागि नेपाल मजदुर किसान पार्टीले जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्दै आएको छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले गोठीचौर गाउँपालिकाको वडा नं. ४ खल्लालनाडामा शनिबार आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
शासक दलहरूले शोषणको बाटो अवलम्बन गरेकाले देशमा भ्रष्टाचार, अनियमितता र पक्षपात व्याप्त भएको कारण देश बर्बादमा पुगेको धारणा राख्दै उहाँले शासक पार्टीहरूलाई पराजित गर्न बहुसङ्ख्यक जनता नेमकिपाको झन्डामुनि आबद्ध हुनु जरुरी छ भन्नुभयो ।
नेमकिपा जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीले नेमकिपाले पञ्चायतकालदेखि अहिलेसम्म जनताको इमानदारीपूर्वक सेवा गर्दै आएको र आगामी दिनमा पनि सेवा गर्दै जानेछ भन्नुभयो ।
नेमकिपा कर्णाली प्रदेश समितिका सदस्य राजेश्वर देवकोटाले समाजवादी क्रान्ति सफल नभएसम्म नेमकिपा लागिरहने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा जुम्लाका सदस्य जयकृष्ण उपाध्यायले पनि बोल्नुभएको थियो ।
Leave a Reply