शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
अन्कारा (टर्की), १३ कार्तिक (एएफपी) । खोज र उद्धार कार्यमा सहयोग गर्न प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतिक्षामा टर्कीको विपद् प्रतिक्रिया टोली अझै गाजाको सीमामा पर्खिरहेको रक्षा मन्त्रालयको स्रोतले बिहीबार जनाएको छ ।
मन्त्रालयका अनुसार एएफएडी विपद् व्यवस्थापनको ८१ सदस्यीय टोली जीवित व्यक्ति पत्ता लगाउने उपकरण र प्रशिक्षित खोजी कुकुरहरूसहित विशेष खोजी र उद्धार उपकरणहरू लिएर एक हप्ताअघि गाजाका लागि प्रस्थान गरेको थियो ।
तर, उनीहरूलाई गाजामा प्रवेश गर्न इजरायलले स्वीकृति प्राप्त नभएकाले एएफएडी अझै सीमामा पर्खिरहेको र इजरायलले अझै टोलीलाई प्रवेश गर्न कुनै अनुमति जारी नगरेको स्रोतले जनाएको छ ।
सन् २०२३ अक्टोबरमा गाजा युद्ध सुरु भएदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा टर्कीको उपस्थितिको कडा विरोध गरेपछि टर्कीसँगको इजरायलको सम्बन्ध बिग्रिएको छ ।
अन्काराले हालैको गाजा युद्धविरामको सहजकर्ताको रूपमा आफ्नो भूमिकाले यसलाई केही लाभ दिने र हाल सँगै राखिएको अन्तर्राष्ट्रिय शान्ति मिसनमा भाग लिन अनुमति दिने आशा गरिरहेको जनाइएको छ ।
“टर्की युद्धविरामको साझेदारमध्ये एक भएको र सम्झौतामा हस्ताक्षर गरेको बताउँदै स्वीकृतीका लागि अझै पर्खिरहेको स्रोतले बताएको छ ।
यस हप्ताको सुरुमा, इजरायली विदेशमन्त्री गिडियोन सारले इजरायलका विरुद्ध शत्रुतापूर्ण बयान र ‘कूटनीतिक र आर्थिक उपायहरू’ मा टर्कीको सहभागितालाई अस्वीकार गर्दै इजरायलप्रति निष्पक्ष भएका देशहरूले मात्र गाजालाई सुरक्षित गर्न सेना पठाउन सक्ने बताएका थिए । उनले टर्कीको सशस्त्र सेनालाई गाजा पट्टीमा प्रवेश गर्न दिनु उचित नभएको र यसमा आफू सहमत नभएको बताएका थिए ।
Leave a Reply