समाज बनाउन
- कार्तिक २२, २०८२

बेलुकी पखको समय थियो । बुबा कृष्णबहादुर आफ्नो दलानमा तातो चियाको चुस्की लिँदै आराम गरिरहेका थिए । छेवैमा छोरा सुनिल एकै पटक तीनवटा काममा व्यस्त देखिन्थे –ल्यापटपमा प्रोजेक्टको काम, फोनमा च्याट र इयरफोनमा मोटिभेसनल पोडकास्ट ।
“बुबा, मेरो ‘स्टेप काउन्ट’ आज निकै कम भयो । इनफर्मेसन ओभरलोडले मलाई तनाव हुन्छ,“ सुनिलले निराशा पोख्यो । “तपाईँहरूको जमानामा त यस्तो ‘डिभाइस’ थिएन, तैपनि तपाईँहरू कसरी यति सन्तुलित र स्वस्थ हुनुहुन्थ्यो ?”
कृष्णबहादुरले मुस्कुराउँदै गहिरो सास लिए । उनको नजर छोराको हातमा भएको स्मार्टफोनमा गयो । “बाबु, तिम्रो मुख्य समस्या ‘स्टेप काउन्टको कमी’ वा ‘इनफर्मेसन ओभरलोड’ होइन, यो ‘आधा ज्ञान’ र ‘कृत्रिम जीवनशैली’ को उपज हो ।”“हामी हृष्टपुष्ट थियौँ, किनभने हाम्रो जीवनशैली नै एउटा प्राकृतिक ‘व्यायामशाला’ थियो । दाउरा काट्नु, पानी भर्नु वा खेतबारीमा काम गर्नु – यी हाम्रो लागि बाध्यता होइन, दैनिक जीवनको हिस्सा थियो । तिम्रो ‘फिटनेस’ बाहिरको ‘स्टेप काउन्ट’ मा भर पर्छ, हाम्रो भित्रको मजबुती र श्रममा । हामीले बारीमा फलेको ताजा साग खायौँ । तिमीहरूले ‘प्याकेटको सुविधा’ रोज्यौ, जसले सँगसँगै उच्च रक्तचाप र मधुमेहजस्ता ‘कृत्रिम रोगहरू’ पनि उपहार दियो । साँचो स्वास्थ्य ‘सुपरमार्केटमा होइन, बारीमा फलेको जीवनमा हुन्छ ।”
सुनिलले आफ्नो बुबाको अनुहारमा गहिरो सत्यता देख्यो । उसले सोध्यो, “तपाईँहरूलाई यति बलियो चेतना, नैतिकता र देशभक्तिको पाठ कसले सिकायो ? तपाईँहरूको समयमा त छिटो सफलता र पैसाको दौड थिएन ?”
“बाबु, यसको जड हाम्रो राजनीतिक चेतना र साहित्यिक ज्ञानमा थियो,“ कृष्णबहादुरले गम्भीरतापूर्वक भने ।” हाम्रो पुस्तालाई सामाजिक चेतना, इमानदारी र नैतिक मूल्यमा अडिग रहन सिकाउने एउटा ठुलो शक्ति थियो – सिद्धान्तमा आधारित राजनीति । मैले आत्मसात् गरेको दर्शनले सधैँ विदेशी हस्तक्षेपविरुद्ध उभिएर देशलाई आत्मनिर्भर बनाउने पक्षमा जोड दियो । यो विचारले हामीलाई सिकाउँथ्यो कि आफ्नो देश र माटोको महत्व के हो ।
नेमकिपाजस्ता सिद्धान्तनिष्ठ शक्तिले व्यक्तिवाद वा पैसाको राजनीतिभन्दा माथि उठेर विचार र जनसेवालाई प्राथमिकता दियो । यसले हामीलाई सिकाउँथ्यो कि ‘इज्जत र चरित्र’ हरेक नागरिकको सबैभन्दा ठुलो सम्पत्ति हो । लाज, सङ्कोच र विनयशीलता यिनै सामाजिक र राजनैतिक चेतनाको उपज हुन्, जसले हामीलाई भ्रष्टताबाट टाढा राख्यो । हामी ‘लाइक’ र ‘कमेन्ट’ मा होइन, किताब र गम्भीर अध्ययनमा विश्वास गथ्र्यौँ । यही चेतनाले हामीलाई ‘अन्धो–भक्ति’ होइन, ‘चेतनायुक्त क्रान्ति’ तिर डो¥यायो । तिमीहरू ‘लाज मान्नु कमजोरी हो’ भन्छौ । तर आधा ज्ञानले तिमीहरूलाई आत्मविश्वास दियो, चरित्र दिएन ।”
कृष्णबहादुरले छोराको काँधमा हात राखे । “हामी ‘लिमिटेड इडिसन’ पुस्ता हौँ । हामी दुई युगको सेतु हौँ —अनुभवको भण्डार ।”“बाबु सुनिल, हामी तिम्रा लागि ‘जीवित पुस्तकालय’ हौँ । हाम्रो ज्ञानलाई ‘गुगल’ मा भेटिँदैन । हामी भौतिक रूपमा गरीब थियौँ, तर वैचारिक रूपमा धनी । हामीसँग मोबाइल फोन थिएन, तर साँचो मित्रता, पारिवारिक मेलमिलाप र देशभक्तिको गहिरो भावना थियो ।”
अब तिमीले के गर्नुपर्छ, सुन । प्याकेटको मोह त्याग गरेर बारीमा फलेको जीवनमा विश्वास गर । ‘डिजिटल फिटनेस’ भन्दा बाहिर निस्किएर वास्तविक शारीरिक श्रम लाई प्राथमिकता देऊ । चरित्र र विवेकमा अडिग रहन सिकः द्रुत सफलताको दौडमा इज्जत, चरित्र र विनयशीलता नगुमाऊ । राजनीतिलाई दलगत स्वार्थ होइन, देश र जनताको सेवाको लागि बुझ । सेतुलाई अस्वीकार नगर† हामीलाई थोत्रो नभन । हामी तिम्रा आधारभूत जग हौँ । आफ्नो ऊर्जालाई हाम्रो विवेकसँग मिलाऊ । हामी यो धर्तीबाट अलप हुनुअघि, हाम्रो त्याग र विवेकबाट सन्तुलनको पाठ सिक ।
सुनिलले आफ्नो हातमा भएको स्मार्टफोन बन्द गरेर राख्यो । आज उसले बुबाको अनुभवको बल, वैचारिक अडान र आफ्नो पुस्ताको ‘आधा ज्ञान’ को कमजोरी दुवैलाई महसुस ग¥यो । उसले दृढताका साथ बुबालाई हेरेर भन्यो, “बुबा, म आफ्नो उताउलोपनलाई विवेकमा बदल्नेछु । म द्रुत सूचनाको साथसाथै जीवनको गहिरो दर्शन पनि खोज्नेछु ।”
कृष्णबहादुरले सन्तोषको सास फेरे । नयाँ पुस्ताले अन्ततः जग बलियो भए मात्र भवन अग्लो बन्न सक्छ भन्ने पाठ सिकेकोमा उनी खुसी थिए । उनलाई लाग्यो, अब यो नयाँ क्रान्ति चेतनायुक्त हुनेछ ।
Leave a Reply