समाज बनाउन
- कार्तिक २२, २०८२

कसले भन्यो
मेरो देश सानो
म सानो
मेरो स्वाभिमान सानो ।
कसले भन्यो
मेरो देशमा अनिकाल छ
भोकमरी छ
विकृति, विसङ्गति छ ।
हैन छैन
यी सब केही पनि हैन
कहीँ पनि छैन
यहाँ त
मात्र छ अँध्यारो ।
अँध्यारोमा
देश निदाएको छ
देशको परिवेश निदाएको छ ।
सहर निदाएको छ
सहरको रहर निदाएको छ
गाउँ निदाएको छ
गाउँको बेथा बुझिदिने ठाउँ निदाएको छ
माउ निदाएको छ ।
र त
विशालु गोगन सल्बलाएको छ ।
यस्तो भयानक अँध्यारोमा
निदाउनु हुन्न मैले
निदाउनु हुन्न तिमी
आउ हितैमा मिलौँ ।
अँध्यारोलाई चिरी
बिउँझाउन सकून्
सुतेकाहरूलाई ।
Leave a Reply