के गर्छन् अमेरिकी उपराष्ट्रपतिहरू ?
- कार्तिक २२, २०८२

निर्वाचक छनोट हुनुभन्दा हप्तादिनअघि वनमा प्रतिनिधिहरूको एउटा गैरकानुनी बैठक बस्यो । त्यो वन पोरोखोभ्ये स्टेसनबाट दुई–तीन भेत्र्स पर थियो । (१.१ किलोमिटरको एक भेत्र्स हुन्छ ।) बैठकमा तीस जनता प्रतिनिधि उपस्थित थिए । साथै, बोल्शेभिकहरूको सेन्ट पिटर्सबर्ग समिति र मेन्शेभिकहरूको सङ्गठन आयोगका केही प्रतिनिधि पनि बैठकमा आएका थिए । पार्टीका धेरै मुर्धन्य सदस्यहरू उपस्थित हुनाले दुवै पक्षले चोटिलो शैलीमा आ–आफ्ना मुद्दा राखे । खुला बहस भयो । बोल्शेभिकहरूले पार्टी कार्यक्रम अघि बढाउने र पार्टीको नीतिनिर्देशन मान्ने निर्वाचक कामरेडलाई छनोट गर्नुपर्ने मत राखे । विध्वंसकारीहरूले आफ्नो अडान राखे† फुटबाट जोगिन व्यक्तिको राजनीतिक खेमा नहेरी निर्वाचक छनोट गर्नुपर्ने बताए ।
बोल्शेभिकहरूको सेन्ट पिटर्सबर्ग समितिको तर्फबाट कामरेड लाशेभिचले बोल्नुभयो । आफ्नो कडा शैलीमा उहाँले घोषणा गर्नुभयो, “तिमीहरूको यो मकुन्डो हामी हटाउनेछौँ । मजदुरहरूलाई देखाइदिनेछौँ तिमीहरूको यो पाखण्डी एकताभित्र लुकेको झूट ।”
पाँच घण्टासम्म तर्कवितर्क भयो । अन्त्यमा हाम्रै प्रस्ताव पारित भयो । उपस्थित दुईतिहाइ प्रतिनिधिले हामीलाई मत दिए । तर, विध्वंसकारीहरूले त्यो परिणाम अस्वीकार गरे ।
समझदारीमा जाने सबै प्रयास विफल भयो । एउटा पक्षले अर्को पक्षको प्रस्तावलाई ठाडठाडै अस्वीकार गरिरहे । यसरी दुई खेमाबिच साझा कार्यनीति खोज्ने अनेक छलफल चलिरह्यो । यति नै बेला प्रतिनिधिहरूले पनि यो काम अघि बढाउन खोजे र पार्टीका प्रत्येक खेमाले प्रतिनिधिहरूको समर्थन लिन खोजे ।
निर्वाचन मण्डल भेला हुनुभन्दा एक दिनअघि मेन्शेभिक प्रतिनिधिहरूले आफ्नो प्रस्ताव नस्वीकारे पार्टी फुटाउने धम्की दिए । ‘लुच’ ले लेख्यो, निर्वाचकहरूको छनोटमा सहमति नगरे मेन्शेभिकहरूले सेन्ट पिटर्सबर्गको दोस्रो निर्वाचन क्षेत्रमा आफ्ना अलग्गै उम्मेदवार मनोनीत गर्नेछन् । त्यो निर्वाचन क्षेत्रमा पार्टीले दुवै खेमाका उम्मेदवार मिलाएर संयुक्त सूची दिएको थियो । तर, मेन्शेभिकहरूको यो धम्कीले हाम्रो निर्णयलाई रत्तिभर असर गरेन ।
मजदुरहरूको निर्वाचन मण्डल अक्टोबर ५ मा भेला भयो । निर्वाचनको अवधिभरि सरकारी अधिकारीहरूले पटक–पटक भाँजो हाल्न खोजिरहे । भेलाको मिति अघिल्लो साँझपख मात्र घोषणा भयो । भेला हुनुभन्दा केही घण्टाअघि मात्र भेलाको मिति सुनाइयो । निर्वाचनमण्डलको भेलामा भाँजो हाल्न त्यो विधि हतारो गरिएको थियो । साथै, नयाँ चर्तिकला नै देखाइयो । निर्वाचनको मिति घोषणा गर्दैगर्दा विभिन्न कलकारखाना र मिलका केही प्रतिनिधिहरूलाई ‘अयोग्य फर्मान’ दिइयो । अक्टोबर ४ गते निर्वाचनमण्डलको भेला हुनुभन्दा अघिल्लो दिन एक्काइस कारखाना र मिलका मजदुरहरूलाई तिनका प्रतिनिधिहरूको निर्वाचन अमान्य हुने जानकारी गराइयो । अन्त्यमा निर्वाचनमण्डलको भेला चलिरहेकै बेला गभर्नरले श्लाएसलबर्ग जिल्लाका आठ प्रतिनिधिहरूलाई ‘अयोग्य फर्मान’ दिए । पुतिलोभजस्ता केही ठुला उद्योगका प्रतिनिधिहरूलाई अयोग्य भनियो । त्यहाँबाट ९ जना प्रतिनिधि निर्वाचित भएका थिए । नेभ्स्की जहाज–निर्माण शाखाले ३ प्रतिनिधि निर्वाचित गरेको थियो । ती प्रतिनिधिलाई पनि अयोग्य करार गरियो ।
निर्वाचनमण्डलले ६ जना निर्वाचक छनोट गर्नुपर्नेमा बोल्शेभिक र मेन्शेभिकहरूले आ–आफ्नै उम्मेदवार उठाए । हाम्रो सूची पहिले नै तयार थियो । तर, निर्वाचनको दिनसम्म हामीले त्यसलाई प्रकाशित गरेका थिएनौँ । किनभने, उम्मेदवारहरूको नाम बाहिर आउनेबित्तिकै तिनलाई पक्राउ गर्ने खतरा थियो ।
निर्वाचनमण्डलको भेला सेन्ट पिटर्सबर्ग नगर संसद्को भवनमा बसेको थियो । त्यो भवन दिउँसोपख खोल्ने भनिएको थियो । तर, बहुमत प्रतिनिधिहरू निर्धारित समत्न्दा एक घण्टाअगावै त्यहाँ पुगेका थिए । तिनीहरूले एकअर्कासँग चिनजान गरे र बोल्शेभिक र मेन्शेभिकहरूको पक्षमा को को छन् भनी पत्ता लगाउन खोजे ।
सरकारले देमकिनलाई निर्वाचनमण्डलको आधिकारिक अध्यक्ष नियुक्त गरेको थियो । देमकिन सेन्ट पिटर्सबर्गको उपमेयर थियो । ऊ एक दुष्ट कालासय (उग्र–राजावादी) थियो । उसले डाहाडे तरिकाले सरकारी पहरेदारको काम गर्दै थियो । उसले यसै पनि काँटछाँट गरिएको निर्वाचनमा अनेक अवरोध तेस्र्याउन खोज्यो । सुरुको चरणमा उम्मेदवारहरूको सूचीको विषयमा छलफल गर्न जम्मा एक घण्टाको समय दिइयो ।
५० प्रतिनिधिमध्ये ५–६ जना पार्टीविहीन प्रतिनिधि थिए । बाँकी सबै सामाजिक जनवादीहरू थिए । अर्थात्, बोल्शेभिक वा मेन्शेभिकमध्ये एक थिए । भेलामा प्रतिनिधिबाहेक अरुलाई जान दिइएन । सामाजिक जनवादीहरूका दुई खेमाबिच अन्तिम सङ्घर्ष चल्न थाल्यो । अब छिनोफानो गर्ने घडी आयो । निर्वाचकहरू चुन्नुपर्ने भयो । वादविवादमा अघोर चर्काचर्की भयो । प्रत्येक समूहले आ–आफ्ना उम्मेदवार र कार्यक्रम अघि सारे । सम्झौता गर्ने छाँट देखिएन । अहिलेसम्म कसलाई मत दिने भनी टुङ्गो नलागेका प्रतिनिधिहरूको मन जित्नमै भाषणबाजी केन्द्रित भयो ।
मेन्शेभिकहरूले विमति राख्दाराख्दै पनि हामीले हाम्रा कार्यक्रमहरू राखेरै छोड्यौँ । सुरुमा एक मेन्शेभिक प्रतिनिधिले बोल्यो । बोल्शेभिकहरूले त्यसको जवाफ दिन खोज्दै थिए । देमकिन सभाहलमा टुप्लुक्क आइपुग्यो । उसले बिचमै छलफल टुङ्ग्यायो र मतदानमा जान आदेश दियो ।
सभाहलमा प्रत्येक प्रतिनिधिको लागि उसको नाम टाँसेको अलग्गै मतपेटिका राखिएको थियो । गोप्य मतदान थियो । कागजपत्र मिलाउन झन्डै आधा घण्टा जति लाग्यो । त्यसपछि निर्वाचन प्रक्रिया टुङ्गियो । निर्वाचित सबैजना सामाजिक जनवादी थिए । तीमध्ये चारजना ‘प्राभ्दा’ ले प्रकाशित गरेको सूचीका थिए ।
निर्वाचनको माहोल र हतारमा कारखाना र मिलका आधाजसो प्रतिनिधिलाई ‘अयोग्य फर्मान’ जारी गरेकोमा सेन्ट पिटर्सबर्गका मजदुरहरू आक्रोशित भए । सरकारी जालसाजीले सीमा नाघेको थियो । यसको विरोधमा मजदुरहरूले शक्तिशाली आन्दोलन सुरु गरे† सरकारलाई जवाफ दिए ।
आन्दोलनमा उत्रिनेमा पहिलो थियो पुतिलोभ कारखाना । निर्वाचनको दिन (अक्टोबर ५) खाना खाइवरी मजदुरहरू आआफ्ना शाखामा फर्किनुको साटो ज्यासलमा भेला भए र हडताल घोषणा गरे । पूरै कारखाना बाहिर निस्कियो झन्डै १४ हजार मजदुरहरू । दिउँसो ३ बजे थप केही हजार मजदुर कारखानाबाट बाहिरिए र क्रान्तिकारी गीत आउँदै नाभ्स्र्की द्वारतर्फ लागे । तर, प्रहरीले तिनलाई तितरबितर पारिहाल्यो । यो आन्दोलन नेभ्स्की जहाज–निर्माण शाखामा पनि फैलियो । त्यहाँ साढे ६ हजार मजदुरले एउटा भेला गरे र राजनीतिक प्रदर्शनमा उत्रिए । त्यो प्रदर्शनमा लगत्तै पेल एन्ड म्याक्सवेल मिल, अलेक्सेयेभ जडान कारखाना आदिका मजदुरहरू थपिए । भोलिपल्ट एरिक्सन, लेसनर, हाइस्लर, भुल्का, डुफ्लन, फिनिक्स, चेशायर, लेबेदेभलगायत थुप्रै उद्योगहरूमा हडताल भयो ।
भकाभक सेन्ट पिटर्सबर्गभरि हडताल फैलियो । निलम्बनमा परेका प्रतिनिधिहरूका कारखानामा मात्र हडताल सीमित भएन । अन्य धेरै कारखाना हडतालमा उत्रे । विरोधसभा र प्रदर्शनहरू पनि भए । धेरै कारखानाले ट्रेड युनियनमाथि भएको कारबाही र निर्वाचन खारेजीको विषयलाई सँगै जोडे । हडताल पूर्णतया राजनीतिक थियो । हडतालको कुनै आर्थिक माग थिएन । १० दिनभित्र ७० हजारभन्दा बढी मजदुर आन्दोलनमा आए । मजदुरहरूले कुनै पनि हालतमा आफ्नो मतदान गर्ने नगुमाउने सन्देश दिए । हडतालबाट उनीहरूले निर्वाचनको अर्थ के हो र भावी संसद्मा मजदुर प्रतिनिधिको काम के हुन्छ भन्ने बुझेको प्रस्ट भयो ।
हडताल झन्झन् फैलिँदै गयो । सरकारले मजदुरहरूलाई मतदानको अधिकारबाट वञ्चित गर्न सकिन्न भन्ने बुझ्यो । हडतालको जोडले गर्दा सरकार निर्वाचन बिथोलिएका कारखानाहरूमा प्रारम्भिक चरणका नयाँ मतदान हुने घोषणा गर्न बाध्य भयो । प्रतिनिधि छनोट गर्ने निर्वाचनमा सहभागी नभएका धेरै कारखाना र मिललाई समेत यसपालि निर्वाचन गरिने नयाँ सूचीमा राखियो । निर्वाचकहरूको निर्वाचन स्थगित गर्नुप¥यो र नयाँ निर्वाचनबाट थप प्रतिनिधि आएपछि निर्वाचकहरू छनोट हुने भए । यो खासगरी सेन्ट पिटर्सबर्गका सर्वहारा वा मजदुरवर्गको महाविजय थियो । मजदुरवर्गले क्रान्तिकारी वर्ग–सचेतनाको सबुत दिएको थियो ।
Leave a Reply