भर्खरै :

समाज बनाउन

समाज बनाउन

सबैले भने, मै हुँला ठुलो, मलाई पुज न
उपाय धेरै, रहेछन् भन्ने, ए मान्छे बुझ न ।
इमान सबै, किनुँला सोच्छौ, किनिन्न धनले
मानव राम्रो, हुनेछ हेर, मानेमा जनले ।
अन्याय कहिल्यै, सहनु हुन्न, नसहे तिमीले
आवाज तिमी, उठाऊ पैले, उठाउँछौँ हामीले ।
विकृति सब, फाल्नुछ हेर, बनाउन समाज
संस्कृति हाम्रो, मिलेको राम्रो, पुराण नमाज ।
दाइजो छाउ, अछुत छुत, हेपाहा प्रवृत्ति
असल हुन्छ, विकृति बिना, नेपाली संस्कृति ।
मिलेमा सब, आउनेछ एक, सुनौलो बिहान
खुसी हुन् सधैँ, सुखी हुन् सबै, नेपाली जहान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *