समाज बनाउन
- कार्तिक २२, २०८२

खेतमा हेर धानका बाला
पानीले भिजेछन्
वर्षाको कारण किसान हेर
निकै नै चिन्तित छन् ।
बेमौसमी वर्षा पनि
किसानलाई दुःख दिने
वर्ष दिन खाने बाली हेर
भित्याउन नदिने ।
दिन र रात नभनिकन
खेतमा बितायो
बाली राम्रो पार्नलाई
हेर पसिना बगायो ।
पसिनाको फल भित्याउन
हेर निकै नै कठिन छ
कहिले बादल
कहिले वर्षा दुःख दिने अनेक छन् ।
मानो रोपी मुरी
फलाउने किसानको चाहना
यसैबाट परिवार पाल्ने
बनाउँछ आधार ।
भोलि त पक्कै घाम
लाग्छ होला
रमाउलान् किसान
भिजेका धान सुकाएर
भित्याउने पूरा हुन्छ सपना ।
Leave a Reply