भर्खरै :

जुम्लाको त्रिवेणीमा जनतासँग भेटघाट

जुम्लाको त्रिवेणीमा जनतासँग भेटघाट

जुम्ला, २५ कार्तिक । जुम्लामा जनतासँग भेटघाट कार्यक्रम चालु छ । यस्तै भेटघाट कार्यक्रम मङ्गलबार किल्ला गाउँपालिकाको त्रिवेणी भन्ने स्थानमा भएको थियो ।
उक्त भेटघाटमा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले देश र जनताको सेवामा नेमकिपा सङ्घर्षरत रहेको उल्लेख गर्दै पुँजीवादी व्यवस्थाको संसद्बाट समाजवाद सम्भव छैन भन्नुभयो ।
नेमकिपा जिल्ला समिति जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीले हरेक कार्यकर्ताले सिद्धान्त र विचारमा अडिग रही इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मुनिनाथ योगीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष विर्षबहादुर राउट, मानबहादुर बोहराका साथै स्थानीयले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *