इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
हेटौँडा, २५ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग आज मुख्यमन्त्री कार्यालयमा भेट गर्नुभयो ।
भेटमा मुख्यमन्त्री बानियाँले भक्तपुरको शिक्षा, स्वास्थ्यलगायतका विषयमा आफूलाई जानकारी रहेको बताउँदै भक्तपुरको स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियाल्ने इच्छा रहेको बताउनुभयो ।
भक्तपुरको शिक्षा र स्वास्थ्य क्षेत्र विकासको लागि प्रदेशबाट हुनसक्ने सहयोगको लागि सधैँ तत्पर रहेको बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पतालको समेत छिट्टै निरीक्षण गर्ने बताउनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर अवलोकन भ्रमणको लागि निमन्त्रणा गर्नुभयो । भक्तपुर नपाबाट सञ्चालित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था, ख्वप अस्पताल र आँखा अस्पतालको सेवा प्रवाहबारे अवगत गराउनुभई स्थानीय तहको समस्याबारे ध्यानाकर्षण्ण गराउनुभयो । प्रमुख प्रजापतिले ख्वप विश्व्विद्यालय स्थापनाको लागि नपाले पहल गरिरहेको बताउनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
Leave a Reply