नेपालले अरूको बारेमा किन बोल्नु आवश्यक छ ?
- पुष २७, २०८२
काभ्रे, ३ मङ्सिर । नेपाल मजदुर किसान पार्टीप्रति आस्थावान किसानहरूको भेला पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङको उपस्थितिमा काभ्रेको तिमाल गाउँपालिकामा सम्पन्न भयो ।
उक्त भेलामा केन्द्रीय सदस्य तामाङले नेपाल मजदुर किसान पार्टी स्थापनाको जग नै किसान आन्दोलनबाट भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन कृषि उत्पादनमा जोड दिनुका साथै युवाहरूलाई देशमा नै रोजगारीको बन्दोबस्त गर्नुपर्छ । देश विकासको आधार तयार गर्न आयातमुखी अर्थतन्त्रबाट निर्यातमुखी बनाउनुपर्छ । यसको लागि युवाहरू विकृति र विसङ्गतिबाट टाढा भई अनुशासित भएर उत्पादनशील क्षेत्र कृषिमा समर्पित हुन आवश्यक छ ।”
नेमकिपा वाग्मती प्रदेश सदस्य जी.पी. लासिवाले कामदार जनताको स्वर्ग भनेको समाजवादी व्यवस्था भएकोले सम्पूर्ण जनताले निःशुल्क र अनिवार्य शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, युवाहरूको रोजगारीको अवसरका साथै गाँस–बास–कपासको व्यवस्थाको लागि नेमकिपाले समाजवादी व्यवस्थाबारे जनतालाई सचेत पार्ने कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेसम्म सरकारमा गएका पुँजीवादी पार्टीहरूले निर्वाचनमा पैसा बाँड्ने, भोजभतेर खुवाउने र सामान बाँडी निर्वाचन जित्ने र त्यसको असुलउपर गर्न आफ्नो निर्वाचन क्षेत्रमा नगई काठमाडौँमा बसेर भ्रष्टाचार गर्दै आएकोले तिनीहरूको विरोधमा जनताले आक्रोस देखाएकोले आजको परिस्थिति सृजना भएको हो ।”
उहाँले सिद्धान्त र कार्यकर्ताहरूको इमानदारिता र प्रतिबद्धता मुख्य कुरा भएको धारणा राख्दै जेन–जीको नाममा सिंहदरबार, सर्वाेच्च अदालत, संसद् भवनलगायतका सम्पत्तिहरू जलाउनु र तोडफोड हुनुमा सरकारमा रहेका सबै दल र निकायहरू जिम्मेवार भएको बताउनुभयो ।
कार्यक्रममा के.पी. कोजुले नेमकिपाले निर्वाचनलाई जनतालाई राजनैतिक रूपले सचेत पार्ने अवसरको रूपमा उपयोग गर्ने र निर्वाचित भएको ठाउँमा निर्वाचन घोषणापत्रअनुसार काम गरेको बताउनुभयो ।
उहाँले पुँजीवादी सरकारले काम गरिखाने वर्ग मजदुर र किसानको हितमा काम नगर्ने भएकोले नै यहाँका किसानहरूले दुःख पाइरहेको बताउनुभयो ।
स्थानीय किसान चन्द्रबहादुर तामाङले भ्रष्टाचार र पक्षपातको विरोधमा आवाज उठाउन नेपाल मजदुर किसान पार्टी सधैै क्रियाशील हुँदै आएको बताउनुभयो ।
Leave a Reply